युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
क्रान्तिकारी पार्टीहरूसित अन्तर्राष्ट्रवादी एकता र सम्बद्धता सुदृढ पार्नु हाम्रो पार्टीको आफ्नो राष्ट्रिय र अन्तर्राष्ट्रिय कर्तव्यहरू पूरा गर्ने काममा एउटा जरूरी माग हो ।
क्रान्तिकारी पार्टीको आधारभूत अभिभारा आम जन–समूहका लागि स्वाधीनता दिने हो । आम जनताको स्वाधीनताको हेतु राष्ट्रियमात्र होइन मानव जातिकै साझा हेतु हो र प्रत्येक देशमा आम जनताको स्वाधीनता साकार पार्न गरिने सङ्घर्षको सम्पूर्ण विश्वलाई स्वाधीन पार्ने सङ्घर्षसित निकट सम्बन्ध हुन्छ । स्वाधीन विश्व भन्नु त्यस्तो विश्व हो जुन आधिपत्य र प्रभुत्व तथा हस्तक्षेप र दबाबबाट मुक्त छ र जहाँ सबै मुलुक र राष्ट्रहरू आफ्नो भाग्यको मालिकका रूपमा पूर्ण सार्वभौमिकता चलाउँछन् । विश्व स्वाधीनताको वृद्धिले सबै मुलुकहरू र राष्ट्रहरूको स्वाधीन विकासको लागि अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना हुन्छ । त्यसैबिच प्रत्येक मुलुकको आम जनताको स्वाधीनताको निम्ति सङ्घर्षमा विजयले विश्वका स्वाधीन शक्तिहरूलाई सुदृढ पार्दछ र यसरी विश्व स्वाधीनतालाई अगाडि बढाउँछ । साम्राज्यवादीहरू र सबै प्रकारका प्रतिक्रियावादी शक्तिहरू परस्पर मिलेर श्रम जन–समूहको स्वाधीनताको हेतु पूरा हुनमा रोक लगाइरहेछन् र अन्तर्राष्ट्रिय स्तरमा एकगठ भएका प्रतिक्रियावादी शक्तिहरूले त्यस हेतुलाई चुनौती दिइरहेका छन् । यसले गर्दा स्वाधीनताको आकाङ्क्षा लिइरहेका सबै क्रान्तिकारी पार्टीहरू र जनता एकगठ भएर उनीहरूको विरूद्ध लड्नु एकदम जरूरी छ ।
विश्वका जनताको स्वाधीनताको लागि सङ्घर्ष गर्ने उही साझा लक्ष्य र अभिभारा भएकोले साझा सङ्घर्षमा लागिरहेछन् । “स्वाधीनताका हिमायती विश्वका जनता, एक गठ होऊ !” – हाम्रो युगका सबै जनताले उठाउनुपर्ने नारा यही हो ।
स्वाधीनताका हिमायती सबै जनता एकगठ भएर सङ्घर्ष छेड्ने हो भने, सबभन्दा पहिले ती जनताका केन्द्रीय गुदोरूपी क्रान्तिकारी पार्टीहरूको अन्तर्राष्ट्रिय एकता र सम्बद्धता सुदृढ पार्नुपर्दछ ।
आम जनसमूहको स्वाधीनताको हेतु पूरा गर्ने काममा अन्तर्राष्ट्रवादी एकता र सम्बद्धता सुदृढ पार्नु यस हेतुको विजयको लागि जरूरी तत्व हो । यस हेतुको विजयको निम्ति सङ्घर्ष अहिले कठीन परीक्षणबाट गुज्रिरहेको छ । तर, विश्वका क्रान्तिकारी पार्टीहरूले परस्परको एकबद्धता सुदृढ पारेर तथा कामरेड भावनायुक्त रूपले एकगठ भएर लडे भने तिनीहरूले स्वाधीनताविरोधी साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूका प्रतिक्रान्तिका आक्रमणलाई रोक्न र विफल पार्न सक्दछन् र विजयको बाटो तयार गर्नसक्नेछन् ।
क्रान्तिकारी पार्टीहरूको एकता र सम्बद्धता समाजवादी आस्थाको आधारमा साकार पार्नुपर्दछ । समाजवादी विचारधारा नभएको क्रान्तिकारी पार्टी सोच्नै सकिँदैन र समाजवादी विचारधारामा आधारित नभएका पार्टीहरूबिचको एकता र सम्बद्धतालाई सच्चा क्रान्तिकारी एकता र सम्बद्धता भन्न सकिँदैन । अन्तर्राष्ट्रवादी एकता र सम्बद्धता सुदृढ पार्ने उद्देश्य आफ्नै लागि होइन, यो त संयुक्त प्रयत्नद्वारा समाजवादको साझा हेतु प्राप्त गर्नको लागि हो । समाजवादी आस्थाको आधारमा दरोसित एकगठ हुनु क्रान्तिकारी पार्टीहरूको परम कर्तव्य हो ।
प्योङयाङ घोषणापत्रले समाजवादको हेतुको रक्षा गर्ने र अभिवृद्धि गर्ने दृढ सङ्कल्प प्रतिबिम्बित गर्दछ । यस घोषणापत्रको प्रकाशन क्रान्तिकारी पार्टीहरूको अन्तर्राष्ट्रवादी एकता र सम्बद्धता सुदृढ पार्नमा र समाजवादी हेतुको अभिवृद्धिमा युगान्तकारी महत्वको छ ।
प्योङयाङ घोषणापत्रले के कुरा किटान गरेको छ भने समाजवाद मानव जातिको आदर्श हो र समाजवादी समाज नै मानव जातिको भविष्यको प्रतिनिधित्व गर्ने समाज र जनताका लागि सच्चा समाज हो । समाजवादी विचारधारा मजदुरवर्गको विचारधारा भए तापनि यसले एउटा वर्गको मात्र हितको प्रतिनिधित्व गर्ने होइन† समाजवादी विचारधारा भनेको त मानव प्राणीहरूको सामाजिक स्वभावको प्रतिबिम्ब गर्ने मानव जातिकै लागि सर्वव्यापी विचारधारा हो । समाजवाद वर्गीय मुक्तिको निम्ति विचारमात्र होइन, बरू सबै राष्ट्र र तमाम मानव जातिको स्वाधीनताको इच्छाको प्रतिबिम्ब गर्ने राष्ट्रिय मुक्ति र मानव मुक्तिको विचारधारा हो । आम जनसमूह नै सबथोकको मालिक हुने र सबथोकले आम जनताको सेवा गर्ने समाजवादको बाटोमा सबै जनता अगाडि बढेमात्र उनीहरूले मानव प्राणीहरूको स्वाधीन स्वभावलाई सुहाउने स्वतन्त्र, न्यायपूर्ण र मर्यादापूर्ण जीवन बिताउन पाउने छन् र सबै मुलुक र राष्ट्रहरूले आधिपत्य र प्रभुत्वबाट मुक्त हुनसक्छन्† स्वाधीन विकास प्राप्त गर्न सक्छन्; विश्वमा स्थायी शान्ति र सुरक्षा पक्का पार्न सक्छन् र यसरी मानव जातिको अस्तित्व जोगाउने र प्रगति गर्ने कुरा पक्का पार्न सक्छन् ।
समाजवादको हेतु सही र शक्तिशाली छ । यसको विजय अवश्यम्भावी छ भन्ने कुरा पुनः पुष्टि गरेर प्योङयाङ घोषणापत्रले स्वाधीनताको आकाङ्क्षा राख्ने विश्वका क्रान्तिकारी जनतालाई विजयमा विश्वास र क्रान्तिकारी जुझारू भावनाले ओतप्रोत पारेको छ । समाजवादको ‘अन्त’ भयो भनी कराउँदै पूर्णरूपले समाजवादविरोधी अभियान चलाइरहेका साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूलाई ठुलो हार खुवाएको छ ।
एक सयवटा भन्दा बढी पार्टीहरूले प्योङयाङ घोषणापत्रमा सही गरिसकेको र विश्वभरिका क्रान्तिकारी जनताले यसलाई मानिरहेको तथ्यले के कुरा अकाट्यरूपले सिद्ध गरेको छ भने प्योङयाङ घोषणापत्रमा रहेको समाजवादी विचारधाराले प्रगतिशील मानव जातिको इच्छा र आकाङ्क्षा प्रतिबिम्बित गर्दछ । क्रान्तिकारी पार्टीहरूले सङ्घर्षको कार्यक्रम बनाएर सङ्घर्ष चलाए भने प्योङयाङ घोषणापत्रलाई आफ्नो साझा विचारमा आधारित अन्तर्राष्ट्रवादी एकता र सम्बद्धता सुदृढ पार्न र समाजवादको हेतु सङ्घर्ष शीघ्र रूपले अगाडि बढाउन समर्थ हुनेछन् ।
क्रान्तिकारी पार्टीहरूको अन्तर्राष्ट्रवादी एकता र सम्बद्धता स्वाधीनताको आधारमा प्राप्त गर्नुपर्दछ । प्रत्येक मुलुकले भिन्न भिन्न अवस्था र परिस्थितिमा क्रान्ति सञ्चालन गरिरहेको र प्रत्येक मुलुकको पार्टीले स्वाधीन रूपले काम गरिरहेको हुनाले नेतृत्वको अन्तर्राष्ट्रिय केन्द्र स्थापना गर्न आवश्यक छैन । क्रान्तिकारी पार्टीहरूले एउटा माथि र अर्को तल, एउटाले हुकुम चलाउने र अर्कोले हुकुम मान्ने होइन, सबैको स्वाधीनता र समानताको आधारमा कामरेड भावनायुक्त सम्बन्ध स्थापना गरे भनेमात्र ती पार्टीहरूले सच्चा अन्तर्राष्ट्रवादी एकता प्राप्त गर्ने सक्नेछन् । स्वाधीनता र अन्तर्राष्ट्रवादका सिद्धान्तहरूको विपरीत एउटाले अर्काको मामला हस्तक्षेप गर्ने र आफ्नो राय अरूमाथि लाद्ने काम क्रान्तिकारी पार्टीहरूको सम्बन्धमा गर्न दिन नहुने काम हो ।
वर्तमान समयमा क्रान्तिकारी पार्टीहरूको सामु रहेको अत्यन्त जरूरी साझा अभिभारा साम्राज्यवादी र प्रतिक्रियावादीहरूका प्रतिक्रान्तिका आक्रमणबाट समाजवादको संरक्षण र रक्षा गर्नु हो ।
साम्राज्यवादी र प्रतिक्रियावादीहरू अहिले समाजवादको विरुद्ध दुष्टतापूर्ण चालबाजीमा लागिरहेका छन्, तिनीहरू पक्कै विफल हुनेछन् । विश्वभरिका क्रान्तिकारी पार्टी र जनता अस्थायी गडबडीलाई हटाएर नयाँ सङ्घर्षमा उत्रिरहेका छन् ।
आम जनसमूहले कुनै शक्तिले आफ्नो स्वाधीनताको दमन गर्दछ भने त्यसको विरूद्ध लड्ने कुरा अवश्यम्भावी छ । यही सङ्घर्षद्वारा समाजवादको हेतु विजयी भएर निस्कने छ । इतिहासको विकाससम्बन्धी नियम यो हो । साम्राज्यवादीहरू अहिले हठी भएर व्यवहार गर्दै छन् तर उनीहरू गम्भीर सङ्कटमा परेका छन् । एकाधिकार पुँजी बढ्दै गएपछि आधुनिक साम्राज्यवादको प्रतिक्रियावादी जनविरोधी स्वरूप झन्झन् स्पष्ट हुन्छ र जति जति दिन बित्दै जान्छ त्यति नै भ्रष्ट र बिरामी पुँजीवादी समाजविरुद्ध श्रमिक जनताको असन्तोष बढ्दछ । स्वाधीनता, शान्ति र मैत्रीको आदर्शअन्तर्गत एउटा स्वाधीन नयाँ संसारको निर्माण गर्ने इच्छा विश्वका प्रगतिशील जनताका बिच झन्झन् तीव्र हुँदै गइरहेछ । समाजवाद कठीन परीक्षणबाट गुज्रिरहे तापनि यी जनताले विजयमा पूरा विश्वास लिई साम्राज्यवादी र प्रतिक्रियावादीहरूका प्रतिक्रान्तिकारी हमलालाई क्रान्तिकारी हमलाले जवाफ दिएमा प्रतिकूल परिस्थितिलाई अनुकूल परिस्थितिमा बदल्न सक्दछ र दुःखलाई सुखमा परिणत गर्न सक्दछ ।
अहिले साम्राज्यवादी र प्रतिक्रियादीहरूले क्रान्तिकारी सिद्धान्तप्रति बफादार रहेका समाजवादी मुलुकहरूमाथि आफ्नो आक्रमणको भाला सोझ्याइरहेकोले सबै क्रान्तिकारी पार्टी र जनताले पनि एकगठ भएर समाजवादी मुलुकहरूप्रति आफ्नो अन्तर्राष्ट्रिय समर्थन र एकबद्धता बलियो पार्नुपर्दछ । समाजवादी मुलुकहरूलाई एक्लो पार्ने, नाकाबन्दी गर्ने र हमला गर्ने साम्राज्यवादीहरू र प्रतिक्रियादीको अपराधी चालबाजीहरूलाई विफल पार्नु क्रान्तिकारी पार्टी र जनताको निम्ति समाजवादको रक्षा गर्ने सङ्घर्षको साझा अत्यन्त जरूरी अभिभार हो ।
पहिलेका समाजवादी मुलुकहरूमा समाजवाद फेरि स्थापना हुन नदिन साम्राज्यवादी र प्रतिक्रियावादीहरूले हरेक प्रकारका छलकपट प्रयोग गरिरहेका छन् । यो दाउपेच यी देशहरूका जनतालाई सधैँभरिको लागि आधिपत्य र प्रभुत्वको जाँतोमुनि राख्ने चालबाजी हो । साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूका अपराधपूर्ण चालबाजीले गर्दा पुँजीवादको पुनरूथान भएका मुलुकहरूमा प्रलयकारी सङ्कट सिर्जना भएको छ । यी मुलुकहरूको सामु अहिले रहेको सङ्कट समाजवादको सङ्कट होइन, पुनः उत्थान भएको पुँजीवादको सङ्कट हो । यसले पुँजीवादी पुनस्र्थापनाको विचारको असान्दर्भिकता देखाउँछ । पुँजीवादको पुनस्र्थापन भएका मुलुकहरूमा दिन पर दिन झन्झन् गम्भीर हुँदै गइरहेको राजनैतिक, आर्थिक, विचारधारात्मक र नैतिक गोलमालबाट उम्कने एकमात्र बाटो समाजवादको पुनरूत्थान हो ।
बितेको समयमा राष्ट्रिय दमन र शोषण भोगेका र अहिले नयाँ समाजको निर्माणमा लागेका मुलुकहरूका जनताको समाजवादतिर अगाडि बढ्ने अभियानलाई रोक्न साम्राज्यवादीहरूले हर सम्भव षड्यन्त्र गर्दै छन् । षड्यन्त्रको उद्देश्य तिनीहरूलाई स्वाधीनताको बाटो लिन नदिने हो । तिनीहरूको स्वाधीनताको अधिकारलाई कुल्चने र तिनीहरूमाथि नवउपनिवेशवादी शोषण र लुट बलियो पार्न खोज्ने साम्राज्यवादीहरूको चालबाजीको विरूद्ध लड्नु समाजवादको निम्ति साझा सङ्घर्षको सम्पूर्ण श्रृङ्खलाको एउटा महत्वपूर्ण कडी हो ।
विकसित पुँजीवादी मुलुकहरूमा धनी झन्झन् धनी भइरहेको र गरीब झन्झन् गरीब भइरहेको’ दुई ध्रुवीकरणको प्रक्रिया झन्झन् तीव्र भइरहेको छ र मुठभेड बढ्दै गइरहेको छ, साथै एकाधिकार पुँजी सुदृढ हुँदै गएकोले सामाजिक खराबी झन्झन् गम्भीर हुँदै गइरहेको छ । तद्अनुसार उत्पीडित श्रमिक जनताले अस्तित्व, प्रजातन्त्र र स्वाधीनताको अधिकारको माग गरेको आवाज उठाउँदै सङ्घर्षमा उत्रिरहेका छन् ।
विभिन्न अवस्था र परिस्थितिमा समाजवादको निम्ति निर्भिक सङ्घर्ष गरिरहेका पार्टीहरू र जनतालाई क्रान्तिकारी पार्टी र जनताले सक्रिय समर्थन र प्रोत्साहन दिए भने समाजवादको साझा हेतु सविजय अगाडि बढ्ने क्रम झन्झन् बढ्दै जानेछ ।
समाजवादको हेतु पूरा गर्न सङ्घर्षमा जनतान्त्रिक राजनैतिक पार्टी र सङ्गठनहरूसित संयुक्त मोर्चा बनाउनु क्रान्तिकारी पार्टीहरूको लागि जरूरी अभिभारा हो । शोषण र दमनको विरोध गर्ने र आम जन–समूहको स्वाधीनताको साकार पार्ने समाजवादी आदर्श कार्यान्वित गर्ने काममा क्रान्तिकारी पार्टीहरू, प्रजातान्त्रिक पार्टीहरू र सङ्गठनहरूको साझा समान माग र हितहरू छन् । यदि क्रान्तिकारी पार्टीहरूले शोषण र दमनको विरूद्ध आज जनसमूहको स्वाधीनताको लागि संयुक्त सङ्घर्षमा पारस्परिक सम्मानको आधारमा सबै प्रजातान्त्रिक पार्टीहरू र सङ्गठनहरूसित एकता सुदृढ पारे तथा तिनीहरूसित सक्रिय सहयोग गरे भने समाजवादको हेतु अगाडि बढ्नेछ ।
आम जनसमूहको स्वाधीनता साकार पार्ने हो भने एउटा गतिशील साम्राज्यवादविरोधी सङ्घर्ष चलाउनुपर्दछ । समाजवादको रक्षा गर्ने र विश्वव्यापी स्वाधीनता प्राप्त गर्ने सङ्घर्षको मुख्य तारो अमेरिकी तथा अरू साम्राज्यवादी प्रतिक्रियावादी शक्तिहरू हुन् । अन्तर्राष्ट्रिय रङ्गमञ्चमा शक्ति–सन्तुलन अन्त भएको घटनाबाट फाइदा उठाई आधुनिक साम्राज्यवादीहरूले शक्ति प्रयोगद्वारा विश्वभरि आधिपत्य जमाउन पहिले पहिलेभन्दा बढी दुष्टतापूर्वक चालबाजी चलाइरहेका छन् । साम्राज्यवादविरूद्ध सङ्घर्ष नगरिकन आधिपत्य र प्रभुत्व तथा आक्रमण र युद्धका विरोधी विश्वका प्रगतिशील जनताको स्वाधीनताको आकाङ्क्षा र इच्छा साकार पार्न असम्भव छ । साम्राज्यवादको आधिपत्य र प्रभुत्व तथा आक्रमण र युद्धको विरुद्ध सङ्घर्ष गर्नु आम जनताको स्वाधीनताको हेतुको स्वाभाविक आवश्यकता हो र साम्राज्यवादको आधिपत्यको नीतिसित सम्झौता गर्नु भनेको आम जनताको सम्झौताको हेतुलाई धोखा दिनु हो । साम्राज्यवादको विरूद्ध सिद्धान्तयुक्त अडान लिनु क्रान्तिकारी पार्टीहरूको स्वाभाविक कर्तव्य हो । क्रान्तिकारी पार्टीहरू र प्रगतिशील शक्तिहरूले साम्राज्यवादको विरूद्ध सङ्घर्षलाई आफ्नो साझा कर्तव्य सम्झेर त्यसको विरूद्ध दृढ सङ्कल्प लिएर लडे भने उनीहरूले साम्राज्यवादीहरूका आक्रमण र युद्धका चालबाजीहरूलाई रोक्न र विफल पार्न सक्नेछन् ।
सम्पूर्ण विश्वलाई स्वाधीन पार्ने सङ्घर्षको हाँक्ने शक्ति साम्राज्यवादविरोधी स्वाधीन शक्तिहरूको एकताबद्ध तागत हो । साम्राज्यवादीहरूका आधिपत्य र प्रभुत्व तथा हस्तक्षेप र आक्रमणलाई अन्त गर्नको लागि, स्वाधीनताको आधारमा न्यायपूर्ण अन्तर्राष्ट्रिय व्यवस्था बसाल्नको लागि आक्रमण र युद्धलाई निर्मूल पार्नको लागि र विश्व शान्ति र सुरक्षा पक्का पार्नको लागि साम्राज्यवादविरोधी स्वाधीन शक्तिहरू एकगठ हुनैपर्दछ । साम्राज्यवादीहरूले साम्राज्यवादविरोधी स्वाधीन शक्तिहरूलाई विभाजित पार्न र तिनीहरूलाई परस्पर फुटाउन सब प्रकारका कुटिल चालबाजीहरू प्रयोग गरिरहेका छन् । साम्राज्यवादविरोधी स्वाधीन शक्तिहरूले साम्राज्यवादीहरूका चालबाजीहरूलाई एकताको रणनीतिद्वारा सामना गरेमा मात्र तिनीहरूले साम्राज्यवादीहरूद्वारा विभाजन र फूट ल्याउने चालबाजीलाई विफल पार्न सक्नेछन् । साम्राज्यवादविरोधी स्वाधीन शक्तिहरूको स्वाधीनता, शान्ति र मैत्रीको साझा इच्छा भएको हुनाले तिनीहरू सामाजिक व्यवस्था, राजनैतिक दृष्टिकोण, विचारधारा र धार्मिक आस्थाहरूको भिन्नताबाट माथि उठेर एकगठ हुनसक्दछन् ।
समाजवादी मुलुकहरू, अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा मजदुर वर्गीय आन्दोलन, राष्ट्रिय मुक्ति आन्दोलन, असंलग्न आन्दोलन तथा विश्व शान्ति आन्दोलनलगायत साम्राज्यवादविरोधी स्वाधीन शक्तिहरूले एकगठ भई सङ्घर्ष गरे भने, तिनीहरूले साम्राज्यवादी आधिपत्य र हस्तक्षेपलाई अन्त गर्न र एउटा स्वाधीन नयाँ विश्वको निर्माण गर्नसक्नेछन् ।
आम जनताको स्वाधीनताको हेतु, समाजवादको हेतु मानव जातिको आदर्शलाई साकार पार्ने पवित्र लक्ष्य हो । आम जनताको स्वाधीनताको हेतु, समाजवादको हेतुको विजयको लागि एकगठ हुनु, सङ्घर्ष गर्नु इतिहासप्रति र आफ्ना जनताप्रति क्रान्तिकारी पार्टीहरूको सम्मानपूर्ण कर्तव्य हो । वर्तमान जटिल र कठिन परिस्थितिले गर्दा क्रान्तिकारी पार्टीहरूले विजयमा विश्वास तथा अथक क्रान्तिकारी भावना लिएर दरो एकता कायम राखी दृढ सङ्कल्पसाथ लड्नु आवश्यक भएको छ ।
हाम्रो पाटीले सधैँझैँ आम जनताको स्वाधीनताको हेतुको† समाजवादको हेतुको विजयको निम्ति विश्वभरिका क्रान्तिकारी पार्टीहरूसित दरोसित एकगठ भई सक्रियतासाथ सहयोग गर्नेछ र कोरियाली क्रान्ति तथा विश्व क्रान्तिप्रति आफ्नो पवित्र अभिभारा उत्तरदायित्व पूरा गर्नेछ ।
Leave a Reply