जारशाही संसद्मा बोल्शेभिक सांसद
- कार्तिक १९, २०८२

काठमाडौँ उपत्यका नेपालको राजनैतिक राजधानीका साथै सांस्कृतिक राजधानी पनि हो । काठमाडौँ उपत्यकाका आदिवासी जनजाति नेवार समुदायले वर्षैभरि मनाउने विभिन्न जात्रा, पर्व, पूजाआजा, संस्कार र संस्कृति यहाँका सांस्कृतिक वैभवहरू हुन् । उपत्यकाको भौगोलिक बनावट तथा मलिलो माटोमा आधारित कृषि पेसासँग र हिन्दू तथा बौद्ध दर्शनसँग सम्बन्धित जात्रा पर्व तथा यससँग सम्बन्धित नाचगान, बाजागाजा र पूजाआजा यहाँका अमूर्त सम्पदाहरू हुन् । काठमाडौँ उपत्यकाभरि छरिएर रहेका मठ—मन्दिर, देवालय—शिवालय, वहा—वही, द्यःछेँ—आगम छेँ, पिठ, सत्तल, पाटी, ढुङ्गेधारा, इनार, पोखरी, कुवा, चोक, डबली, साँघुरा गल्ली र खुला सडक तथा निजी घरहरू यहाँका मूर्त सम्पदाहरू हुन् । यी मूर्त र अमूर्त सम्पदाहरूसँगसँगै नेवार समुदायमा जन्मदेखि मृत्युसम्म गरिने विभिन्न संस्कार, पूजा, पर्व र समारोहहरू पनि काठमाडौँ उपत्यकाको एउटा महत्वपूर्ण सांस्कृतिक विशेषता हो । संस्कारजन्य सांस्कृतिक गतिविधिलाई सामान्यतया आन्तरिक संस्कृतिको रूपमा लिइए तापनि धेरै संस्कारहरू सार्वजनिकरूपमा पनि मनाउने व्यवस्था भएको पाइन्छ । यी संस्कारहरूलाई सामान्यतया जीवन र मृत्युसँग सम्बन्धित संस्कारको रूपमा छुट्याउन सकिन्छ ।
मचाबु ब्यङ्केगु (न्वारन), मचा चिपं थिकेगु (पास्नी) नेदाँ पुन्ही (२ वर्षको जन्मदिन), पेदा पुन्ही (४ वर्षको जन्मदिन), इही (बेल विवाह), कय्ता पूजा (व्रतबन्ध), बा¥हा तयेगु (गुफा राख्ने), इहीपा (विवाह), जंको (भीमरथारोहण) लगायतका संस्कारहरू मानिस जीवित छँदै नेवार समुदायमा गरिने जीवनसँग सम्बन्धित संस्कारहरू हुन् । मानिसको मृत्युपश्चात् गरिने सिथाय् यंकेगु (मलामी लाने), दाहसंस्कार, लोक्च (लोकाचार), ङानुमा वा न्हेनुमा (पाँच दिन वा सात दिनको संस्कार), दुबेङ्केगु (चोख्याउने), पाखाजा तयेगु (घरको पाखामा मृतकलाई खाना राख्ने), स्वनचा तयेगु (भ¥याङ राख्ने), स्वंमो ल्होय्गु (शुद्ध पानीले चोख्याउने), ल्हा पानेगु/घसु (हात चोख्याउने/घर शुद्ध), १३ दिन/लत्या (१३ दिन वा ४५ दिनको श्राद्ध), सापारु (मृतकका नाउँमा गाई घुमाउने), जलदान (प्रत्येक दिन वा महिनामा शिवलिङमा जलदान), खुला (६ महिनाको श्राद्ध), दाकिला (१ वर्षको श्राद्ध), न्येदाया तिथि (२ वर्षको श्राद्ध) तथा हानेम श्राद्ध, सो¥ह श्राद्धलगायतका विभिन्न श्राद्धहरू मृत्तकप्रति देखाउने श्रद्धा र मृत्युसँग सम्बन्धित संस्कारहरू हुन् ।
काठमाडौँ उपत्यकाका नेवारहरूको सांस्कृतिक चाडपर्वहरू सामान्यतया चन्द्र तिथिसँग सम्बन्धित हुन्छ भने केही विकल्पको रूपमा सौर्य तिथिसँग पनि सम्बन्धित जात्रा पर्वहरू रहेको पाइन्छ । गठामुग च¥हे (घण्टाकर्ण चतुर्दशी) बाट सुरु भई भलभल अष्टमीसम्म सञ्चालन हुने काठमाडौँ उपत्यकाका चाडपर्वहरू यहाँका स्थानीय नेवारहरूको परम्परागत पेसा कृषिसँग प्रत्यक्ष र परोक्षरूपमा जोडिएको पाइन्छ । काठमाडौँ उपत्यकाको मुख्य बालीको रूपमा रहेको धान रोप्ने मौसम सकिएपछि नेवारहरूको जात्रा पर्वमध्येको पहिलो जात्रा गठामुग च¥हे सुरु हुन्छ । त्यससँगसँगै धानबाली कार्यको बिच बिचको फुर्सदको समयमा प्रत्येक १५/१५ दिनमा एउटा/एउटा चाडपर्व हुँदै भलभल अष्टमीसम्म वा धान रोप्नको लागि बीउ राख्ने समय आरम्भ भएपछि जात्रा पर्व सम्पन्न हुन्छ । काठमाडौँ उपत्यकाका नेवारहरूले मनाउने मुख्य मुख्य चाडपर्वहरूमध्ये गठामुग चह्रे, नाग पञ्चमी, गुन्हीपुन्ही, सापारु, कृष्णाष्टमी, गुँलाधर्म, च्वथा, बौयागु ख्व स्वयेगु, पञ्जाराँ च¥हे, यन्यापुन्ही, सो¥ह श्राद्ध, नला स्वाँनेगु, मोहनी, स्वन्ती, सकिमाङा पुन्ही, योमारी पुन्ही, छ्याला पुन्ही, घ्यो चाकु सङ्क्रान्ति, ङालाकेगु, श्रीपञ्चमी, शिवरात्रि, होलि पुन्ही, बिस्का जात्रा, माँ यागु ख्व स्वयेगु, दिगुपूजा, सिठिनखा, बुङ्गद्यो÷करुणामय जात्रा (रातो मछिन्द्रनाथको जात्रा) भलभल अष्टमीलगायतका रहेका छन् । यी सबै जात्रा र पर्वहरू कृषि पेसाबाट फुर्सद मिल्ने समयमा मनाउने गरी व्यवस्था गरेको यसको अध्ययनबाट बुझिन्छ ।![]()
यी जात्रा र पर्वहरूमा प्रयोग हुने सामग्री र परिकारहरू पनि अधिकांश कृषि उत्पादनसँग नै सम्बन्धित रहेको यसको अध्ययनले देखाउँछ । जस्तै गठामुग चह्रेमा प्रयोग हुने नर्कट, छ्वाली, पराल, गुन्हीपुन्हीमा प्रयोग हुने बाँस, लु (परालको एकसरो डोरी), कमलको पात र फूल÷च्वथामा प्रयोग हुने अदुवाको बोट, विभिन्न गेडागुडी, बस्पती (आरुको बियाँ), बिमिरो, काँक्रोपञ्जाराँ चह्रेमा प्रयोग हुने सारां (कर्कलोको अचार), नला स्वाँनेगु/मोहनीमा प्रयोग हुने जौ, मकै, गहुँ, उखु, अदुवा, ओखर/स्वन्तीमा प्रयोग हुने मखमली फूल, सयपत्री फूल, ओखर, केरा, अम्बा, बिमिरो, भोगटे, नासपाती, हल्वावेटलगायत विभिन्न फलफूलहरू/सकिमाङा पुन्हीमा प्रयोग हुने सकी (पिंडालु), चाकुही (सखरखण्ड), मकै, भटमास, गहुँ, बदाम, ताय्यो/मारी पुन्हीमा प्रयोग हुने चामलको पिठो, चाकु, तील/घ्यो चाकु सङ्क्रान्तिमा प्रयोग हुने घ्यु, चाकु, तरुल, चम्सुर—पालुङ्गो, लसुन, कच (केराउको सँग)÷दिगुपूजामा प्रयोग हुने मूँ स्वाँ (बाबरी फूल)/सिठि नखामा प्रयोग हुने चामलको पिठो, केराउ, मुगी, मास आदि सबै कृषि उत्पादनसँग सम्बन्धित रहेको छ । भक्तपुरका किसानहरूले प्रत्येक वर्ष धान रोपाईँ सकिएपछि सिन्हाज्या ब्येङ्केगु (रोपाईँ चोख्याउने) गर्दै आएको छ । सिन्हाज्या ब्येङ्केगु गर्ने क्रममा यहाँका किसानहरूले जुठो वा सुतक परेको बेलामा जस्तै पूरै घर सफा गरी लिप्ने, भाँडाकुँडा र कपडाहरू चोख्याउने र सबै परिवारजनले नुहाइधुवाइ गरी चोख्याउने गरिन्छ । उक्त दिन एक छाक भातसमेत नखाई अन्य खानेकुरा खाएर चोख्याउने संस्कार पूर्णरूपमा पालना गरिन्छ । यसरी यहाँका किसानहरूले कृषि पेसालाई विशेष महत्वका साथ आफ्नो सांस्कृतिक गतिविधिसँग जोडेर अभ्यास गर्दै आएका छन् । यसर्थ, काठमाडौँ उपत्यकाका नेवारहरूले मनाउने सबै जात्रा पर्वहरू कृषि पेसा र उत्पादनसँग प्रत्यक्ष र परोक्षरूपमा जोडिएको छ भन्न सकिन्छ ।
काठमाडौँ उपत्यकाका तीन सहरहरू भक्तपुर, काठमाडौँ र पाटनमा एउटा/एउटा मुख्य जात्रा रहेको पाइन्छ । बिस्का जात्रा भक्तपुरको मुख्य जात्रा हो भने, काठमाडौँको येंया जात्रा (इन्द्रजात्रा) र पाटनको बुङ्द्यो जात्रा (रातो मछिन्द्रनाथको जात्रा) मुख्य जात्राहरू हुन् । भक्तपुरको विभिन्न जात्रा र पर्वहरूमध्ये गुन्हीपुन्ही सापारु पर्व एउटा महत्वपूर्ण पर्वको रूपमा रहेको छ ।
गुन्हीपुन्हीदेखि कृष्ण जन्माष्टमीसम्म सञ्चालन हुने गुन्हीपुन्ही सापारु पर्वमा प्रस्तुत गरिने परम्परागत सांस्कृतिक
प्रस्तुतिहरूको लागि विश्व प्रसिद्ध रहेको छ । मुख्यतया यहाँका बाजागाजा गीत, सङ्गीत, नृत्य र कला प्रस्तुतिको लागि गुन्हीपुन्ही सापारु प्रख्यात छ । गुन्हीपुन्हीदेखि सुरु हुने घिन्ताङघिसी कृष्णाष्टमीसम्म नै दैनिकजसो विभिन्न व्यङ्ग्यात्मक प्रस्तुतिसहित हास्यव्यङ्ग्य र प्रतीकसहित प्रदर्शन भइरहन्छ । सापारुका दिन बिहान सबेरैदेखि अघिल्लो गाईजात्रापछि वर्षभरि मृत्यु भएका मृतक परिवारबाट विभिन्न स्वरूप र प्रकारमा गाईको प्रतीक बनाई नगरको प्रदक्षिणा मार्ग परिक्रमा गराउने प्रचलन छ । सो क्रममा टोल टोलमा रहेका विभिन्न सांस्कृतिक समूहरूबाट घिन्ताङघिसी र वाद्यवादन, रामायण र भजन, माक प्याखँ र लाखे प्याखँसहित गाईको प्रतीक सांस्कृतिक समूह प्रदक्षिणा मार्ग घुम्ने गरिन्छ । यसका साथै विभिन्न किसिमका व्यङ्ग्यात्मक ख्याल (एकाङ्की नाटक) र अन्य व्यङ्ग्यात्मक घिन्ताघिसीसमेत टोल टोलबाट व्यवस्था गरी नगर परिक्रमा गराउने गरिन्छ । गुन्हीपुन्ही सापारुदेखि कृष्णाष्टमीसम्म प्रदर्शन गरिने विभिन्न सांस्कृतिक प्रदर्शनीहरूमध्ये भैल प्याखँ, देवी प्याखँ, माक प्याखँ, लाखे प्याखँ, कवांचा प्याखँ, म्हेखा प्याखँ, ख्या प्याखँ, जङ्गली प्याखँ, गाइँचा प्याखँ, हनुमान प्याखँ, सलां प्याखँ, लुसी प्याखँ, फाकंदली प्याखँ, गरुड प्याखँ, दैत्य प्याखँ, ङा प्याखँ, किजापूजा प्याखँ, खिचा प्याखँ, भालु प्याखँ, कलाँली प्याखँ, नागाचा प्याखँ आदि महत्वपूर्ण सांस्कृतिक प्रदर्शनीहरू हुन् । यी प्याखँहरूमा प्रयोग हुने विभिन्न बाजागाजा र वाद्यवादनका सामग्री गीत सङ्गीत यसको अर्को महत्वपूर्ण पक्ष हो । यी सांस्कृतिक प्रदर्शनीहरूले गुन्हीपुन्ही सापारुलाई भक्तपुरको महत्वपूर्ण पर्वको रूपमा मात्र स्थापित नगरी नगरको सांस्कृतिक वैभवतालाई समेत उजागर गरेको छ । विद्वान जगदीश शमशेर राणाले भक्तपुरलाई नाचगानको राजधानी त्यसै भनेका थिएनन् ।
गुन्हीपुन्ही सापारुमा विभिन्न किसिमका सांस्कृतिक प्रदर्शनी र गतिविधि सञ्चालन हुने भए तापनि यसको महत्वपूर्ण पक्ष साँ चाहिकेगु (गाईको प्रतीक नगर परिक्रमा गर्ने) नै हो । अघिल्लो गुन्हीपुन्हीदेखि पछिल्लो गुन्हीपुन्हीसम्म मृत्यु भएका मृतक परिवारले आफ्नो गक्ष्यअनुसार गाईको प्रतीक बनाई नगर परिक्रमा गर्ने संस्कार सापारु हो । परम्परागतरूपमा साना साना केटाकेटी मृत्यु भएमा डोकोमा गाईको प्रतीक बनाई नगर परिक्रमा गराउने र ठूलो वयष्क पुरुष वा महिला मृत्यु भएमा ताहामचा (बाँसको गाईको प्रतीक) बनाई नगर परिक्रमा गर्ने प्रचलन रहेको पाइन्छ । डोकोको गाई बनाउँदा डोकोको माथिल्लो भागमा गाईको हस्तलिखित चित्र टाँस्ने र डोकोलाई केटा वा केटी छुट्टिने गरी कपडाले सिङ्गार्ने गरिन्छ । आजभोलि मृतकको तस्बिर समेत उक्त गाईको प्रतीकमा टाँसेर नगर परिक्रमा गर्ने प्रचलन सुरु भएको छ । त्यस्तै वयष्क मृत्तक पुरुष वा महिलाको गाई बनाउँदा लगभग १५ फिटको ४ ओटा बाँसलाई परालको एकसरो बुनेको डोरी (लु) ले बाँधेर माथिपट्टि गाईको हस्तलिखित चित्र टाँसी बाँसको संरचनालाई मृतक पुरुष वा महिला छुट्याउने गरी कपडाले सिङ्गारेर ताहासाँ÷ताहामचा तयार गरिन्छ । यसरी गाईको प्रतीक तयार गर्दा डोकोको गाई घुमाउँदा डोको भित्र टाउको घुसाई नगर परिक्रमा गरिन्छ भने ताहामचा नगर परिक्रमा गर्न बाँसको संरचनाको ३० इन्ची जति माथि बोक्न मिल्ने गरी ४ तिर नोल निकाली उक्त नोल चारजनाले बोकी गाईको प्रतीक ताहासाँ नगर परिक्रमा गरिन्छ । यसरी परम्परागत रूपमा गाईको प्रतीक ताहासाँ वा डोकचा साँ तयार पार्दा मुख्य रूपमा डोको, बाँस, पराल, कपडा, हस्तलिखित गाईको चित्र, कमलको पात, परालले बनेको गाईको सिङलगायत अन्य श्रृङ्गार सामग्रीहरू प्रयोग भएको पाइन्छ । यसले सापारु संस्कार आधुनिक प्रविधि, सामग्री र उपकरण उपलब्ध हुनुभन्दा धेरै अगाडिदेखि नै प्रचलनमा रहेको पुष्टि गर्छ ।
गुन्हीपुन्ही सापारुको विषयमा मल्लकालीन विभिन्न कथाहरू नेवार समुदायमा हालसम्म पनि प्रचलित छ । तर, गुन्हीपुन्हीको साँचा निर्माण विधि प्रक्रिया र सामग्रीहरूको अध्ययन गर्दा यो पर्व मल्लकालभन्दा धेरै अगाडिदेखि नै प्रचलनमा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ । जुन इतिहास र संस्कृतिका विद्यार्थीहरूका लागि अध्ययनको विषय हो ।
काठमाडौँ उपत्यकाका नेवारहरूले ऐतिहासिक कालदेखि अवलम्बन गर्दै आएका मुख्य धार्मिक आस्थाहरू हिन्दू र बौद्ध नै हो । हिन्दू दर्शनअनुसार मानिस आत्मा र शरीरको संयुक्त स्वरूप हो । शरीर नासवान र पञ्च तत्वले (जल, पृथ्वी, वायु, अग्नि, आकाश) बनेको हुन्छ भने आत्मा अमर हुन्छ । यही दर्शनअनुसार हिन्दूहरूले आफ्नो प्रिय परिवारजनको मृत्युपश्चात् विभिन्न मृत्यु संस्कार सम्पन्न गरेको हुन्छ । यसैमध्ये सापारु पनि मृत्युसँग जोडिएको एउटा संस्कार हो । जसअनुसार मृतकको मृत्युपछि उसको आत्मा यस पृथ्वीलोकमा नै डुलिरहेको हुन्छ ।
सापारुका दिन मृतकका परिवारजनबाट बिहानैदेखि गाईको प्रतीक बनाउन आवश्यक सामग्री व्यवस्था गरी गाई निर्माण कार्य सम्पन्न गरिसकेपछि यसको संस्कार आरम्भ गरिन्छ । आफ्नो पारिवारिक पुरोहित बोलाई गाईको चित्र, दान गर्ने वस्तु र अन्य पूजा सामग्री व्यवस्था गरी सङ्कल्प गरिन्छ । जसलाई संस्कृत भाषामा वृषोत्सर्ग भनिन्छ । सापारुमा मृतक परिवारबाट दही चिउराका साथै भिजाएको सानो केराउ, नासपाती र काँक्रो अनिवार्यरूपमा दान गरिन्छ भने आजभोलि विभिन्न मिठाइ, बिस्कुट, पेय पदार्थ, पानीलगायतका विभिन्न खाद्य र पेय सामग्रीहरू दान गर्ने गरिन्छ । बाहुनबाट दान गरिने र पूजा गरिने सामग्री सङ्कल्प गराइसकेपछि जुन मृतकको गाई परिक्रमा गराउने हो उक्त मृतकको न्हेनुमा पकाउने (सात दिनमा दान गरिने परिकार पकाउने) छोरीबेटीबाट गाईलाई सगुन दिई पूजा गरिन्छ । यसरी सगुन दिई पूजा गरी गाईलाई नगर परिक्रमाको लागि बिदाइ गर्दा घरका अन्य आइमाई परिवारजन रोएर गाईलाई बिदा गरिन्छ ।
गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजयपश्चात् काठमाडौँलाई नेपालको राजधानी र नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा स्थापित गरेको थियो । यसले काठमाडौँको मौलिक संस्कृति, स्थान, नामथरलगायतका विभिन्न क्षेत्रमा पनि भाषिक प्रभाव परेको देखिन्छ । यहाँका नेवारका थरहरू हालसम्म पनि बोलिचालीमा एउटा र सरकारी कामकाजमा अर्को प्रयोग भइरहेको हामी सबैले महसुस गरेकै हो । त्यस्तै काठमाडौँ उपत्यका विभिन्न स्थानको नेवारी मौलिक नामहरूलाई गैरनेवारी भाषाका नामहरूले विस्थापित गर्ने चलन सुरु भएको छ । त्यस्तै हाम्रा चाडपर्व, जात्रा, संस्कार र संस्कृतिको मौलिक नेवारी नामहरूलाई पनि विस्तारै नेपालीकरण भएको छ । बिस्का जात्रालाई बिस्केट जात्रा, मोहनीलाई दसैं, स्वन्तीलाई तिहार, गठामुग च¥हेलाई घण्टाकर्ण चतुर्दशी, यन्या पुन्हीलाई इन्द्रजात्रा, बुँगद्यो जात्रालाई रातो मछिन्द्रनाथको जात्रा, घ्यो चाकु सङ्क्रान्तिलाई माघे सङ्क्रान्ति, च्वठालाई गणेश चतुर्थीलगायत आदि हाम्रा सांस्कृतिक चाडपर्वहरूलाई नेपालीकरण गरेका केही उदाहरणहरू हुन् । त्यस्तै हाम्रा स्थानहरूको मौलिक नामहरू यातु गणेद्यःलाई कमलविनायक, इनारे गणेद्यःलाई सूर्यविनायक, हाकुफो हिटीलाई कालोधारा, लाँचा फल्चालाई भत्क्या पाटी, भुलांचालाई पल्पसा बस्ती, बंलाक्वेलाई सूर्यविनायक आदि नामकरण पनि स्थानीय मौलिक ठाउँको नाउँलाई अमिल्दो नेपालीकरणका उदाहरणहरू हुन् । यसरी नै गुन्हीपुन्ही सापारुलाई पनि धेरै पहिलेदेखि अमिल्दो किसिमले गाईजात्रा भन्दै नेपालीकरण गरेको देखिन्छ । सामान्यतया जात्रा खुसियाली र देवीदेवताको पूजाआजासँग सम्बन्धित हुन्छ । मृत्यु संस्कारसँग जोडिएका विभिन्न विधि र प्रक्रियालाई जात्रा भनिँदैन तर सापारु गुन्हीपुन्हीमा प्रस्तुत गरिने विभिन्न सांस्कृतिक प्रदर्शनी र नाचगानलाई मात्र हेरेर यसको मूल संस्कारलाई नबुझिकन गाईजात्राभन्दा यसको मौलिकताको अवमूल्यन भएको महसुस हुन्छ ।
Leave a Reply