माओवादी र समाजवादी पार्टीबिच एकता कम्युनिस्ट एकता कि अवसरवादीहरूबिचको एकता ?
- भाद्र २३, २०८२
काममा ऐतिहासिक शिक्षाहरू – १
केही मुलुकहरूमा समाजवादले सामना गर्नु परेको असफलता हाम्रो निम्ति गम्भीर पाठ हो । कैयौँ दशकसम्म कठिन सङ्घर्षद्वारा समाजवादी हेतुलाई पथ–प्रदर्शन गरिरहेका पार्टीहरू यति छिटछिटो किन ढल्न गए भनी स्पष्टसँग बुझ्नु हाम्रो लागि विशेष जरूरी छ । पार्टीको नेतृत्व समाजवादी हेतुको लागि निकै महत्वपूर्ण भएको हुनाले यो कुरा बुझ्न जरूरी छ ।
समाजवादी समाज आम जनताको स्वाधीनताको इच्छाको प्रतिनिधित्व गर्ने उन्नत समाज हो र समाजवादतिर मानव जातिको अगाडि जाने प्रक्रिया इतिहासको विकासको प्रवाह हो । समाजवादतिर अगाडि बढ्ने मानव इतिहासको लहरलाई मजदुर वर्गीय पार्टीले पथ–प्रदर्शन गर्दछ र समाजवादी समाजको प्रगतिको निम्ति मजदुर–वर्गीय पार्टीलाई स्थिर रूपले विकसित र सुदृढ पार्नु आवश्यक छ । हालैका वर्षहरूमा केही मुलुकहरूमा समाजवादी शासक पार्टीहरू ढलेको समाजवादबाट पुँजीवादमा फर्केको घटनालाई मानव इतिहासको आम प्रवाहको दृष्टिले असामान्य र अस्थायी प्रक्रिया मान्न सकिन्छ ।
पार्टी निर्माण र पार्टी क्रियाकलापहरूको परिस्थिति र अवस्थाको दृष्टिले पनि समाजवादको निर्माण गरिरहेका पार्टीहरू ढल्नु एक असामान्य प्रक्रिया थियो । समाजवादी समाजमा पार्टीको निर्माण र पार्टीका क्रियाकलापहरूका परिस्थिति र अवस्था पुँजीवादी समाजका परिस्थिति र अवस्थामा भन्दा दाँज्नै नसकिने गरी राम्रो हुन्छ । समाजवादी समाजमा मजदुर–वर्गीय पार्टीको निर्माण र क्रियाकलापलाई नियन्त्रित पार्ने सामाजिक–आर्थिक वा वर्गीय अवस्था हुँदैन । पार्टीको सामाजिक वर्गीय आधार फराकिलो हुन्छ र पार्टीले जनमुखी नीतिहरू कार्यान्वित गर्दै आम जन समूहको समर्थन र विश्वास प्राप्त गर्न बढी सम्भावना हुन्छ । यो सब हुँदाहुँदै पनि समाजवादी शासक पार्टीहरू ढल्नुलाई के तथ्यले व्याख्या गर्न सकिन्छ भने पार्टी निर्माण र पार्टी क्रियाकलापहरू नै सही ढङ्गले सञ्चालन गरिएको थिएन ।
पार्टी निर्माण र पार्टी क्रियाकलापमा सबभन्दा जरूरी तत्व नै पार्टीको सङ्गठनात्मक र विचारधारात्मक आधारहरू सुदृढ पार्नु हो ।
मजदुर वर्गीय पार्टी त्यस्तो राजनैतिक सङ्गठन हो जुन मजदुर वर्गीय विचारधाराको जगमा गठन गरिएको हुन्छ । त्यसकारण, यसको सङ्गठनात्मक र विचारधारात्मक जग कसरी निर्माण गरियो भन्ने कुरा नै यसको अस्तित्वकै निम्ति नभई नहुने आधारभूत तत्व हो । मजदुर–वर्गीय पार्टीले आफ्नो स्थापना र विकासको तयारी गर्ने सम्पूर्ण दौरानमा सङ्गठनात्मक र विचारधारात्मक जग बसालेर सुदृढ पार्नु पर्दछ । पार्टीको नेतृत्वको नासो जिम्मा लिने कुरा मूल विषय भएको बेलामा पार्टीको सङ्गठनात्मक र विचारधारात्मक जग सुदृढ पार्ने कुरा विशेष महत्वपूर्ण हुन्छ किनभने ठीक यही बेला देशभित्रका र विदेशका वर्ग दुष्मनहरू र षड्यन्त्रकारीहरू तथा शासन सत्ताको लोभ लालच गर्ने दुस्साहसिक तत्वहरू पहिले पहिलेभन्दा खुलमखुला रूपले साजीस गर्न थाल्दछन् ।
पार्टीको सङ्गठनात्मक र विचारधारात्मक आधारहरू ठोस छन् भने समाजवादी शासक पार्टीले पार्टीलाई बिगार्न खोज्ने साम्राज्यवादीहरू र वर्ग दुष्मनहरूका सबै चालबाजीहरू विफल पार्न सक्दछ । पार्टीको अस्तित्वको लागि बढी खतरा बाहिरबाट गरिने ध्वंसात्मक चालबाजीबाट भन्दा पनि पार्टीभित्रको धोखाबाजीबाट आउँछ र यो धोखाबाजीलाई रोक्न सकिन्छ कि सकिन्न भन्ने कुरा पार्टीको सङ्गठनात्मक र विचारधारात्मक आधारहरू कति ठोस छन् भन्ने कुरामा निर्भर हुन्छ । पार्टी क्रान्तिकारी सिद्धान्तहरूमा दरोसित अड्दछ र पार्टीको नेतृत्व धोखेबाजहरूको हातमा पर्न गए पनि तिनीहरूले पार्टी सङ्गठन र पार्टी सदस्यहरूमाथि आफ्ना प्रतिक्रान्तिकारी कार्यदिशा लाद्न गा¥हो हुन्छ । तर, ती कैयौँ पार्टीहरूभित्र पुँजीवादी उदारवादतिरको प्रवाहले घुसपैठ गरिसकेको हुनाले ती पार्टीहरूका सङ्गठनात्मक र विचारधारात्मक आधारहरू कमजोर भएका थिए । यही कमजोरीको फाइदा लिएर क्रान्तिप्रति गद्दारहरूले आफूभन्दा मुनिकलाई आफ्ना प्रतिक्रान्तिकारी कार्यदिशा खुलमखुला लाद्न समर्थ भए । खास गरी पार्टीको सङ्गठनात्मक र विचारधारात्मक आधारहरूको मेरूदण्डरूपी कार्यकर्ताहरूको समूहको निर्माण राम्रो गरिएको थिएन र तिनीहरूमा विचारधारात्मक हात स्पष्ट देखिन्थ्यो । त्यस–कारण, धेरै कार्यकर्ताहरूले क्रान्ति र प्रतिक्रान्तिलाई स्पष्टसँग छुट्याउन सकेनन् र धोखेबाजहरूको प्रतिक्रान्तिकारी स्वरूप चिनिसकेपछि पनि कार्यकर्ताहरूले कि त उनीहरूप्रति विचारधारात्मक रूपले सहानुभूति देखाए र अन्धो भई उनीहरूकै पछि लागे कि त आफ्नो रक्षाको उद्देश्य लिई झुकेर उनीहरूको चाकडी गरिरहे । हुन त कट्टर कम्युनिस्टहरूले पार्टी सदस्यताको आफ्नो अन्तर्चेतना जोगाइराखे र पार्टी तथा समाजवादको रक्षाको लागि लडे । तर, लामो समयदेखि पार्टी ¥हासोन्मुख भएकोले निस्केको प्रतिक्रान्तिको विपरीत प्रवाहलाई उनीहरूको सङ्घर्षले रोक्न सकेन ।
मजदुर–वर्गीय पार्टीको निर्माण र क्रियाकलापहरूमा अर्को जरूरी कुरा पार्टीको आम जन आधारलाई सुदृढ पार्नु हो ।
आम जनताको हितहरूको प्रतिनिधित्व गर्ने मजदुर–वर्गीय पार्टीको अस्तित्वको लागि नभई नहुने आवश्यकता आम जनताका बिच जरा गाड्नु हो । आम जनताको समर्थन नभइकन मजदुर–वर्गीय पार्टीले आफ्नो अस्तित्व कायम राख्न सक्दैन ।
समाजवादी शासक पार्टीले आम जन आधार सुदृढ पार्नको लागि जरूरी कुरा के हो भने यसले समाजवाद सफलतासाथ निर्माण गरेर समाजवादी व्यवस्थाको श्रेष्ठतापूर्ण रूपले प्रदशित गर्ने र साथै आम जनतासित राम्ररी काम गरेर उनीहरूलाई समाजवादी विचारधाराद्वारा पूर्ण रूपले सुसज्जित पार्ने । मूलभूत कुरा गर्ने हो भने, मजदुर–वर्गीय पार्टी आम जनताको हितहरूको रक्षाको लागि लड्ने आम जनताकै पार्टी हो । त्यसकारण, श्रमिक आम जनताले मजदुर–वर्गीय पार्टीको विरोध गर्दछन् भने यो त उनीहरूले आफ्नै विरोध गरे सरह हो । तर यदि समाजवादी शासक पार्टील समाजवादी निर्माणको असक्षम सङ्गठन र नेतृत्वको कारणले गर्दा समाजवादी व्यवस्थाको श्रेष्ठतालाई पूर्ण रूपले प्रदर्शित गर्न सकेन भने र पार्टीभित्र कर्मचारीतन्त्र र अरू प्रकारका पुराना काम नलाग्ने कार्यपद्धति र शैली तथा घुसखोरी र अरू प्रकारका अनियमितता र भ्रष्टाचारलाई हटाउन सकेन भने पार्टी आम जनताबाट अलग्गिन सक्दछ । कर्मचारीतन्त्रको हकमा त समाजवादको निर्माणका सुरुका दिनहरूमा देखा परेकै थियो । कर्मचारीहरूमा पुराना पुराना काम नलाग्ने विचार बाँकी रहेको र उनीहरूमा समाजवादी समाजको प्रबन्ध गर्ने अनुभव नभएको हुनाले उनीहरूले पुराना काम नलाग्ने कार्य–पद्धति र शैलीहरू प्रयोग गर्ने कुरा त धेरै वा थोरै अवश्यम्भावी नै थियो । तर, त्यसबेला कर्मचारीहरूको पुराना काम नलाग्ने कार्य पद्धति र शैलीले क्रान्तिका उपलब्धिहरूलाई नै खतरा पु¥याउने खालको गम्भीर परिणाम ल्याएन, किनभने त्यसबेला मजदुर र किसानहरूले आफूलाई शोषण र दमनबाट मुक्ति दिलाएको मजदुर–वर्गीय पार्टी र समाजवादी शासन सत्तालाई बलियो समर्थन दिइरहेका थिए । तैपनि, समय बित्दै गएपछि मानिसहरूको वर्गीय चेतना क्षीण हुँदै गयो । उनीहरूको माग बढ्दै गयो, उतातिर कार्यकर्ताहरूमा क्रान्तिकारी तालिम नभएका नयाँ पुस्ताका मानिसहरू आउँदै गरेपछि कर्मचारीतन्त्रका कार्यहरू झन्झन् गम्भीर हुँदै गयो र त्यो भन्दा खराब कुरा त, समाजवादको निर्माण सुरुका दिनहरूमा सानो समस्याको रूपमा मात्र रहेको अनियमितता र भ्रष्टाचार निकै धेरै हदसम्म बढ्न गयो । यो खराबीहरू निस्कने मजदुर–वर्गीय पार्टी र समाजवादी समाजको स्वरूपबाट होइन, बरू पुराना काम नलाग्ने विचारधाराका अवशेषहरूबाट र पुँजीवादी–विचाधाराबाट हुन् । त्यसकारण, पार्टीले आफ्ना सङ्गठनात्मक र विचारधारात्मक कार्यलाई बलियो पारेर ती खराबीहरूको विरुद्ध लड्यो भने त्यसलाई हटाउन सकिन्छ । तर, धेरै पार्टीहरूले पार्टीको सङ्गठनात्मक र विचारधारात्मक कार्यमा उचित ध्यान दिएनन् । फलस्वरूप, ती पार्टीहरूले कर्मचारीतन्त्र, अनियमितता र भ्रष्टाचारजस्ता अस्वस्थ तत्वहरूलाई निर्मूल पार्न सकेनन् । त्यसैबिच फेरि ती पार्टीहरूले ग्राम जनतालाई समाजवादी विचारधाराको शिक्षा दिने काममा वास्ता गरेनन् र साम्राज्यवादीहरूका विचारधारात्मक सांस्कृतिक घुसपैठलाई सहिदिए । फलस्वरूप धेरै मानिसहरूको राजनैतिक चेतना धमिलिन गयो र उनीहरू साम्राज्यवादी र प्रतिक्रियावादीहरूको समाजवाद–विरोधी चालबाजीबाट ठगिन पुगे । समाजवादप्रति गद्दार र प्रतिक्रियावादीहरूले ‘प्रजातन्त्र’ र ‘ग्लासनोस्त’ (खुलापन) को कुरा गर्दै समाजवादी शासक पार्टीहरूमा देखा परेका कमजोरीहरूलाई जनमतलाई छक्याउने साधनको रूपमा प्रयोग गरे । तर, आम जनसमूह समाजवादी विचारधाराद्वारा पूर्ण रूपले सुसज्जित रहेको भए, धेरै मानिसहरू प्रतिक्रान्तिकारीहरूद्वारा छकिने थिएनन् र आफ्ना पार्टी र सरकारहरूको विरोध गर्ने थिएनन् ।
समाजवादी सरकारी पार्टीहरूभित्र आचार–भ्रष्टता हुँदै गएर समाजवादकै पतन हुन गएको प्रक्रियाको सुरु त ती पार्टीहरूले मजदुर–वर्गीय पार्टीको निर्माण गर्ने क्रान्तिकारी सिद्धान्त त्यागेदेखि भएको हो । मजदुर– वर्गीय पार्टी निर्माण गर्ने क्रान्तिकारी सिद्धान्त माक्र्सवाद लेनिनवादमा प्रस्तुत गरिएको थियो । माक्र्सवादका संस्थापकहरूले मजदुर–वर्गको क्रान्तिकारी सङ्घर्षलाई विजयतिर पु¥याउनको लागि मजदुर वर्गको अग्रीम नेतृ डफ्फाको जरूरत छ भन्ने विश्वास गरी मजदुरवर्गको राजनैतिक सङ्गठन कम्युनिस्ट सङ्घको गठन गरेर प्रथम अन्तर्राष्ट्रियको स्थापना गरेका थिए । उनीहरूले पार्टीको नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई विकसित पार्न निकै परिश्रम गरे । यसको क्रममा माक्र्सवादका संस्थापकहरूले पार्टी–निर्माण गर्नेसम्बन्धी केही सिद्धान्त स्थापना गरेका थिए । लेनिनले पार्टी निर्माणसम्बन्धी माक्र्सवादी सिद्धान्तहरूलाई रक्षा गर्दै पुँजीवादले साम्राज्यवादको चरणमा सङ्क्रमण भएर सर्वहारावर्गको क्रान्ति आवश्यक हुन गएको ऐतिहासिक परिस्थितिसित मिल्ने गरी पार्टी निर्माणको सिद्धान्त विकसित पार्नुभयो । उहाँले मजदुरवर्गको साथै गरीब किसानवर्गलाई पनि क्रान्तिको प्रेरक तत्व भनी किटान गर्नुभयो । त्यो नयाँ वर्गमा आधारित गरी क्रान्तिकारी पार्टीको स्थापना गर्नुभयो । लेनिनको पार्टीको नेतृत्वमा रूसमा अक्टोबर समाजवादी क्रान्तिको विजय भएपछि पार्टी निर्माणसम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्त कम्युनिस्ट तथा मजदुर पार्टीहरूले मान्यता दिएको पार्टी निर्माणसम्बन्धी विश्वव्यापी सिद्धान्त हुन गयो ।
आम जन–समूह आफैले स्वाधीन र सिर्जनात्मक रूपले आफ्नो भाग्य निर्णय गर्ने स्वाधीनताको नयाँ युगको लागि पार्टी निर्माणसम्बन्धी सिद्धान्तमा नयाँ विकासको आवश्यकता आयो । मजदुर वर्गीय पार्टीले शासन सत्ता कब्जा गर्न सङ्घर्ष गर्ने अवधिको सिद्धान्त भएकोले पार्टी–निर्माणसम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्तले शासन–सत्तामा पुगिसकेको मजदुर–वर्गीय पार्टीले आफूलाई कसरी विकसित पार्ने र आफ्ना क्रियाकलापहरू कसरी चलाउने भन्ने विषयमा विस्तृत रूपले स्पष्ट पारेको थिएन । शासन–सत्ता कब्जा गरिसकेर समाजवादी व्यवस्थाको स्थापना गरिसकेपछि समाजको नेतृत्वदायी राजनैतिक सङ्गठनको रूपमा पार्टीको निर्माण र क्रियाकलापमा धेरै नयाँ नयाँ सैद्धान्तिक र व्यवहारिक समस्याहरू देखा परे तर कैयौँ पार्टीले माक्र्सवाद–लेनिनवाद हाम्रो पथ–प्रदर्शक सिद्धान्त हो भन्दै माक्र्सवाद–लेनिनवादलाई अन्धसिद्धान्तवादी तरीकाले अनुशरण गरे । फलस्वरूप ती पार्टीहरूले समाजवादको निर्माण गरिरहेको परिस्थितिको आवश्यकताअनुसार पार्टी–निर्माणसम्बन्धी सिद्धान्त विकसित गरेनन् । ती पार्टीहरूले आफ्नो शासक स्थितिलाई सुहाउने गरी आफ्ना पङ्क्तिलाई सङ्गठनात्मक र विचारधारात्मक रूपले सुदृढ पार्ने र आफ्नो आम जन–आधार सुदृढ पार्ने जस्ता नयाँ नयाँ समस्याहरूको सही समाधान पत्ता लगाउन सकेनन् । पार्टी निर्माणसम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्तको सीमितता देखापर्ने बित्तिकै आधुनिक संशोधनवादीहरूले यसबाट फाइदा उठाएर मजदुर वर्गीय पार्टीहरूलाई आचार–भ्रष्टतातिर लगे । पार्टी निर्माणसम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई बदलिएको अवस्था र परिस्थितिअनुरूप विकसित पार्ने भन्ने निहुँमा आधुनिक संशोधनवादीहरूले त्यस सिद्धान्तको क्रान्तिकारी सारलाई नपुंसक तुल्याइदिए, आफ्ना पार्टीहरूलाई क्रमिक रूपले कमजोर पारिदिए र पार्टीको नेतृत्वदायी भूमिका निष्क्रिय पारिदिए ।
समाजवादी समाजको निम्ति के आवश्यक छ भने मजदुर वर्गीय पार्टीलाई स्थिर रूपले सुदृढ पार्नु पर्दछ । यसको नेतृत्वदायी भूमिका बढाउनु पर्दछ । समष्ठीवादमा आधारित समाजवादी समाजले पार्टीको सही राजनैतिक नेतृत्व नपाइकन आफूलाई कायम राख्न सक्दैन, समाजवाद र साम्यवादतर्फ सफलतासाथ बाटो देखाउन पनि सक्दैन । समाजवादी समाजमा धेरै वर्षसम्म आरामसँग बसेर शोषण, दमन र कष्ट नभोगेका नयाँ पुस्ताका युवा–युवतीहरू र अरू मानिसहरूमा क्रान्तिकारी भावना बिस्तारै हराउँदै जान्छ र काम नगरी बस्ने र आरामसित बस्ने बानीहरू बस्न जान सक्छन् । यी सब कारणले पार्टी सुदृढ पार्न र पार्टीको नेतृत्वदायी भूमिका बढाउन आवश्यक छ । साथै पार्टी सदस्य र अरू मानिसहरूलाई क्रान्तिकारी भावनाको शिक्षा दिन अझ बढी ठोस प्रयत्न गर्न पनि जरूरी छ । तर, कैयौँ समाजवादी शासक पार्टीहरूले समाजवादी व्यवस्थाको स्थापनापछि अर्थतन्त्रको निर्माण गर्ने बित्तिकै सब कुरा ठीकठाक भइहाल्छ भन्ने विश्वास गरी पार्टीलाई सुदृढ पार्ने र पार्टी सदस्य र जनतालाई क्रान्तिकारी शिक्षा दिने कुरामा वास्ता गरेनन् । समाजवादी व्यवस्थाको स्थापनापछि आर्थिक निर्माण गर्नु समाजवादी शासक पार्टीको लागि जरूरी अभिभारा हो । तर, समाजवादी शासक पार्टीहरूले आर्थिक निर्माणमा मात्र जोड दिएर आफूलाई सुदृढ पार्ने कुरा र पार्टी सदस्यहरू र जनतालाई क्रान्तिकारी भावनाको शिक्षा दिने कुरालाई वास्ता गरेनन् भने तिनीहरूले अर्थतन्त्र पनि सफल पार्न सक्दैनन् र समाजवादी उपलब्धिसमेत गुमाउने छन् ।
एक दुई वटा मात्र होइन कैयौँ मुलुकमा समाजवादी सरकारी पार्टी र समाजवादी व्यवस्थाहरू ढले, यसको कारण के भने तिनीहरूले आफ्ना विकास र क्रियाकलापमा जुछे स्थापना गर्न सकेनन् ।
जुछे स्थापना गर्ने काम क्रान्तिकारी पार्टीको निर्माण र क्रिया–कलापमा मूलभूत आवश्यकता हो । मजदुरवर्गको क्रान्तिकारी पार्टी सबै प्रकारका आधिपत्य र प्रभुत्वको विरूद्ध लड्ने र श्रमिक आम जन–समूहको स्वाधीनता साकार पार्न सङ्घर्ष गर्ने स्वाधीन राजनैतिक सङ्गठन हो । त्यसकारण, क्रान्तिकारी पार्टीले आफ्नो निर्माण र क्रियाकलापमा आइपर्ने सबै समस्यालाई आफ्नै विचारले र आफ्नै प्रयत्नले समाधान गर्नु पर्दछ । हुन त अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सुरुका दिनहरूमा त्यस्ता मुलुकहरू जहाँका कम्युनिस्ट केन्द्रीय कडा–गुदी पार्टी निर्माणको हेतु पूरा गर्न सक्ने गरी यथेष्ट रूपले तयार भइसकेका थिएनन्, त्यस्ता मुलुकहरूको लागि अन्तर्राष्ट्रिय केन्द्रको पथ–प्रदर्शन र सहायता आवश्यक थियो । इतिहासको विकास हुँदै गए पछि र क्रान्ति बढ्दै गएपछि विभिन्न मुलुकमा कम्युनिस्ट केन्द्रीय कडा–गुदी र क्रान्तिकारी शक्तिहरू तयार भए । प्रत्येक पार्टीले आफ्नै मुलुकको विशेष परिस्थितिसित मिल्ने गरी स्वाधीन रूपले क्रान्ति सञ्चालन गर्न सक्ने भए । यस्तो ऐतिहासिक परिस्थितिमा विभिन्न मुलुकका पार्टी र क्रान्तिकारी आन्दोलनहरूलाई कुनै एउटा अन्तर्राष्ट्रिय केन्द्रले एकै नाससित पथ–प्रदर्शन गर्ने कुरा यथार्थ भएन । त्यसकारण, कम्युनिस्ट अन्तर्राष्ट्रियको अस्तित्व अन्त भयो ।
तर कोमिन्तर्नको विघटन भइसकेपछि पनि कम्युनिस्ट र मजदुर पार्टीहरूको सम्बन्धभा धेरै लामो समयसम्म पुराना प्रथाहरू कायम रह्यो । यी प्रथाहरू समाजवादी क्रान्ति पहिले सम्पन्न गरेको कुनै ठुलो देशको पार्टीका कार्यदिशा र नीतिहरू अन्धसिद्धान्तवादी तरीकाले स्वीकार गर्ने प्रवृत्तिको रूपमा देखिइह्यो । अरूहरूका राम्रो अनुभव लिनु पर्दछ, तर लिए पनि सम्बन्धित मुलुकको खास परिस्थितिलाई सुहाउने गरी सिर्जनात्मक रूपले र पचाउन सकिने गरी लिनु पर्दछ । एउटा मुलुक र अर्को मुलुकको खास खास परिस्थितिहरू फरक फरक हुने भएकोले विदेशी अनुभवलाई अन्धसिद्धान्तवादी तरीकाले लिन थाल्यो भने समाजवादको निर्माण सफलतासाथ गर्न सकिँदैन । तैपनि, धेरै पार्टीहरूले अर्को देशको पार्टीको कार्यदिशा र नीतिहरूको नक्कल गर्ने बानी परेकोले त्यस देशले समाजवादी सिद्धान्तहरूलाई त्यागेर संशो–धनवादको बाटो लिँदा पनि त्यसकै अनुसरण गरे । समाजवादप्रति गद्दारी गर्नेहरूले उनीहरूलाई निर्देश गरेको प्रतिक्रान्तिका कार्यदिशासम्म पनि उनीहरूले स्वीकार गरे । यसले गर्दा सोभियत सङ्घको र पूर्व युरोपका मुलुकहरूका समाजवादी शासक पार्टीहरूको पतन भयो र ती देशहरूमा समाजवादी व्यवस्था पनि झन्डै सँगसँगै पतन भयो । समाजवादी शासक पार्टीहरूले आफ्नो विकास र क्रियाकलापहरूमा उठेका सबै समस्याहरूलाई आफ्नो देशका क्रान्तिको निम्ति जिम्मेवार मालिकलाई सुहाउँदो ढङ्गले र आफ्ना जनताका आवश्यकताहरू मुलुकको परिस्थितिसित मिल्ने गरी आफ्नै दृष्टिकोणले समाधान गरेको भए यी देशहरूका समाजवादी शासक पार्टी र समाजवादी व्यवस्थाहरू ढल्ने थिएनन् ।
कष्टपूर्ण क्रान्तिकारी सङ्घर्षपछि शासन सत्ता कब्जा गरेका समाजवादको निर्माणमा कैयौँ दशक समय बिताइसकेका पार्टीहरूको पतनको र समाजवादी व्यवस्थाहरूको नास भएको प्रक्रिया एउटा गम्भीर पाठ हो ।
धेरै देशहरूमा समाजवादी शासक पार्टीहरू र समाजवादी व्यवस्थाहरूको पतनबाट आएको ऐतिहासिक पाठ के हो भने समाजवादको हेतु पूरा गर्नको लागि समाजवादी विचारधाराको शुद्धता दृढतासाथ कायम राख्नुपर्दछ ।
(प्रजग कोरियाका प्रिय नेता किम जङ इलले कोरियाली मजदुर पार्टीको स्थापनाको ४७ औँ वार्षिकोत्सवको अवसरमा १० अक्टोबर १९९२ मा लेख्नुभएको रचना हो । यो रचना नेपाल कोरिया मैत्री सङ्घ काठमाडौँले १९९३ मा प्रकाशित गरेको
हो ।)
Leave a Reply