भर्खरै :

ख्वप अस्पतालद्वारा नवजात शिशुको दुर्लभ रोगको निःशुल्क उपचार

ख्वप अस्पतालद्वारा नवजात शिशुको दुर्लभ रोगको निःशुल्क उपचार

भक्तपुर, ६ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले नवजात शिशुमा भएको दुर्लभ रोगको निःशुल्क उपचार गरेको छ ।
सिन्धुली घर भई हाल जगातीमा डेरा गरी बस्ने अन्दाजी २८ वर्षका मनमाया सार्कीले जुम्ल्याहा बच्चालाई जन्म दिए । जुम्ल्याहामध्ये एक शिशुमा पेटको अङ्ग बाहिर निस्कने (omphalocele) समस्या भएको हुँदा सुत्केरीलाई सिन्धुली जनस्वास्थ्य कार्यालयबाट डेलिभरीको लागि भक्तपुर अस्पतालमा रिफर गरिएको थियो । भक्तपुर अस्पतालले थापाथलीमा रिफर गरिएको थियो ।
थापाथली अस्पतालमा जुम्ल्याहा शिशुहरूको जन्म भयो । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचार गराउन नसकिने भन्दै घर फिर्ता ल्याए । आर्थिक अभावका कारण आफ्नो शिशुलाई उपचारको लागि अस्पताल लान नसकिरहेको अवस्थामा भक्तपुर नगरपालिकाको घरदैलो नर्सिङमा खटिएका नर्सहरूले शिशुको अवस्थाबारे अस्पताललाई जानकारी दियो ।
ख्वप अस्पताल प्रशासनले तुरुन्त अभिभावकलाई बोलाई सम्पूर्ण उपचार निःशुल्क हुने गरी व्यवस्था मिलायो । विशेषज्ञ डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूको सहयोगले शिशुको सफल उपचार गराइयो र त्यस शिशुलाई २३ दिनसम्म अस्पतालमा राखेर निःशुल्क उपचार गरिएको छ । शिशु पूर्णरूपमा निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *