माक्र्स र कम्युनेली समाज – २
- भाद्र १६, २०८२
प्यारी बहिनी जीविका,
धेरै धेरै सम्झना अनि माया ।
तिम्रो इमेल पढेँ । हरेक इमेलमा फरक फरक जिज्ञासा र उत्सुकता लेख्छौ । सिक्ने र नयाँ कुरा थाहा पाउने तिम्रो हुटहुटी उमेर र स्वभावैले पनि होला । तिम्रो स्वाभाविक हुर्काइप्रति म निकै खुसी छु । अङ्कल र आन्टीलाई मेरो नमस्कार सुनाइदिनू ।
पछिल्लो इमेलमा तिमीले राजनीतिमा नयाँ पुस्ताको वितृष्णाबारे लेखिछ्यौ । भर्खर प्लस टु विद्यालय पढ्दै गरेका तिम्रो उमेरका छोराछोरीलाई त झन् “राजनीति फोहोर खेल हो । यसबाट टाढै बस्नू” भनी अभिभावकले सिकाउने कुरा उल्लेख ग¥यौ । देशको आजको भद्रगोल अवस्था र शासक दलका नेताहरूको रवैयाले यस्तो खाले मानसिकता विकास भएको हुनुपर्छ । अथवा राजनीतिका नाममा बेइमानी गर्न पल्केका जमातले असल एवम् नयाँ मानिसलाई राजनीतिबाट टाढा राख्न गरेको ‘मनोवैज्ञानिक युद्ध’ पनि हुन सक्दछ यो । त्यही जमातले बर्सेनि लाखौँ सङ्ख्यामा देशका विद्यार्थी एवम् युवा पुस्तालाई विदेश निर्यात गर्दै छ† देश कमजोर बनाउँदै छ ।
वास्तवमा राजनीतिले सबै कुरा, सबै आयाम निर्धारण गर्दछ । राजनीति फोहर भयो भने देशै फोहोर हुन्छ, बुनु । राजनीति गलत भयो भने देश नै नरहन पनि सक्छ । अहिले यो डर पनि छ । त्यसकारण नयाँ पुस्ताले राजनीतिक गतिविधिमा चासो राख्नु सकारात्मक हो । राजनीतिक सुझबुझ राख्नुलाई एउटा संस्कृतिको रूपमा हुर्काउन जरुरी छ ।
निश्चय नै नेपालको राजनीतिक वृत्तमा असल, इमानदार र कर्तव्यनिष्ठ नेता भेट्न गाह्रो छ । राजनीतिमा ‘रोल मोडल’ भेट्न गाह्रो छ । ‘ब् ष्निजत ष्ल तजभ बिलम या कजबमयधक’ भन्ने भनाइ सुनेकै हौली । यहाँ पनि असल नेताहरू नजन्मेका होइनन् । वरिष्ठ राजनीतिक व्यक्तित्व एवम् धेरै धेरैका ‘रोल मोडल’ नेता नारायणमान बिजुक्छेँ (रोहित) त्यस्तै एउटा उज्यालो नाम हो नेपालको राजनीतिक आकाशमा । उहाँ भन्नुहुन्छ, “राजनीति भनेको देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नु हो । राजनीतिक कार्यकर्ता बन्नु साहस र समर्पणको बाटो हो ।” उहाँले आफ्नो जीवनमा पनि देश र जनताको सुख—सेवाबाहेक कुनै स्वार्थ राख्नुभएन, किसान मजदुरका छोराछोरीलाई राजनीति के हो सिकाउनुभयो (राजनीतिबारे आजकालको हल्ला र बुझात्न्दा बिल्कुल फरक) । उहाँलाई तिमी हामीसँग भेट गराउन लेखक विजयराज आचार्यले एउटा पुस्तक लेख्नुभएको छ — ‘स्वप्नद्रष्टा नेता नारायणमान बिजुक्छेँ’ । यही पुस्तकको आँखीझ्यालबाट युगद्रष्टा नेता बिजुक्छेंलाई चिन्ने बाटो भेटिन्छ ।
कम्युनिस्ट विचार मान्ने र त्यसैलाई जीवनदर्शन बनाउने नेता हुनुहुन्छ नारायणमान बिजुक्छेँ । सादा जीवन, उच्च विचार, अध्ययनशील स्वभाव, व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा माथि उठेर समाज, देशको निम्ति सङ्घर्ष गर्ने उहाँको व्यक्तित्व निकै अनुसरणीय छ । उहाँ वि.सं. १९९६ फागुन २६ गते आमा सूर्यमाया र बुवा गणेशमान बिजुक्छेँका ज्येष्ठ सन्तानका रूपमा भक्तपुरको सुकुलढोकामा जन्मनुभयो । बाल्यकाल सामान्य नै रह्यो । बुवा कामको सिलसिलामा रौतहटको गौर भन्सारमा रहँदा उहाँ पनि त्यतै बस्नुभयो । त्यसैले गौरतिरको प्रभाव अलि बढी प¥यो उहाँको बाल मस्तिष्कमा । उहाँले २०१३ सालमा एसएलसी दिनुभयो र दरबार कलेजबाट आइ.ए. सकाउनुभयो । स्नातक अध्ययनका लागि भक्तपुर बहुमुखी क्याम्पस प्रवेश गर्नुभयो । राजनीतिक सक्रियता, जेलनेल, भूमिगत जीवनका कारण औपचारिक शिक्षामा पूर्णविराम लागे पनि साहित्य, दर्शन, राजनीतिशास्त्र, अर्थशास्त्र, भूगोललगायतका विषयको गहिरो अध्येता हुनुभयो उहाँ । नेपालमा उहाँ जत्तिको पढ्ने—लेख्ने नेता कमै छन् भन्दा फरक नपर्ला, जीवनको ८४ औँ वसन्तमा पनि उहाँ दिनरात पढ्नुहुन्छ । २० वर्षको उमेरमा उहाँले भक्तपुरको जनज्योति पुस्तकालयमा आफूले नपढेको या नयाँ पुस्तक नपाएर काठ्माण्डौ जानुभएको प्रसङ्गले उहाँ कति अध्ययनशील हुनुहुन्थ्यो भन्ने थाहा हुन्छ ।
“राजनीति गुलाबको ओछ्र्यान होइन, काँडैकाँडाले भरिएको बाङ्गोटिङ्गो बाटो हो, सरल छैन, बगरमा हिँड्नु हो राजनीति” — यो उहाँको भनाइमात्र होइन भोगाइ पनि हो । किशोरावस्था उहाँको निकै उतारचढावयुक्त बन्यो । आन्दोलन, जिल्ला—जिल्लामा सङ्गठन निर्माण, भूमिगत जीवन, राजनीतिक उतारचढाव र जेलनेल सबै भोग्नुप¥यो । विवाह नै रोकिएको घटना पनि छ । उत्तिबेला भक्तपुरमा सहकारी संस्थाका भ्रष्टाचारीहरूको विरोधमा भएको किसान आन्दोलनमा सक्रिय हुनुभयो र पञ्चायती राज्यसत्ताले उहाँमाथि दमनको नीति लियो । त्यो समय भनेको भक्तपुरमा किसान सङ्घर्ष उठाउने, शिक्षित बनाउने, भक्तपुरको विकास अगाडि बढाउने काम गरिरहनुभएको समय थियो । त्यसकारण, पनि उहाँ पञ्चायती व्यवस्थाको लागि आँखाको धुलो बन्नुभयो । राज्यको श्वेतआतङ्कका कारण २०२६ देखि २०३६ सालसम्म उहाँ भारतको दरभङ्गामा १० वर्ष निर्वासनमा बस्नुभयो । अगाडि बढिसकेको भक्तपुरको किसान आन्दोलन, शैक्षिक आन्दोलन र देशको प्रजातान्त्रिक आन्दोलन ती १० वर्षले जरुर प्रभावित भए ।
उहाँले ४० सालमा ४४ वर्षको उमेरमा रामेछाप ठोसेकी एक शिक्षिका शोभा प्रधानसँग विवाह गर्नुभयो । त्यसपछिको जीवनयात्रामा शोभा प्रधानको साथ अतुलनीय छ । विवाह लगत्तै शोभाले २०४५ सालमा भक्तपुर काण्ड नामको कालरात्री या बर्बर समय देख्न र भोग्न प¥यो । त्यही समयले शिक्षिका शोभालाई सायद कामरेड शोभा बनायो । गएको हप्तामात्र २०४५ सालमा का. रोहितले जेलबाट जीवनसङ्गीनी शोभालाई लेख्नुभएका चिठीहरूको अङ्गे्रजी संस्करण प्रकाशित भयो । का. शोभा प्रधानले उहाँ र हामीसँग बिदा हुनुभएको ३ वर्ष नाघ्यो । ‘जेलका चिठी’ हरूमा बाँचिरहनुभएका शोभासँग तिमी पनि भेट्नू । म चाँडै नै यो पुस्तकसँगै ‘लेटर्स फ्रम जेल’ पनि पठाउँछु । अङ्गे्रजी भाषानुदित भएकोले तिमीले खुब चाखसित पढ्नेछौ ।
उहाँ भन्नुहुन्छ, ‘राजनीति व्यापार होइन । पैसा कमाउन चाहनेले व्यापार गर्नुपर्छ राजनीति होइन ।’ उहाँ सिद्धान्त, निष्ठा र इमानको राजनीतिका पर्याय हुनुहुन्छ । वडा अध्यक्षदेखि पार्टीका केन्द्रीय अध्यक्षसम्मको यात्रामा उहाँ कतै थाक्नुभएन, राज्यको अत्याचारले विचलित हुनुभएन । उहाँले कम्युनिस्ट पार्टी नै किन चुन्नुभयो भन्ने प्रश्नको सप्रसङ्ग जवाफ पनि छ पुस्तकमा । विद्यार्थी राजनीतिबाट हुर्कनुभएका उहाँ कम्युनिस्ट पार्टीको सदस्य बन्नुभयो र २०३१ साल माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना गर्नुभयो । तात्कालीन समयमा छुट्टै पार्टी स्थापनाको आवश्यकता इतिहासले पुष्टि गरिसकेको छ । सैद्धान्तिक सङ्घर्ष र राष्ट्रिय—अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषणका आधारमा पार्टी स्थापना भएको थियो । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा नेमकिपाको स्थापना उज्यालो पक्षको रूपमा समीक्षा हुने गरेको छ । का. रोहितले कम्युनिस्ट पार्टीमा पेश गर्नुभएको सैद्धान्तिक दस्तावेजले पछि पुस्तक आकार पायो । ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’, ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ , ‘नेपाल—भारत सम्बन्ध र भारत’ यी पुस्तकहरू तिमीलाई अलिक पछि पठाउँला । नेपालको राजनीतिक एवम् कम्युनिस्ट आन्दोलनको इतिहास या खेमा अध्ययन गर्ने जोकोहीले यी पुस्तक खोजीखोजी पढ्छन् ।
उहाँ भन्नुहुन्छ, “सिद्धान्तहीन एकताभन्दा फुट राम्रो हुन्छ । देश र जनताको सवालमा कुनै सम्झौता मञ्जुर हुन्न ।” पार्टी स्थापनासँगै किसान आन्दोलन बिउँताइयो र विकास गरियो । चुनावहरूको उपयोग गरियो । प्रतिक्रियावादी सङ्घसंस्थाभित्र गएर देश जनताको सेवा गर्ने लेनिनवादी नीतिको व्यावहारिक अभ्यास गरियो । उहाँ २५ वर्ष संसद, संविधानसभामा प्रखर प्रतिपक्षी बन्नुभयो, जनताको आवाज बनेर उभिनुभयो । जनताको आँखामा कहिल्यै नबिझाउने तर बैरीको आँखामा सधँै बिझाइरहने नेता बन्नुभयो । जेलनेल, भूमिगत जीवनमा जनताको अपार साथ र माया पाउनुभयो । उहाँले भन्नुभएको छ, ‘सत्य र न्यायको पक्षमा लड्नु दुःखै दुःखको पहाड चढ्नु जस्तै हो ।’
हरिबहादुर श्रेष्ठ साहित्यिक जगतमा उहाँको स्थापित नाम हो । भूमिगत कालदेखि आजसम्म पनि विभिन्न छद्म नाममा उहाँले कलम चलाइरहनु भएको छ । ‘साहित्य राजनीतिको हतियार हो, समाज परिवर्तनको ज्यावल हो’ भन्नुहुन्छ उहाँ । साहित्य बौद्धिक विलासिताका लागि होइन कामदार वर्गको उत्थानका लागि हुनुपर्ने उहाँको विचार हो । उहाँले लेख्नुभएको ‘जनताको साहित्य र साहित्यकार’ पुस्तक त तिमीले खुब रुचिसाथ पढेको मलाई याद छ । उहाँ देश— विदेश दौडाहामा पनि लेख्नुहुन्छ । करिब २३ गैरआख्यान र १२ साहित्यिक कृति त यस पुस्तकमै सूचीकृत छन् उहाँका पुस्तक ।
उहाँ कुनै बेला भिक्षु बन्ने इच्छा राख्नुहुन्थ्यो भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । हिन्द—चीनका देशहरूमा फ्रान्सेली र अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्ष, बर्मा र श्रीलङ्काको बेलायती साम्राज्यवादविरोधी स्वतन्त्रता आन्दोलनमा भिक्षुहरूको महत्वपूर्ण भूमिका पढेर उहाँभित्र भिक्षु बन्ने मोह जागेको प्रसङ्ग पुस्तकमा छ । उहाँ भिक्षु त बन्नुभएन तर साम्राज्यवादविरोधी सङ्घर्षका एक योद्धा बन्नुभयो ।
शिक्षा क्षेत्रमा उहाँको योगदान बेजोड छ । अहिलेको भक्तपुरलाई उदाहरण मान्ने हो भने करिब ३०—४० वर्षमा भक्तपुर अँध्यारो र उपेक्षित सहरबाट ज्ञानविज्ञानको उज्यालो केन्द्र बन्न सफल छ । प्राज्ञहरू भन्छन् — शिक्षा क्षेत्रमा भक्तपुरको फड्को क्रान्ति अघिको क्रान्ति हो । भक्तपुर आज ङातापोल, पचपन्न झ्याले दरबारलगायतका सम्पदासँगै ख्वप विश्वविद्यालयको सपनाका कारण प्रसिद्ध छ । विशेषतः छोरीहरूको शिक्षामा उहाँले जोड दिनुभयो । छोरीले स्कुल देख्न नपाउने समाजबाट आज छोरीहरू शिक्षामा निकै अगाडि बढेको समाज बनेको छ भक्तपुर । उहाँको कुशल नेतृत्वले यो सम्भव बनायो । उहाँले ‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’ को परिकल्पना पनि गर्नुभएको छ । त्यो पुस्तकबारे पनि एक दिन छलफल गरौँला । भक्तपुरलाई उहाँले टेष्ट ट्यूवको रूपमा विकासको मौलिक मोडलको रूपमा हुर्काउनुभयो, ‘जनता प्रथम’ को राजनीतिक संस्कृति हुर्काउनुभयो† भ्रष्टाचार शून्यताको अभ्यास सफल बनाउनुभयो । सिङ्गो देशमा नारायणमानहरूको नेतृत्व या राजनीतिक विचार लागु भए देशले कोल्टे फेरिसक्थ्यो भन्ने पनि बरोबर सुनिन्छ । राजनीति फोहोर होइन, सफा कर्म हो भन्ने मान्यता स्थापित हुन्थ्यो ।
उहाँ र उहाँको विचार सिध्याउन राज्य र शत्रुले पटक पटक षड्यन्त्र गरेको स्मरण यो पुस्तकले गराउँछ । उहाँलाई २०३५ सालमै भारतको गोरखपुरमा गोली हानी हत्या गर्न खोजिएको थियो । उहाँको शरीरमा अहिले पनि ४ वटा गोली छन् । ‘गोली पिएका योद्धा’ भन्नुभएको छ उहाँलाई एक लेखकले । २०४५ सालमा पनि उहाँविरुद्ध निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्थाले ‘फाँसी दे’ को नारा लगायो† नेमकिपाका निर्दोष कार्यकर्तामाथि धरपकड र जेलनेलको सजाय दियो । ‘भक्तपुर काण्ड’ नेमकिपालाई समूल समाप्त गर्न पञ्चायती राज्यस्तरबाटै भएको षड्यन्त्र थियो त्यो । ‘भक्तपुर काण्ड’ नेपालको राजनीतिक इतिहासमा एउटा कालो कालखण्डको नाम हो । यहाँ ‘भाद्र ९’ लाई कालो दिनको रूपमा स्मरण र भत्र्सना गरिन्छ । भाद्र ९ पनि नजिकिँदै छ, यसबारे लेखिएका पुस्तक र भुक्तभोगीहरूको संस्मरणबारे पनि लेख्नेछु, किताबहरू पनि पठाउँला । टाढा बसेर पनि आफ्नो जन्मस्थान भाषा, साहित्य, राजनीतिप्रति तिम्रो चासो सराहना योग्य छ ।
समग्रमा यो ‘स्वप्नद्रष्टा नेता नारायणमान बिजुक्छेँ’ पुस्तक निकै पठनीय अनुभव हुन्छ । कलाकारले बनाएको सुन्दर स्केच या आकृति जस्तो छ यो पुस्तक । अक्षरमार्फत ८० को दशकमा हिँडिरहनुभएका एक राजनीतिक एवम् साहित्यिक व्यक्तित्वलाई भर्खरका केटाकेटी, किशोरकिशोरीसँग जोड्न या साक्षात्कार गराउन पुस्तक सफल छ । यसमानेमा लेखक धन्यवादका पात्र हुनुहुन्छ । का. रोहितको व्यक्तित्व यो पुस्तकभन्दा धैरै अग्लो छ । का. रोहितको अग्लो जीवन आकृति, गतिशील जीवन आयाम बताउन यो पुस्तक पर्याप्त छैन भन्दा लेखकलाई पनि चोट नपुग्ला । उहाँको व्यक्तित्वको उँचाइ र जीवन सङ्घर्ष नाप्न यो पुस्तक सानो अनुभव हुन्छ भन्दा लेखक पनि सहमत हुनुहोला । उहाँको जीवन, सङ्घर्ष, सङ्कल्प र समर्पणको गहिराइमा जान यो पुस्तकले मैनबत्तीको भूमिका जरुर निर्वाह गर्दछ । ‘रोहितको आकृति’, ‘का. रोहितको साहित्यिक व्यक्तित्व’ पनि उहाँलाई चिन्न तिमीले पढ्नैपर्ने पुस्तक हुन् । आजलाई यति नै लेख्छु । थप छलफल भिडियो कलमा पनि होला । मैले पठाएका पुस्तकबारे लेखी पठाउनू । टेक केयर !
तिमीलाई सम्झिरहने दिदी
समा
Leave a Reply