भर्खरै :

रुपन्देही–३ को उपनिर्वाचनमा नेमकिपाले भाग नलिने

रुपन्देही–३ को उपनिर्वाचनमा नेमकिपाले भाग नलिने

भक्तपुर, २७ साउन । आगामी कार्तिक २७ गते हुन गइरहेको रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले भाग नलिने बताएको छ । पार्टीका केन्द्रीय सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गरी उक्त जानकारी दिनुभएको हो ।
विज्ञप्तिमा भनिएको छ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष कामरेड नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा २०८२ साउन २७ गते बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले २०८२ कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पार्टीले उम्मेदवारी नदिने निर्णय ग¥यो र सङ्गठनलाई सक्रिय बनाउन कार्यकर्ता, समर्थक एवम् सुभेच्छुकहरूकाबिच जिल्ला जिल्लामा पार्टी प्रकाशनको अन्तरक्रिया चालु राख्ने निर्णय ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *