भर्खरै :

‘स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा’ पुस्तक अध्ययनको सार

‘स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा’ पुस्तक अध्ययनको सार

संसारको दोस्रो ठुलो महादेश अफ्रिकाको क्षेत्रफल १ करोड १४ लाख ४७ हजार ३ सय अठ्तीस वर्ग माइल छ । उत्तरमा भूमध्यसागर, दक्षिण र पूर्वमा हिन्द महासागर, केही भाग लालसागर र पश्चिममा एटलान्टिक महासागरले यो महादेश घेरिएको छ । भौगोलिक विविधतासँगै उत्तर र दक्षिण अफ्रिकामा दर्जनौँ जातजाति र भाषाभाषीका जनता बसोबास गर्छन् । संसारको सबैभन्दा बढी सुनको खानी अफ्रिकामै छ । हिरा, युरेनियम, कोबाल्ट, तामा, म्याग्निन, टीन, कोइला र पेट्रोललगायतका खनिजले अफ्रिका समृद्ध छ । मानवशास्त्रीहरूको अध्ययनअनुसार मानिसको उत्पत्ति र विकासको सबभन्दा पुरानो ठाउँ अफ्रिकालाई मानिन्छ ।
कोलम्बसको अफ्रिका यात्रापछि युरोपका साना ठुला सबै उपनिवेशवादी देशहरूले अफ्रिकाका विभिन्न देशहरूमा औपनिवेशिकता लादेर शासन गरे । युरोपेलीहरूले अफ्रिकामा धर्म प्रचार गर्नुका साथै आ–आफ्ना भाषा पनि प्रचार गरे । कोलम्बसको यात्राले अफ्रिकीहरूलाई दास बनाएर दास व्यापार गर्ने बाटो खुल्यो । उनीहरूले अफ्रिकालाई तहसनहस पारे । अफ्रिकी जनताको दासत्वलाई न्यायोचित ठह¥याउन युरोपेलीहरूले रङ्गभेदको आविष्कार गरे । अफ्रिकामा ‘युरोपेलीहरूले सभ्यताको विकास गरे’ भन्ने मिथक तयार पारेर अफ्रिकी जनतालाई तल्लो दर्जाको बनाइयो । तर, झन्डै ५० लाखदेखि ८० लाख वर्षअघि नै पृथ्वीमा पहिलो पटक देखापरेको मानव जातिका पूर्वज होमिनिड्स (ज्यmष्लष्मक) अफ्रिकामा थिए भन्ने मान्यता वैज्ञानिकहरूको छ । १५ औँ शताब्दीमा दक्षिण अफ्रिकी कालाजातिका जनताको संस्कृति उत्तरी युरोपको भन्दा उच्च थियो । प्राचीनकालमा आगो र ज्यावलहरूको प्रयोग पहिलोपल्ट यसै महाद्विपमा भएको थियो । पश्चिमी अफ्रिकाका डोयोन (म्इथ्इल्) जनताले खगोलशास्त्रको जटिल ज्ञान पत्ता लगाइसकेका थिए । त्यसको शताब्दीयौँपछि मात्र खगोलशास्त्रले वैज्ञानिक आविष्कारको सार्वभौम रूप धारण गरेको थियो । यस्तो समृद्ध अफ्रिकालाई युरोपेलीहरूले असभ्य भन्दै शोषणको जाँतोमा पिसे ।
युरोपेलीहरूको शोषणकै कारण अफ्रिकी देशहरू अहिले विश्वकै असमान देशमा पर्छन् । त्यहाँ धनी र गरिबबिचको खाडल ठुलो छ । दक्षिण अफ्रिकामा शीर्ष १० प्रतिशत सम्पन्नहरूको हातमा मुलुकको आधा धन छ भने निम्न १० प्रतिशत विपन्न जनताको हातमा मुलुकको १ प्रतिशतमात्र धन छ । स्रोतसाधन सम्पन्न अफ्रिकी देशहरू ऋणमा चुर्लुम्म डुबेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क र दाता देशहरूले ऋण दिने नाममा लुटपाट मच्चाइरहेका छन् ।
२३ लाख ८१ हजार ७४० वर्ग किलोमिटर क्षेत्रफल भएको अफ्रिकी मुलुक अल्जेरियाको अहिलेको जनसङ्ख्या ४ करोड ६१ लाख १६ हजार छ । जातीय र धार्मिक रूपले अरबी र मुसलमान बहुल अल्जेरियामा झन्डै एक प्रतिशतमात्रै युरोपेली, क्रिश्चियन र अन्य धर्म मान्नेहरू छन् । खनिजमा सम्पन्न यो देशलाई सन् १८३० देखि नै फ्रान्सले उपनिवेश बनायो । त्यसबेला अल्जेरियाको शैक्षिक स्तर फ्रान्सको भन्दा उच्च थियो । तर, पनि अल्जेरियालाई युरोपेलीहरूले पिछडिएको देशको ट्याग लगाइदिए । करिब १३० वर्षको उपनिवेशकालमा फ्रान्सले अल्जेरियाको सामाजिक र आर्थिक जीवनलाई धुजाधुजा पारे । त्यहाँको उर्वर भूमि फ्रान्सेलीहरूले कब्जा गरे ।
दोस्रो विश्वयुद्धपछि संसारमा चलेको स्वतन्त्रता र मुक्ति आन्दोलनको लहरले अफ्रिकी महादेशलाई पनि झक्झकायो । अफ्रिकाका विभिन्न मुलुकमा देशभक्त स्वतन्त्रता सेनानी तथा नेताहरू देखा परे । अल्जेरियामा अहमद बेन बेल्ला त्यस्तै नेता हुन् । उनी फ्रान्सेली उपनिवेशवादीहरू र स्वतन्त्रतापछि पश्चिमी समर्थक अल्जेरियाली सरकारको बन्दी भएर २४ वर्ष कारागार सजाय भोगेका योद्धा हुन् ।
बेन बेल्ला पहिले सेनामा थिए । सेना छाडेपछि उनी उपनिवेशको विरोध गर्ने एक भूमिगत सङ्गठनको सदस्य बने । सो सङ्गठनपछि अल्जेरियाको ‘राष्ट्रिय मुक्ति मोर्चा’ को रूपमा अगाडि बढ्यो । सन् १९६३ सेप्टेम्बर १५ मा बेन बेल्ला अल्जेरियाका राष्ट्रपति चुनिए । सत्तामा आएपछि उनले अल्जेरियामा भूमिसुधारको योजना ल्याए । उनले फ्रान्सेली उपनिवेशवादीहरूले कब्जा गरेको अल्जेरियाको भूमि जफत गरेर भूमिहीन किसानहरूलाई वितरण गरे ।
बेन बेल्लाले आफ्नो देशलाई एक प्रगतिशील र समाजवादी बाटोमा लैजान खोजेका थिए । तर, सन् १९६५ मा एक सैनिक विद्रोहद्वारा उनलाई सत्ताबाट हटाइयो । उनले ल्याटिन अमेरिका र अफ्रिकी स्वतन्त्रता आन्दोलनका लडाकुहरूलाई समर्थन र सैनिक तालिम दिने अन्तर्राष्ट्रवादी ऐक्यबद्धताको प्रतीकको रूपमा आफूलाई उभ्याएका थिए । बेन बेल्लाको समयमा दक्षिण अमेरिकामा लड्ने सबै लडाकु अल्जेरिया आउँथे । नेल्सन मण्डेला, चे ग्वेभारा पनि अल्जेरिया गएका थिए । अल्जेरियाले हातहतियार र तालिम दिएर सहयोग गथ्र्यो ।
घानालाई पोर्चुगाली उपनिवेशवादीहरूले ‘सुनको किनारा’ (न्यमि ऋयबकत) नाम राखेका थिए । २ लाख ३८ हजार ५३७ वर्ग किलोमिटर रहेको घानामा २ करोड ८१ लाख २ हजार ४ सय जनसङ्ख्या छ । सुन, हिरा, बाक्साइट, म्याङ्गानिज आदि खनिजले घाना सम्पन्न छ । सन् १४७१ मा पोर्चुगालीहरू घाना पुगेका थिए । उनीहरूले घानाबाट धेरै सुन हात पारे । पोर्चुगालीहरूले घानाका प्राकृतिक सम्पदासँगै हब्सी जनतालाई पनि दास बनाए । घानाका हब्सीहरूलाई सिक्रीले बाँधेर अमेरिकी र युरोपको दास बजारमा बेच्ने काम सुरु गरे । उनीहरूले बलिया हब्सीलाई दास बनाउँथे भने कमजोरलाई मार्थे । सत्रौँ शताब्दीमा डचहरूले पोर्चुर्गीजहरूलाई घानाबाट खेदे । तर, घानामा डचहरूले झन ठुलो दास व्यापार सुरु गरे । घानाका जनता पिसिने क्रम जारी नै रह्यो । सन् १९०० मा बेलायती उपनिवेशवादीहरूले घानालाई आफ्नो कब्जामा लिए । अब घानामा बेलायतको शासन र शोषण सुरु भयो ।
घानाका क्वामे एन्क्रुमा अमेरिकामा बसेर अफ्रिकीहरूबारे गम्भीर अध्ययन गरे । उनले अमेरिकामा काला जातिका मान्छेहरू साह्रै अव्यवस्थित गल्ली र फोहोर ठाउँमा बस्ने गरेको, काला जातिमाथि भेदभाव रहेको थाहा पाए । अमेरिकामा अफ्रिकीहरूको जीवन भनेको ‘प्रचुरताको सागरमा गरिबीको टापु’ जस्तै रहेको बुझे । जून १९४५ मा एन्क्रुमा बेलायत पुगे । उनलाई बेलायतमा कामको खोजी र डेरा खोज्दा ठुलो समस्या भोग्नुप¥यो । डेरा खोज्ने क्रममा घरको ढोका घच्घच्याउँदा बेलायती घरपतिले कालो अनुहार भएको हब्सी देखेपछि ‘कोठा खाली छैन’ भन्दै ढोका लगाउँथे । उनले बेलायतबाट रङ्गभेदको तीतो अनुभव बटुले । अब उनमा सङ्घर्षको भावना पैदा हुन थाल्यो ।
दोस्रो विश्वयुद्धमा बेलायतको तर्फबाट लडेका ६५ हजार भूपू सैनिकहरूले सन् १९४८ को फेब्रअरीमा रोजगारी र महँगीको विषय उठाएर घानामा विरोध प्रदर्शन गरे । त्यो प्रदर्शनमा बेलायती सरकारले गोली चलाएर २० जनाको हत्या ग¥यो । त्यसको दोष एन्क्रुमा र अन्य नेताहरूलाई लगाइयो । एन्क्रुमालगायतका नेताहरूलाई ‘कम्युनिस्ट षड्यन्त्र’ को दोषी ठहर गरी पक्राउ ग¥यो । ६ हप्तापछि कारागारबाट छुटेका एन्क्रुमा देश भ्रमणमा निस्के । उनले ‘अब स्वराज चाहिन्छ’ भन्ने नारा लगाए । घानामा महिलाहरूको मताधिकारको आवाज पनि उठाए । अफ्रिकाको निम्ति यो नौलो विषय थियो ।
उनले सन् १९४९ जूनमा ‘जनसभा दल’ भन्ने राजनीतिक दल स्थापना गरेर बेलायती शासकविरुद्ध सङ्घर्षका अभियान सञ्चालन गरे । सन् १९५२ मार्चमा उनी घानाका प्रधानमन्त्री भए । तर, नागरिक प्रशासन, प्रहरी, सेना, अदालत र विदेश विभाग बेलायती गभर्नरको हातमा थियो । सङ्घर्ष अगाडि बढ्दै गयो । सन् १९५७ मार्च ६ को मध्यरातमा घानाले बेलायतबाट स्वतन्त्रताको घोषणा ग¥यो । घाना स्वतन्त्र भए पनि बेलायती महारानी नै घानाको सार्वभौमिकताको प्रतीक थिइन् ।
सन् १९६० फेब्रअरीमा संसद्बाट गणतन्त्रको प्रस्ताव अगाडि बढ्यो । सन् १९६० अप्रिल १९, २३ र २७ को दिन राष्ट्रपतिको निर्वाचन भयो । एन्क्रुमा ८९ प्रतिशत मत ल्याएर घानाको पहिलो राष्ट्रपति बने । एन्क्रुमाले आफ्नो शासनकालमा अफ्रिकी शैलीको समाजवादको वकालत गरेका थिए । तर, प्रतिक्रियावादीहरूले उनको जनपक्षीय बाटोमा अनेक बाधा व्यवधान तेस्र्याउन छाडेनन् । सन् १९६४ मा उनीमाथि गोली प्रहार भयो । गोली प्रहारबाट उनको अङ्गरक्षकको मृत्यु भयो । सन् १९६६ फेब्रअरी २४ को दिन विदेश भ्रमणमा रहेका बेला विद्रोही सेना कर्नेल इमानुएल क्वासी कोतोकाले रेडियो स्टेसन, सरकार र संसद् कब्जा गरे । एन्क्रुमाको जनसभा दल (ऋऋए) माथि प्रतिबन्ध लगाइयो । घानाको दक्षिणपन्थी नयाँ सरकारले एन्क्रुमाको टाउको ल्याउनेलाई एक लाख २० हजार डलर दिने घोषणा ग¥यो ।
एन्क्रुमा गिनीमा गिनीका राष्ट्रपति सेकु तुरेसँग बसे । त्यहाँ उनले ‘लेनिनको गुरिल्ला युद्ध’, ‘माओका रचना’, ‘चे ग्वेभाराका रचना’ लगायतका सैद्धान्तिक पुस्तकहरू अध्ययन गरे । उनले आफ्ना समर्थकहरूलाई घानामा स–साना गुप्त सङ्गठन बनाएर सङ्घर्ष अगाडि बढाउन पनि निर्देशन दिएका थिए ।
सन् १९७२ जनवरी १३ को दिन कर्नेल इग्नाटियस अचेम्पोङको नेतृत्वमा घानामा पुनः एउटा सैनिक विद्रोह भयो । उसले सत्ता हातमा लिएपछि एन्क्रुमालाई घाना फर्कन स्वीकृति दिएका थिए । तर, क्यान्सरका रोगी एन्क्रुमा उपचार गर्न रोमानिया जाँदा सन् १९७२ अप्रिल २७ मा उनको त्यहीँ देहावसान भयो । घानाले एक उपनिवेशवादविरोधी देशभक्त नेता गुमाउन पुग्यो ।
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *