भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
चितवन, २१ चैत (रासस) ः पूर्वी चितवनको खैरहनी नगरपालिका–१ स्थित सिमलघारीमा चट्याङ लागेर आज चारजना घाइते भएका छन् ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ भने तीनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गएका रत्ननगर नगरपालिका–५ की अन्दाजी ४५ वर्षीया सुशीला परियार, सोही स्थानकी १२ वर्षीया ज्योति परियार, १० वर्षीया सिम्रन परियार र नौ वर्षीया गाजल परियार घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सुशीलाको खैरहनीमै उपचार भइरहेको छ भने अन्य तीनजना बालिकाहरुलाई थप उपचारका लागि भरतपुर ल्याइएको छ । यस्तै, चट्याङ लागेर सातवटा बाख्रासमेत मरेका छन् ।
Leave a Reply