सास रहुञ्जेल जिम्मेवारीबाट पछि हट्दिन : इरानका राष्ट्रपति
- जेष्ठ १८, २०८३
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेसँग प्रश्न
मित्र देशबाट करिब २२ अर्ब रुपैयाँ बराबरको ऋण ल्याएर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आधाभन्दा बढी रकम भ्रष्टाचार भएको सार्वजानिक भयो । एक लेखा परीक्षण प्रतिवेदनअनुसार करिब १ अर्ब ६० करोड रुपैयाँको ५ सत्न्दा बढी उपकरण खरिद गरिए पनि सो उपकरण अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्रयोग नगरिएको पनि सार्वजानिक भयो । यसबारे सरकारको भनाइ के छ ? दुईओटा वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचार रकम सिङ्गापुरबाट हुण्डीमार्फत नेपाल पठाइएको सरकारलाई जानकारी छ कि छैन ?
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे सार्वजनिक लेखा समितिमार्फत अध्ययन भई सुझाव प्रतिवेदन प्रस्तुत भएको जानकारीमा आएको हो । तर, यसबारे मन्त्रालयलाई कुनै निर्देशन र सुझाव प्राप्त भएको छैन ।
सिङ्गापुरबाट हुण्डीमार्फत नेपाल ल्याइएको रकमबारे मन्त्रालयलाई जानकारी छैन ।
पुरक प्रश्न
विज्ञहरूले १६ करोड जनसङ्ख्या भएको भारतको लखनउमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल रहेको उल्लेख गर्दै २–३ करोड जनसङ्ख्या भएको नेपालमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको र थप एउटा बन्ने लाइनमा रहेको उचित नभएको बताए । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि जग्गा अधिग्रहणलगायत काममा भ्रष्टाचार भएको बारे मन्त्रालयको के कस्तो मत छ ?
जवाफ
काठमाडौँ विमानस्थलले धान्न सक्ने जम्मा ४५ लाख यात्रु हो तर यस वर्ष ९५ लाख यात्रु ओहोरदोहार गराइयो ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८२ असार ३० गते प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेसँग सोध्नुभएको प्रश्न र मन्त्री पाण्डेको जवाफको सार : सं)
Leave a Reply