भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
भक्तपुर, ४ साउन । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिको आयोजनामा ‘स्वप्नद्रष्टा नेता नारायणमान बिजुक्छेँ’ पुस्तकबारे आइतबार अध्ययन गोष्ठी भयो ।
गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले महिलाहरू समाज परिवर्तनका वाहक भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी राख्न पार्टी प्रकाशनहरूको अध्ययन गरी गोष्ठी र अन्तरक्रियाहरू गरिरहनुपर्नेमा जोड दिनुभयो ।
माक्र्स, एङ्गेल्स र माओ त्सेतुङ विचारधाराअनुसार देश र जनताको सेवा गर्न शिक्षितहरू राजनीतिमा लाग्न आवश्यक रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “जबसम्म व्यक्तिगत स्वार्थ र लोभलालच हुन्छ, समाजको विकास हुँदैन । पुँजीवादी समाजमा भ्रष्टाचार दिनदिनै बढ्दो छ । शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्छ । ”
युवा विदेश पलायन रोक्न रोजगार दिनुपर्ने र देशलाई आत्मनिर्भर बनाउन सरकार लाग्नुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले समाजवादी व्यवस्थामा मात्र कामदार जनताको भविष्य सुनिश्चित हुने भएकोले समाजवादी व्यवस्था स्थापनाको लागि कामदार जनतालाई एकजुट गर्नु जरूरी भएको बताउनुभयो ।
युवाहरू लागुपदार्थ दुव्र्यसनीमा फसिरहेको हुँदा दुव्र्यसनीबाट बचाउन युवाहरूलाई क्रियाशील बनाई समाजप्रति उत्तरदायी बनाउनु जरूरी छ, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “विश्वव्यापीकरणको प्रभाव विकासोन्मुख राष्ट्रहरूले भोग्नु परिरहेका छन् । वातावरणीय प्रदूषणबाट बच्न समयमै योजना बनाई प्राकृतिक विपत्तिबाट जोगाउनु जरूरी छ ।”
नेमकिपाको उद्देश्य भनेकै देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नु रहेको स्पष्ट पार्दै उहाँले संसारबारे बुझ्न निरन्तर अध्ययन आवश्यक भएको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि नारायणप्रसाद त्वानावासुले नेमकिपाका अग्रजहरूले अगाडि बढाएको भ्रष्टाचार आन्दोलनबारे स्पष्ट पार्नुभयो ।
रामेश्वरी कोजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा मन्जु लाखाजु, सुशीला कर्माचार्य, रमिला सुवाल, सम्झना खाइजु र लिशा दनेखुलगायतले पुस्तकबारे आ–आफ्नो अध्ययन सार राख्नुभएको थियो ।
Leave a Reply