भर्खरै :

“नेता र मन्त्रीहरूको कुकर्मले आज नयाँ पुस्ताले पुरानो पुस्तालाई घृणा गर्दै गरेको प्रस्ट छ”

“नेता र मन्त्रीहरूको कुकर्मले आज नयाँ पुस्ताले पुरानो पुस्तालाई घृणा गर्दै गरेको प्रस्ट छ”

आदरणीय कामरेड बुबा हजुर
जनकपुरधाम
सादर प्रमाण !
एक हप्तादेखि बुबाको पत्रको उत्तर पर्खिरहेँ । बुबाबाट पठाइने शिक्षाप्रद उत्तरसहितको पत्र समयमा नपाउँदा पुनः मैले हजुरलाई सम्झेँ । अहिले त ‘पत्र मञ्जुषा’ वा (लेटर बक्स) खोजेर हिँड्नुपर्दैन† हुलाकको ‘पोस्टम्यान’ लाई पर्खिरहनुपर्दैन र घरमै रहेको कम्प्युटरबाटै यसो ‘क्लिक’ भएपछि म पाइहाल्थेँ ।
बुबा हजुर, हाम्रो देश हिमाल, पहाड र तराईको भूगोलले सजिएको देश हो । हाम्रो देश मधेसी र पहाडी, पूर्वेली र पश्चिमी जात–जाति, कला र संस्कृति, भाषाभाषीबाट श्रृङ्गारित छ । तराईमा पानी नपर्दा किसान जनता काकाकुल भई छटपटिएका छन् तर बुबा हजुरले प्रधानमन्त्रीको ५० वटा ट्युववेल (चापाकल) जस्तो म्याद नाघेको औषधिजस्तो ‘अज्ञानी’ अभिव्यक्तिको खण्डन गरेर तत्कालै सम्भावित ठाउँमा पोखरी र बाढीबाट दुःख दिइरहेका नदीबाट ठुलठुला नदीमा पानी पठाउने सद्बुद्धि नेपालीमा नआएको सम्झना गराउनुभएन । यसको प्रधानमन्त्रीबाट उल्टो जवाफ आउन सक्थ्यो – टाउको दुखेको औषधि नाइटोामा भनी । बुबा हजुरले स्पष्ट पार्न सक्नुहुन्थ्यो – दक्षिण चीनको नदीको पानी उत्तर चीनमा कसरी पु¥यायो भन्ने प्रसङ्ग उप्काउनु समयोचित हुने थियो ।
बुबा हजुर, तराईले मन्त्री र प्रधानमन्त्री पद पाइएन भनी छिमेकी गुहार्ने क्षेत्रीय र जातीय साम्प्रदायिकतामा मात्रै ध्यान दिँदा अन्य पार्टीका नेताहरूले समेत खिसीटिउरी गर्दै छन् । केही मेरै साथीहरूले मलाई प्रस्ट भाषामा भन्ने गर्छन् – “खोइ, तपाईंंको बुबामा राष्ट्रिय भावना र अन्तर्राष्ट्रिय चेतको विकास कहिले पलाउने भनी ?” तर म लज्जित छु, बुबा हजुरका साथीहरू मन्त्रीको पदग्रहण गरेकै हप्ता दिन नै भएको हुँदैन† ‘भ्रष्टाचार’का काण्डहरूमा मुछिएका समाचारहरू अखबारहरूमा पढ्न पाउँछौँ । “के मन्त्री हुनु भनेकै भ्रष्टाचार, नातावाद र अनियमितताको अर्को नाम हो ? बुबा हजुर, के हजुरहरूले आफ्ना नेता र कार्यकर्ताहरूलाई राजनीतिक कार्यकर्ताको कर्तव्य र नैतिकताबारे कहिले कक्षा सञ्चालन गर्नुहुन्न ?” मेरा साथीहरूको यस्ता प्रश्नहरूले म र मजस्ता नेताका छोराछोरीहरू बरोबर लज्जित हुन बाध्य छौँ ।
बुबा हजुरले केही वर्षअगाडि मेरा प्रश्नहरूको ठीक ठीक उत्तर दिनुभन्दा एकचोटि मलाई झर्केर हप्काउनुभएको याद छ – “तिमीलाई विदेशमा छात्रवृत्तिमा पठाउँछु भन्दा तिमी तर्केर जान मानिनौ, मैले के गर्ने तिमीलाई ? खाली गुनासोका चाङ लिएर आउने, सबैको समस्याको समाधान गर्ने मैले ठेक्का लिएको हुँ र ?”
त्यो दिन बुबा हजुरलाई बढी चिन्ता हुने र रक्तचाप बढ्ने पिरले म आदरका साथ झुकेर कोठाबाट निस्केको थिएँ । २–४ दिनपछि, बुबा हजुरको खुसीको दिनमा बुबासमक्ष बडो नम्रतापूर्वक राखेको थिएँ – “यदि मैले सबै नेताका छोराछोरीहरूसँगै मित्र देशहरूको छात्रवृत्तिमा गएको भए डाक्टर, इन्जिनियर र अनेक पदहरूमा बसेको वर्षौँवर्षसम्म मलाई साथीहरूले भने थिए – ‘कामरेड, कस्तो लाग्यो त सहिदका छोराछोरीहरूका सीटमा छात्रवृत्तिमा पुग्दा ?!’ बुबा हजुर म बारम्बार लज्जित भएर मेरो व्यक्तित्वमा कहिल्यै नमेटिने कालो दाग साबित हुन्थ्यो ।”
त्यतिमात्रै होइन बुबा हजुर, हाम्रै दौतरी दलले आफ्ना सयौँ होइन हजारौँ विद्यार्थीलाई विदेशमा छात्रवृत्तिमा पठाएर पनि त्यो दल आज देशको राजनीतिक मञ्चमा ‘शून्य’ मा बिलायो । धेरै नेताहरू त्यस दलबाट मन्त्री र राजदूतहरू बने । खोइ त परिणाम ? हरेक छात्रछात्रालाई अभिभावकले करोडौँ रूपैयाँ खर्च गरेर, परीक्षाका प्रश्नपत्रहरू किनेर पहिलो र विशेष दर्जाको परीक्षाफल निकालेर छात्रवृत्तिमा पठाउने होइन, बरू आ–आफ्नै बलबुत्तामा मेहनत गराएर स्वतन्त्र र शुद्ध परीक्षामा राम्रो नतिजाको फल प्राप्त गर्न दिनुपथ्र्यो । ‘नक्कल’ गरेर वा ‘प्रश्नपत्रहरू’ किनेर माथिल्लो डिभिजन ल्याई छात्रवृत्तिबाट फर्केकाहरू अधिकांश अयोग्य र भ्रष्टाचारी हुने निष्पक्ष जाँचबुझ भएमा साबित हुनेछ ।
कामरेड बुबा हजुर, एक एक नेता र मन्त्रीहरूको कुकर्मले आज नयाँ पुस्ताले पुरानो पुस्तालाई घृणा गर्दै गरेको प्रस्ट छ । गृहमन्त्री बनेका नेताहरूले परीक्षामा ‘नक्कल गर्न देऊ’ भनी परीक्षा निरीक्षकहरूलाई आदेश दिन्छन् । त्यस्ता नेताहरू लाजै नमानी टाउको उठाएर ‘प्रधानमन्त्री’ को दाबी गर्दै छन् !
बुबा हजुर, त्यस्ता नेताहरू सरकारमा रहेसम्म हाम्रो देशको मुहार उज्यालो हुनेछैन भन्ने मेरो ठम्याइ छ । बुबा हजुरले पत्रबाटै मेरो ‘अर्घेल्याइँ’ को उत्तर पाएमा अभारी हुने थिएँ । प्रणाम !
– छोरो
काठमाडौँ, २०८२/०४/२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *