राउल क्यास्ट्रोविरुद्धको अभियोग : युद्धका लागि बहाना
- जेष्ठ १५, २०८३
शिक्षा कुनै पनि राष्ट्रको सामाजिक, आर्थिक र राजनीतिक विकासको मेरुदण्ड हो । शिक्षाविना व्यक्तिको चेतनाको विकास हुनसक्दैन र चेतनाविहीन समाजमा समानता, न्याय र समृद्धिको कल्पना गर्न सकिँदैन । शिक्षा प्रणाली कुनै पनि सामाजिक, आर्थिक व्यवस्थाको मूल आधार मानिन्छ । समाजवादी व्यवस्था श्रम समानता, सामाजिक न्याय र मानवताको पक्षमा उभिएको हुन्छ । समाजवादमा शिक्षा व्यापार होइन† जनताको अधिकार मानिन्छ । समाजवादले शिक्षा प्रणालीलाई जनताको मुक्तिको उपकरणको रूपमा हेर्छ । समाजमा व्याप्त वर्गीय, जातीय, लैङ्गिक र भौगोलिक असमानतालाई अन्त्य गर्न शिक्षा एक प्रमुख माध्यम हो भन्ने समाजवादी सोच रहन्छ । समाजवादमा शिक्षा हरेक नागरिकको मौलिक अधिकार हो न कि पैसावालाले मात्र खरिद गर्नसक्ने वस्तु । यसले सबैलाई समान अवसर, समान गुणस्तर र शिक्षा प्रणालीलाई सर्वसुलभ र सर्वाङ्गीण बनाउन खोज्छ । समाजवादी मोडलमा शिक्षा सबैका लागि खुला, निःशुल्क र बाध्यकारी हुन्छ । यो प्राथमिकदेखि उच्च शिक्षासम्म राज्यको जिम्मेवारीमा उपलब्ध हुन्छ । यसले गरिब, ग्रामीण, सीमान्तकृतवर्गका लागि पनि समान अवसर सुनिश्चित गर्दछ । शिक्षामा वर्गीय, जातीय वा क्षेत्रीय भेदभाव हुँदैन । सबै विद्यालय, कलेज र विश्वविद्यालयहरूमा समान स्तरको पाठयक्रम, संरचना र स्रोत उपलब्ध गराइन्छ, शिक्षामा, सर्वोतम र सामान्यजस्ता श्रेणी विभाजन हुँदैन ।
समाजवादी शिक्षाले विद्यार्थीलाई केवल किताबी ज्ञान होइन, श्रम, सेवा, उत्पादन र व्यवहारिक सीपमा आधारित शिक्षा दिन जोड दिन्छ । यसले शिक्षा र उत्पादनबिचको दुरी घटाएर रोजगार र आत्मनिर्भरता सुनिश्चित गर्दछ । समाजवादी शिक्षामा मानवता, समानता, सहकार्य, सामाजिक न्याय, देशभक्ति तथा वर्गचेतना विकास गर्ने उद्देश्य हुन्छ ।
विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउने उद्देश्यले नैतिकता र चेतनासँग जोडिन्छ र शिक्षकलाई मार्गदर्शकका रूपमा हेर्ने दृष्टिकोण समाजवादमा पाइन्छ । शिक्षकलाई आर्थिक, सामाजिक र पेसागत दृष्टिले पूर्ण सुरक्षित र सुरक्षासहित सम्मान प्रदान गरिन्छ । समाजवादी शिक्षाले वर्ग विभाजन अन्त्य, सबै नागरिकलाई समान अवसर, श्रमको सम्मान व्यवसायिक सीप, समाज र राष्ट्रप्रति उत्तरदायी र सामाजिक रूपान्तरजस्ता कार्य सुनिश्चित गर्छ । यसका उदाहरणहरू धेरै छन् । जस्तै ः– पूर्वसोभियत सङ्घको शिक्षा पूर्णत : राज्यको नियन्त्रणमा थियो । शिक्षा निःशुल्क, अनिवार्य र श्रममा आधारित थियो । शिक्षकलाई उच्च सम्मान दिइन्थ्यो र वैज्ञानिक तथा प्राविधिक शिक्षामा विशेष जोड दिइन्थ्यो । क्युवामा क्रान्तिपछि समाजवादी सरकारले सबैलाई शिक्षा उपलब्ध गरायो । ग्ल्भ्क्ऋइ अनुसार साक्षरता दर ९९ प्रतिशतभन्दा माथि छ । शिक्षामा राष्ट्रियता सेवा भावना र वैज्ञानिक सोचको समिश्रण गरिएको छ ।
चीनमा श्रम, उत्पादन अनुशासन र राष्ट्रिय चेतनामा आधारित शिक्षाले चीनलाई विश्वको आर्थिक शक्तिको रूपमा परिणत गर्न सहयोग ग¥यो । विद्यालयहरूमा व्यवहारिक तालिम कृषि, इन्जिनियरिङ, सैनिक अनुशासन आदिको समावेश थियो ।
नेपाल संविधानत : समाजवादउन्मुख राज्य हो । संविधानले सबैलाई निःशुल्क, गुणस्तरीय र समान शिक्षा सुनिश्चित गर्ने वाचा गरेको छ । तर, व्यवहारमा शिक्षा प्रणाली पुँजीवादी प्रभावमा छ : निजी विद्यालयहरू हावी छन् । सरकारी विद्यालयहरू कमजोर, शिक्षक असुरक्षित, विद्यार्थी वर्गीय विभाजनमा सीमित छन् ।
यद्यपि, केही स्थानीय तहले विचारधारामा आधारित पार्टीहरूले समाजवादी शिक्षाको अभ्यासको प्रयास गरिरहेका छन् । जस्तै :– नेपाल मजदुर किसान पार्टीले भक्तपुर जिल्लामा ‘समान र सर्वसुलभ शिक्षा’ को अभ्यास गर्दै आएको छ, जहाँ सरकारी विद्यालयमा नै अङ्ग्रेजी माध्यम, अत्याधुनिक प्रविधि र सक्षम शिक्षकहरूको व्यवस्था गरिएको छ ।
समाजवादी शिक्षाको महत्व :
– व्यवसायीकरणको अन्त्य गर्न
– वर्गीय विभाजन घटाउन
– ग्रामीण र सिमान्तकृत वर्गको समावेशीकरण गर्न
– शिक्षकको गरिमा र प्रेरणा पुनः स्थापना गर्न
– दीर्घकालीन सामाजक न्याय र समतामुलक विकासका चुनौतीहरू
– नीति कार्यन्वयनमा कमजोर राजनीति इच्छा शक्ति
– निजी क्षेत्रको दबाब
– संसाधनको अभाव
– जनचेतनाको कमी
समाधानका उपायहरू
– शिक्षामा लगानीको प्राथमिकता बढाउनु
– सरकारी विद्यालय गुणस्तर सुधार गर्न दीर्घकालीन योजना
– शिक्षकको स्थायित्व, तलब, सुरक्षा सुनिश्चित गर्ने नीति कार्यक्रम
– शिक्षालाई मानव अधिकारका रूपमा सुनिश्चित गर्ने
– पाठयक्रमलाई श्रम, नैतिकता र उत्पादनमुखी बनाउन
अतः समाजवादमा शिक्षा केवल ज्ञान प्राप्तिको प्रक्रिया होइन समाज रूपान्तरणको सशक्त हतियार हो । समाजवादी शिक्षा प्रणाली सबैलाई समान अवसर पहुँच र परिणाम दिने उद्देश्यले सञ्चालित हुन्छ । समाजले न्यायपूर्ण, आत्मनिर्भर, वैज्ञानिक र नैतिक बनाउन योगदान पु¥याउँछ ।
नेपालमा यस्तो प्रणाली निर्माणको संवैधानिक अधिकार वा आधार भए पनि व्यवहार कार्यान्वयनमा कमजोर छ । अब आवश्यकता छ, राजनीतिक सङ्कल्प, जनचेतना र संस्थागत सुधारमार्फत समाजवादी मोडललाई व्यवहारमा उतार्ने शिक्षालाई व्यापार होइन, मानव चेतनाको विकासको मूल आधार बनाउनु आजको गहिरो आवश्यकता हो ।
Leave a Reply