भर्खरै :

शासक दलहरूबाट केही आशा गर्न सकिन्न

  • भाद्र १, २०८२
  • कृष्णप्रसाद बाटी
  • विचार
शासक दलहरूबाट केही आशा गर्न सकिन्न

संसारलाई आर्थिक मन्दीबाट बचाउन युवाहरूको जोश, जागरण र ऊर्जा सदुपयोग गर्न युवा अधिकार अवधारणा विकास भएको हो । दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्र सङ्घको स्थापना र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको विकाससँगै युवा अधिकारबारे छलफल र बहस सुरु भएको हो । अगष्ट १२, १९९९ मा संयुक्त राष्ट्र सङ्घले युवाहरूको अधिकार स्थापना गर्न प्रत्येक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस घोषणा गरेको हो । नेपालमा पनि सन् २००४ सालदेखि यो दिवसको रूपमा मनाउन थालिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयको नियमावलीमा १६ देखि ४० वर्षका युवाहरूलाई युवा मानिएको छ । नेपाल क्रान्तिकारी युवा सङ्घले १६ देखि ४५ वर्षसम्मको उमेरलाई युवा मानेको छ । २०६८ सालको जनगणनाअनुसार १६ वर्ष देखि ४० वर्षको युवाहरूको सङ्ख्या ४०.३५ प्रतिशत, १६ देखि ३५ वर्षका युवाहरूको सङ्ख्या ३४.३६ र १५ देखि २९ वर्षका युवाहरू २ं.८ प्रतिशत रहेको जनगणनाको तथ्याङ्कले देखाएको छ ।
१२ अगस्तमा नेपाल सरकार र विभिन्न सङ्घ संस्थाहरूले युवा दिवस मनाए ।
दिवस मनाउनुको अर्थ युवाहरू सही बाटोमा हिँड्नु, सचेत हुनु, मद्यपान, धूमपान, लागुपदार्थबाट टाढा बस्नु, राष्ट्रलाई माया गर्नु, स्वदेशमै केही गर्नु, अन्यायको विरोध गर्नु, विदेशी चलखेलको विरोध गर्नु, महाकाली सन्धि र एमसीसीको सम्झौता खारेजी गर्नको लागि विभिन्न दबाबमूलक कायक्रम ल्याउनु, बा–आमा र वृद्धवृद्धाहरूको माया र हेरविचार गर्नु पनि हो । शासकहरूले ठुला ठुला खोलानाला भारतलाई सुम्पेका छन् । शासकहरूले २७ खर्ब ऋण नेपालीहरूलाई बोकाएका छन् । नयाँ नयाँ उद्योगहरू खोल्न आँट नगर्ने र भएका उद्योगहरू पनि स्वाहा पार्ने, भष्टाचार, कमिसनखोर घुस खाएर विदेशी बैङ्कमा पैसा थुपार्नेविरुद्ध युवा आन्दोलित हुनुपर्छ ।
हाम्रो देशलाई कङ्गाल बनाउने, जनतालाई गरिब बनाउने, नेपाली युवाहरूलाई पशुझैँ विदेशमा बेच्ने र ठुलो ठुलो मान्छेलाई नसमात्ने र साना साना दर्जाका कर्मचारीहरूको बद्धि नै फेर्नुपर्छ । युवाहरूले विभिन्न कायक्रम ल्याएर यसको विरुद्धमा आवाज बुलन्द गर्नुपर्छ । अनि मात्र युवा दिवसको सार्थक हुन्छ ।
जनताको आधारभूत आवश्यकता भनेको काम–माम कपडा, बास, स्वास्थ्य र शिक्षा पनि हो । देशमा उद्योगहरू स्थापना गर्नुपर्छ, नयाँ – नयाँ बीउबिजन, आधुनिक कृषिऔजार, सिँचाइको व्यवस्था, किसानहरूले उत्पादन गरेका वस्तुहरू भण्डारण गर्न चिसान केन्द्र स्थापना र बजारको व्यवस्था गुर्नपर्छ, बनेका बाटोहरू मर्मत सम्भार गर्नुपर्छ, पुल पुलेसा बनाउनु आवश्यक छ । किसानहरूलाई बिनाधितो ब्याज सहुलियत दरमा ऋण उपलब्ध गर्नुपर्दछ । यी माग पुँजीपति शासकहरूबाट आशा नगरे हुन्छ ।
पुँजीवादी व्यवस्थाका शासक दलबाट केही आशा गर्न सकिँदैन । यो व्यवस्था गरिब झन्झन् गरिब र धनी झन्झन् धनी हुने व्यवस्था हो । यसको विकल्प समाजवादी व्यवस्था हो । समाजवाद क्रान्तिबाट मात्र सम्भव छ । समाजवाद ल्याउनको लागि युवाहरू राजनीतिक रूपमा सचेत हुनु आवश्यक छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सम्पूर्ण युवालाई आफ्नो ऊर्जा शक्ति समाजवादी क्रान्तिमा सदुपयोग पनि विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *