भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
कैलाली, २९ साउन । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कैलालीले फिडेल क्यास्ट्रोको ९९ औँ जन्म जयन्तीको अवसरमा क्यास्ट्रोको जीवनी अध्ययन एवं प्रशिक्षण कार्यक्रम बुधबार लम्किचुहा नपामा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले फिडेल क्यास्ट्रोले भूमिसुधारको घोषणा, उत्पादनका मुख्य मुख्य साधनलाई राष्ट्रियकरण, शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुभएको थियो । उहाँले अमेरिकी साम्राज्यवादी देशको विरोध गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले फिडेल क्यास्ट्रो र राउल क्यास्ट्रोले आफ्नो व्यक्तिगत सम्पत्ति बेचेर हतियार खरिद गरी बातिस्ता सरकारविरुद्ध लडी क्युवालाई स्वतन्त्र गर्नुभएको कुरा उल्लेख गर्दै व्यक्तिगत सम्पत्तिको निम्ति नलागी देश र जनताको हितको लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले नेमकिपाका कार्यकर्ताहरूले सधैँ पार्टी प्रकाशन अध्ययन गर्ने र गाउँ–गाउँमा गएर मजदुर र किसानलाई राजनीतिकरूपमा सचेत पार्नुपर्ने बताउनुभयो ।
नेक्राशिसङ्घका कैलाली अध्यक्ष गुप्तबहादुर शाहीले फिडेल क्यास्ट्रोले प्राथमिक शिक्षा क्याथोलिक विद्यालयमा र पछि युनिभर्सिटी अफ हवानामा कानुन विषय पढ्नुभएको बताउनुभयो । उहाँले विश्वविद्यालय जीवनमै राजनीतिक आन्दोलन, विशेषगरी भ्रष्टाचार र अमेरिकी प्रभावको विरोधमा सक्रिय हुनुभएको भन्नुभयो ।
उहाँले भन्नुभयो, “क्यास्ट्रोले सन् १९५३ मा तत्कालीन तानाशाह फुल्गेन्सियो बातिस्ताको शासनविरुद्ध आक्रमण गर्नुभयो । तर, असफल भई पक्राउ र जेल पर्नुभयो । पछि सन् १९५५ मा राजनीतिक दबाबका कारण जेलमुक्त हुनुभयो र उहाँ मेक्सिको जानुभयो । मेक्सिकोमा उहाँको अर्जेन्टिनाका क्रान्तिकारी चे ग्वेभारासँग भेट भयो । मेक्सिकोको यो भेटले क्युवाली क्रान्तिको स्वरूप बदलियो । पछि सन् १९५६ मा क्यास्ट्रो जहाजमार्फत ८२ जना साथीहरू लिएर क्युवा जानुभयो । लडाइँ सुरु गर्नुभयो । प्रारम्भिक लडाइँमा धेरै साथी मारिए र बाँकी समूहले सिएरा माएस्त्रा पर्वतबाट गुरिल्ला युद्ध जारी राख्नुभयो र सन् १९५९ जनवरी १ मा बातिस्ता पलायन भयो र फिडेलको राजनीतिक दृष्टि र चेको क्रान्तिकारी जोश मिलेर हवाना प्रवेश गरी सत्ता कब्जामा लिई समाजवादी व्यवस्था लागु गर्नुभएको थियो ।
कार्यक्रममा नेक्रामसङ्घ कैलाली अध्यक्ष लक्ष्मी पुन, नेक्रायुसङ्घ कैलाली अध्यक्ष प्रेमबहादुर सिजापति र नेमकिपा कैलाली सचिव गगनबहादुर थापाले बोल्नुभएको थियो । भेलाले रमेशकुमार रावलको संयोजकत्वमा १७ सदस्यीय नेपाल मजदुर किसान पार्टी आठौँ जिल्ला सम्मेलन तयारी समिति गठन ग¥यो ।
Leave a Reply