भर्खरै :

आईएईएसँगको वार्ता ‘प्राविधिक’ र ‘जटिल’ हुने इरानको भनाइ

आईएईएसँगको वार्ता ‘प्राविधिक’ र ‘जटिल’ हुने इरानको भनाइ

तेहरान, २६ साउन (एपी) । इरान र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) बिचका वार्ताहरू ‘प्राविधिक’ र ‘जटिल’ हुने इरानको विदेश मन्त्रालयले सोमबार बताएको छ । गत महिना तेहरानले आईएईएसँग सम्बन्ध तोडेपछि पहिलोपटक आणविक निगरानी संस्थाको भ्रमण अगाडि यो भनाइ आएको हो ।
जून महिनामा इजरायल र अमेरिकाले १२ दिनको हवाई युद्ध छेडेपछि दुवै पक्षबिचको सम्बन्ध बिग्रियो । हवाई युद्धमा इरानका मुख्य आणविक सुविधाहरूमा बम वर्षा भयो । इजरायलले इरानमाथि हवाई आक्रमण गर्ने एक दिनअघि जून १२ मा आईएईए बोर्डले इरानले आफ्ना अप्रसार दायित्वहरू उल्लङ्घन गरेको भनेपछि युद्धलाई जन्म दियो ।
आईएईएले एजेन्सीका उपप्रमुखको भ्रमणका बारेमा तुरुन्त विज्ञप्ति जारी गरेको छैन । भ्रमणमा इरानी आणविक साइटहरूमा कुनै योजनाबद्ध पहुँच समावेश हुनेछैन ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले पत्रकारहरूलाई विदेशमन्त्री अब्बास अराघचीसँग बैठक हुनसक्ने उल्लेख गर्दै भन्नुभयो, “तर यी प्राविधिक वार्ता, जटिल वार्ताहरू भएकाले वार्ताको नतिजा के हुनेछ भनेर भविष्यवाणी गर्न अलि चाँडो हुनेछ ।”
बाघाईले इजरायलसँगको जून महिनाको युद्धको समयमा आईएईएको ‘अनौठो अवस्था’ को पनि आलोचना गर्नुभयो ।
यसअघि अराघचीले एजेन्सीसँगको सहयोग दुवै पक्षले कसरी सहयोग गर्छन् भन्ने कुराको पुनर्परिभाषाका बारेमा हुने बताउनुभएको थियो । एजेन्सीको सहयोगलाई अब इरानको सर्वोच्च सुरक्षा निकाय, सुप्रिम राष्ट्रिय सुरक्षा परिषद्ले अनुमोदन गर्नुपर्नेछ ।
यो निर्णयले सम्भवतः निरीक्षकहरूको तेहरानको कार्यक्रम ट्रयाक गर्ने क्षमतालाई थप सीमित गर्नेछ । इरानले युरेनियमलाई हतियार–ग्रेड स्तरको नजिक समृद्ध बनाउँदै आएको थियो ।
इजरायलले इरानसँग हवाई युद्ध छेड्दा अमेरिकाले तीनवटा प्रमुख इरानी आणविक साइटहरूमा बम वर्षा गरेपछि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले जुलाई ३ मा देशलाई आईएईएसँगको सहयोग स्थगित गर्न आदेश दिनुभएको थियो । इजरायली आक्रमणमा धेरै सैन्य कमान्डरसहित करिब एक हजार एक सय जनाको मृत्यु भएको थियो । इरानको जवाफी आक्रमणमा इजरायलमा २८ जनाको मृत्यु भएको थियो ।
पश्चिमसँग वार्तामा दबाबको रणनीतिका रूपमा इरानले विगतमा सीमित आईएईए निरीक्षण गराएको छ र आणविक कार्यक्रममा सम्झौताका लागि तेहरान र वासिङ्टनबिच कति चाँडो वार्ता पुनः सुरू हुन्छ भन्ने अस्पष्ट छ ।
अमेरिकी गुप्तचर एजेन्सीहरू र आईएइएले इरानले अन्तिमपटक सन् २००३ मा एक सङ्गठित आणविक हतियार कार्यक्रम राखेको अनुमान गरेका थिए । यद्यपि, तेहरानले ६० प्रतिशतसम्म युरेनियम संवर्धन गरिरहेको थियो । यो स्तर भनेको हतियार–ग्रेड स्तर ९० प्रतिशतबाट छोटो र प्राविधिक कदम टाढा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *