विद्यार्थीलाई देश र जनताप्रति समर्पित बनाउन शिक्षकहरू सक्रिय र योग्य हुनुपर्ने
- आश्विन २५, २०८२
काठमाडौँ, २३ साउन । प्रतिनिधिसभाको अर्थ व्यवस्था समितिमा शुक्रबार वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ बारे छलफल भयो ।
विधेयकमा संशोधन पेस गर्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोभियत सङ्घ स्थापनाको १८–२० वर्षमा रुस संसारको दोस्रो अर्थतन्त्र बन्न सफल भएको उल्लेख गर्नुभयो ।
“नेपालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएको ३५ वर्ष, गणतन्त्र स्थापना भएको २० वर्ष र संविधान जारी भएको १० वर्ष भयो । यो अवधिमा नेपाल सरकारहरूले सार्वजनिक ऋण २६ खर्ब ३० अर्ब पु¥यायो भने चालु आवको अन्तसम्म २९ खर्ब ४२ अर्ब पुग्नेछ । करोडौँ युवालाई वैदेशिक रोजगारीमा पठाउने र दाल, चामल, तरकारी, फलफूलसमेत भारतबाट खरिद गराइनु देशघाती काम हो ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले थप्नुभयो, “राज्यले उद्योग–व्यापार गर्न नहुने नीति खोटो हो । संविधानको समाजवादउन्मुख व्यवस्थाअनुसार समाजवादी प्रजातन्त्रलाई प्रवद्र्धन गर्नु जरूरी छ । केही शोषकहरूको हातमा सम्पत्ति कब्जा हुने र उनीहरूकै आर्थिक सहयोगमा निर्वाचनमा जित्ने बन्दोबस्त अन्त्य हुनुपर्दछ ।”
चीनजस्तो विशाल जनसङ्ख्या र ठुलो उद्योगको सम्भावना भएको देशमा ठुला–साना दुवै उद्योगलाई सँगसँगै लाने नीति लिइएको उल्लेख गर्दै सांसद सुवालले नेपालमा बाँसको सामान उत्पादनलाई लिएर जनता काठमाडौँमा आमरण अनसन बस्दा पनि सरकारको चासो नभएको बताउनुभयो ।
विधेयकमा छलफल औपचारिकमात्र भएको, संसद्मा ३ मिनेट र समितिमा पनि ३ मिनेटको समय बोल्न दिनु अपर्याप्त भएको उल्लेख गर्दै सांसद सुवालले संसद्मा २७५ सांसदमध्ये ७०–८० जनामात्र बैठकमा बस्ने व्यवस्थातर्फ सरकारमा गएका दलहरूको चासो नगएको बताउनुभयो ।
Leave a Reply