भर्खरै :

‘बैंक माफियाले सहकारी आन्दोलन असफल बनाउन सक्छ’

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र भक्तपुर जिल्लास्थित विभिन्न जिल्ला सहकारी संघ लि.हरुको समन्वयमा ६१औं राष्ट्रिय सहकारी दिवस ऐतिहासिक शहर भक्तपुरको टौमढीमा भब्यरुपमा सम्पनन भयो ।
कार्यक्रमका नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिब प्रेम सुवालले बैंकमा सिमित सञ्चालकहरुको अधिकार हुन्छ भने सहकारीमा सबैजना सदस्यहरुको समान अधिकार हुन्छ भन्नुभयो । बैंक माफियाहरुले सहकारी अभियानलाई असफल पार्न विभिन्न गतिविधिहरु गर्ने उल्लेख गर्दै उहाँले संसदले बनाएको सहकारी ऐन, २०७४ मा जग्गा दृष्टिबन्धी गर्दा रजिष्ट्रेशन शुल्क मिनाहा र नाफामा आयकर बढीमा १०५ मात्र भएकोलाई लागू नगर्नु सरकारले सहकारी संस्थाहरुलाई धोखा दिएको हो भन्नुभयो । सरकारले जनताको प्रत्यक्ष सरोकार रहेको सहकारी संस्थाको लागि आर्थिक अध्यादेश ल्याएर सहयोग गर्नुपर्ने तथाा सरकारले वजेटमार्फत सम्बोधन गरी सेवा दिन सक्नुपर्छ भन्नुभयो ।
बजार भाउ बृद्धिकोकारण भूकम्पपीडितहरुलाई रु.४ लाखको सट्टमा रु.१० लाख गरी एकमुष्ट राहत दिनुपर्नेमा जोड दिंदै प्रमुख अतिथि सुवालले भूूकम्पपीडितहरुलाई दिएको काठ कमसल भएको जानकारी पाएको र भूकम्पपीडितको लागि दिने काठको ब्यबस्था भक्तपुरमा नहुनु पक्षपात हो भन्नुहुँदै भूकम्पपीडितलाई दिने काठको ब्यबस्था भक्तपुर मै गर्न प्रमुख जिल्ला अधिकारबाट पहल हुनु पर्नेमा जोड दिनुभयो । सांसद सुवालले विकास र संबृद्धिको नाउँमा भूमाफियाहरुको चाहनाअनुसार जनताहरुको घर भत्काई जनताहरुलाई उठिबास गर्नु जनहितको काम होइन भन्नुहुँदै काठमाण्डौं उपत्यका बाहिर बस्तिको ब्यबस्था गरी उपत्यकालाई दूर्गन्धबाट जोगाउनुपर्ने आबश्यकता औंल्याउनुभयो ।
म्यानपावर कम्पनीले चेलिवेटीहरुलाई खसीबोका जस्तै गरी मोलमोलाइमा विदेशमा पठाएको पाइएको बताउँदै सांसद सुवालले जलश्रोतको दोश्रो धनी देश नेपालको सरकारले विद्युत उत्पादनमा खासै ध्यान नदिनु लाजमर्दाे हो भन्नुभयो । मन्त्रीहरु भ्रष्टाचारी भएसम्म जनताहरुले सुख शान्तिले जीउन सकिंदैन भन्नुहुँदै सांसद सुवालले ग्याँसको पाइप लाइन घर–घरमा पु¥याइदिन्छु भन्नु भन्दा पनि जनतालाई खानेपानी मात्र ब्यबस्थित गरिदिन सके सरकारले एउटा कदम चालेको प्रमाणित हुन्छ भन्नुभयो ।
मानिसले संस्कृतिको पालना गर्छ र जनावरले संस्कृतिको पालना गर्दैन भन्नुहुँदै सांसद सुवालले बिस्केट जात्रालाई उत्साजनकरुपमा मनाई ७७ जिल्लाका सांसदहरुलाई जात्रा हेर्न उत्प्रेरित गर्न सन्देश जानेगरी विस्केट जात्रा मनाउनु पर्ने र जात्रा बिथोल्न प्रयत्न गर्नेलाई प्रशासनमा बुझाउन सहयोग गर्नुपर्छ भन्नुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण प्रसाद पोखरेलले सहकारीले गरिबी निर्वाणको लागि सहयोग मिलेको र सहकारीको महत्वबारेमा चर्चा गर्दै उहाँले सहकारीमा पनि पारदर्शिता चाहिन्छ र गैर कानूनीरुपमा काम गर्ने सहकारी र सहकारीकर्मीलाई कार्यवाही गर्नुपर्छ भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजूले सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर जिल्ला सहकारी संघ लि.का अध्यक्ष महेस श्रेष्ठ, आयोजक संघका उपाध्यक्ष हरि बल्ल, सचिब जगनाथ प्रजापति र निवर्तमान अध्यक्ष राद्येश्याम सुवालले कार्यक्रमको औचित्यबारेमा बताउनुभयो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरु, जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का हरि नेपाल, जिल्ला कृषि सहकारी संघ लि.का उपाध्यक्ष सुनिष लागेजू र जिल्ला वहुउद्देश्यीय सहकारी संघ लि.का अध्यक्ष सानुमान लामाको उपस्थिति थियो ।
६१औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सूर्यविनायक चोकवाट शुरु भएको ¥यालीमा ३८ वटा, कमलविनायक चोकबाट शुरु भएको ¥यालीमा ३९ वटा र दूघपाटीबाट शुरु भएको ¥यालीमा ४७ वटा गरी जम्मा १२४ वटा सहकारी संस्थाहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *