राउल क्यास्ट्रोविरुद्धको अभियोग : युद्धका लागि बहाना
- जेष्ठ १५, २०८३
यो नयाँ विश्व, नयाँ शक्ति सन्तुलनतर्फ अग्रसर हुँदै छ — जहाँ केवल एक सिंहको होइन, सबै जनावरको आवाज सुन्ने समय आएको छ । आज मृग, गैंडा, भालु र अजिङ्गरहरू मिलेर एउटै स्वरमा भनिरहेका छन् – “अब तिम्रो डरले हामी चुप लाग्दैनौँ । हामी हाम्रो बाटो आफै बनाउँछौँ ।” जसरी सिंहले कहिल्यै हरिणको तर्क सुनेन, आज पनि केही शक्तिशाली देशहरू सानो राष्ट्रको आवाज सुन्दैनन् । तर, साना राष्ट्रहरू अब चुप छैनन् । तिनीहरूले नयाँ कथा लेख्न थालेका छन् ।
गर्मीयाम थियो । एउटा हरिण खोला किनारमा पानी पिउँदै थियो । ऊ खोला तलतिर बसेको थियो, शान्त र निर्दोष ।
त्यही बेला खोलाको माथिल्लो किनारबाट एक भयानक सिंह आयो । उसले हरिणलाई रुष्ट मुद्रामा हेर्दै गज्र्याे, “हेर ! तँैले खोला गन्हाइस्, पानी धमिलो बनाइस्, म कसरी पिउँ अब ?”
हरिण अक्क बक्क हुँदै विनम्र स्वरमा भन्यो, “हे महाराज, म त तल्लो किनारमा छु । पानी माथिबाट तल बग्छ । मैले तपाईंको पानी कसरी मैलो पार्न सक्छु र ?”
सिंह झन् रिसायो ।
“तँले अब केही वर्षअघि पनि मेरो अपमान गरेको थिइस् ।”
हरिण झनै अचम्ममा प¥यो, “म त अहिले मात्रै जन्मेको हुँ, त्यो कसरी सम्भव छ ?”
सिंहले न तर्क सुन्यो, न तथ्य नै । ऊ केवल बहाना खोजिरहेको थियो—आफ्नो बल देखाउने, निर्दोषमाथि आक्रमण गर्ने ।
अन्ततः सिंह हरिणमाथि झम्टियो र निर्दोष प्राणीको अन्त्य भयो ।
यस्तो घटना हाम्रो वरिपरिको समाजमा मात्र होइन संसारमा रहेका शक्तिशाली मुलुक र कमजोर मुलुकबिच पनि भइरहेको हुन्छ । शक्तिशाली मुलुक वा व्यक्तिलाई अरुमाथि प्रभुत्व जमाउनु पर्दा उनीहरू कारण हेर्दैनन् मात्र बहाना बनाउँछन् ।
आजको विश्व राजनीति पनि त्यसैको आधुनिक संस्करण हो, ट्रम्पको पुनरागमन, सिंह फेरि जङ्गलमा । अमेरिकामा डोनाल्ड ट्रम्प पुनः शक्तिमा फर्केपछि उनको हैकमवादी प्रवृत्ति फेरि दोहोरिएको छ । उनको राजनीतिक शैली पहिल्यैदेखि आक्रामक, आत्मकेन्द्रित र एकछत्र शासनमा आधारित छ । उनको नजरमा शक्ति मात्र सही हो — जोसँग बल छ, उसैको कुरा सुन्नुपर्छ । उनले हालै ब्राजिलका राष्ट्रपति लुइज इनेसियो लुला दा सिल्भाको भनाइमा आक्रोश व्यक्त गरे । लुलाले स्पष्ट रूपमा भने, “अब विश्वलाई नयाँ सम्राटको आवश्यकता छैन ।”
लुलाको अभिव्यक्ति स्पष्ट थियो — आजको समय बहुध्रुवीय संसारको हो, जहाँ अमेरिका मात्रै प्रभु बन्न सक्दैन । तर, ट्रम्पले यसलाई व्यक्तिगत अपमानको रुपमा लिए । उनले उल्टै पूर्वराष्ट्रपति बोल्सोनारोलाई समर्थन जनाउँदै लुलाको शासन प्रणालीलाई नै चुनौती दिएर ब्राजिलको आन्तरिक राजनीतिमा हस्तक्षेप गरे । यो अभिव्यक्तिमात्र नभई अमेरिकाले आफ्नो प्रभाव विस्तार गर्न राष्ट्रहरूको भित्री स्वाधीनता र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप गर्ने नीति अपनाउँदै आएको प्रमाण हो । बोल्सोनारो ब्राजिलमा ट्रम्पको ideological twin मानिन्छ । उनको समर्थन गर्नु भनेको लुलाको सरकारमाथि अप्रत्यक्ष आक्रमण गर्नु हो ।
ट्रम्पको अहङ्कार कतिसम्म पराकाष्ठा थियो भने इरजरायली न्याय प्रणालीसम्ममा हस्तक्षेप ग¥यो । त्यहाँको न्यायिक प्रक्रियामार्फत प्रधानमन्त्री नेतन्याहुमाथि भ्रष्टाचारका मुद्दाहरू चलिरहेको छ । तर, ट्रम्पले भने, “यो मुद्दा फिर्ता लिनुपर्छ । नेतन्याहूमाथि मुद्दा चलाउनु गलत हो ।” यो भनाइले न्यायिक स्वतन्त्रता र सार्वभौमिकतामाथि प्रश्न उठाउँछ । के अब विश्वका न्यायाधीशहरूले ट्रम्पका आदेश पालना गर्ने ? के एउटा देशको नेताले अर्को देशको अदालतलाई निर्देशन दिन सक्छ ? यो कथाको सिंहको पुरानै शैली हो — “म राजा हुँ । म जे भन्न्छु, त्यो नै अन्तिम कुरा हो ।”
ब्रिक्स राष्ट्रहरू अब चुप छैनन् । आजको विश्व हरिणजस्तो चुप लागेर सहेर बस्ने अवस्थामा छैन । लुलाले प्रतिवाद गरे । रुस, चीन, भारत, दक्षिण अफ्रिका, ब्राजिललगायत राष्ट्रहरूले ब्रिक्समार्फत सामूहिक स्वर उठाउन थालेका छन् । ब्रिक्स अब केवल आर्थिक समूह होइन, यो पश्चिमी प्रभुत्ववादको विकल्प बन्ने आन्दोलनमा छ ।
ब्रिक्स भन्छ, “हामी आफ्नै विकास मोडल बनाउँछौँ । हामी अमेरिकी दबाबमा परेर नीति परिवर्तन गर्दैनौँ ।” ब्रिक्स राष्ट्रहरूले de-dollarization, alternative payment system, intra–BRICS trade र नयाँ विश्व व्यवस्थाको खाका तयार पार्दै छन् ।
जसले मेरो विरोध गर्छ, उसले मूल्य चुकाउँछ ।
ट्रम्पले लुलाको आलोचनापछि ब्राजिलका उत्पादनहरू फलफूल, स्टिल, चिनी आदिमा ५० प्रतिशतसम्मको भन्सार कर लगाउने चेतावनी दिए । यो आर्थिक आतङ्क थियो, “यदि तिमी मेरो विरुद्ध बोल्छौ भने म तिमीलाई दण्ड दिन्छु ।” यो ‘सिंह नीति’ हो — जसले विरोध गर्छ, उसलाई व्यापारिक, कूटनीतिक वा आर्थिक आक्रमण गरिन्छ । यस्तै नीति ट्रम्पले चीनविरुद्ध अपनाएका थिए । ‘अमेरिका फस्र्ट’ भन्ने नारा अन्ततः ‘अरू सबै मुलुकलाई पछि धकेल्ने रणनीति’ बन्न गयो ।
जङ्गल अब पुरानै छैन – जनावरहरू सचेत छन् । आजको विश्व शिकन्दरको शताब्दी हैन । जङ्गल अब केवल सिंहको होइन । हरिणले बोल्न जानेको छ, भालुले प्रतिकार गर्न थालिसकेको छ र हात्तीले आफ्नो स्मृति फर्काइरहेको छ ।
लुलाको भनाइ त्यसैको सङ्केत होः “नयाँ साम्राज्यको अब आवश्यकता छैन ।” रुस–चीनजस्ता राष्ट्रहरूले आफ्ना भू–राजनीतिक हितअनुसार अमेरिकी नीतिको खुला आलोचना गरिरहेका छन् । भारतजस्ता राष्ट्रहरू रणनीतिक स्वायत्तता (Strategic autonomy) को अभ्यास गर्दै छन् । रणनीतिक स्वायत्तता भन्नाले कुनै राष्ट्रले आफ्नो दीर्घकालीन स्वार्थअनुसार बाह्य हस्तक्षेप वा दबाबबिना स्वतन्त्र निर्णय गर्न सक्ने अवस्था हो । यो नयाँ विश्व, नयाँ शक्ति सन्तुलनतर्फ अग्रसर हुँदै छ — जहाँ केवल एक सिंहको होइन, सबै जनावरको आवाज सुन्ने समय आएको छ ।
शक्ति मात्र होइन, न्याय पनि चाहिन्छ । ट्रम्पको चेतावनी, हस्तक्षेप र प्रभुत्वको शैली पुरानै हो । तर आजको समय फरक छ । आजको मृग, गैैडा, भालु र अजिङ्गर मिलेर एउटै स्वरमा भनिरहेका छन् – “अब तिम्रो डरले हामी चुप लाग्दैनौँ । हामी हाम्रो बाटो आफै बनाउँछौँ ।” जसरी सिंहले कहिल्यै हरिणको तर्क सुनेन, आज पनि केही शक्तिशाली राष्ट्रले सानो राष्ट्रको आवाज सुन्दैनन् । तर, साना राष्ट्रहरू अब चुप छैनन् । तिनीहरूले नयाँ कथा लेख्न थालेका छन् ।
Leave a Reply