भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
(प्रजग कोरियाका प्रिय नेता किम जङ इलले कोरियाली मजदुर पार्टीको स्थापनाको ४७ औँ वार्षिकोत्सवको अवसरमा १० अक्टोबर १९९२ मा लेख्नुभएको रचना हो । यो रचना नेपाल कोरिया मैत्री सङ्घ काठमाडौँले १९९३ मा प्रकाशित गरेको हो ।)
इतिहासको अनुभवले के देखाउँछ भने जनताको विचारधारा ¥हास भयो भने मजदुर वर्गीय पार्टी र समाजवादी व्यवस्था दुवैमा ¥हास आउँछ र अन्त हुन जान्छ । पार्टीभित्रबाट गद्दारहरू निस्कनु, पार्टीको सङ्गठनात्मक र विचारधारात्मक ¥हास हुँदै जानु र सार्वजनिक भावना परिवर्तन हुनु आदि सबै विचारधारामा आएको ¥हासबाट सुरू भएको हो । विचारधारामा ¥हास भयो भने ठुलठुला आर्थिक र सैनिक शक्तिहरू पनि ढल्न पुग्छन् र कैयौँ दशकदेखि विकसित हुँदै आएको समाजवादी व्यवस्था पनि अवश्यम्भावी नास हुन पुग्छ ।
समाजवादलाई बिगार्ने सबभन्दा खतरनाक विचारधारात्मक प्रवाह संशोधनवाद, अन्धसिद्धान्तवाद र तावेदारीवादका प्रवाहहरू हुन् ।
समाजवादी विचारधाराको उल्टो विचारधारा पुँजीवादी विचारधारा हो । तर, पुँजीवादी विचारधाराले समाजवादी विचारधाराको आकर्षणलाई रोक्न सक्दैन । शोषक वर्गहरूको लोभपूर्ण मागहरूको प्रतिबिम्बित गर्ने पुँजीवादी विचारधाराले त्यसलाई राम्रो देखाउन जतिकै ढोङ्ग रचे पनि आफ्नो प्रतिक्रियावादी स्वरूप लुकाउन सक्दैन । श्रमिक जनताले आफ्नो स्वाधीनतामा अतिक्रमण गर्ने शोषकवर्गको मागको प्रतिबिम्बित गर्ने पुँजीवादी समाजवादी विचारधारा स्वीकार गर्ने कुरा त स्वाभाविक नै छ । त्यस विचारधाराको सट्टा आफ्नो स्वाधीनताको मागको प्रतिबिम्बित गर्ने कारण साम्राज्यवादी र पुँजीवादीहरूले आफ्नो इच्छा पूरा गर्नको लागि विचारधारात्मक साधनको रूपमा संशोधनवादलाई प्रयोग गर्दै आएका छन्, जुन संशोधनवाद भनेको समाजवादी विचारधाराको संशोधन हो । पहिले पहिलेझैँ अहिले पनि समाजवादी हेतुको प्राप्तिको लागि मुख्य खतरा संशोधनवाद हो । संशोधनवाद भनेकै कम्युनिस्ट आन्दोलनमा देखापरेको पुँजीवादी विचारधाराको प्रतिबिम्ब भएको हुनाले संशोधनवादले पुँजीवादी मुलुकहरूमा समाजवादतिर क्रान्तिकारी सङ्क्रमण हुन रोकेको छ र यसलाई साम्राज्यवादीहरूले ‘शान्तिपूर्ण सङ्क्रमण’ भन्ने आफ्नो रणनीतिमा विचारधारात्मक हतियारको रूपमा प्रयोग गरेका छन् र समाजवादी मुलुकहरूमा पुँजीवादतिर फर्कने बाटो खोलेका छन् । तर, आधुनिक संशोधनवादले जतिकै होशियारीसाथ आफ्नो भेष बदले पनि हामीले यसको प्रतिक्रियावादी स्वरूप चिन्नु पर्दछ र यसलाई किटानीसाथ विरोध गरेर अस्वीकार गर्नु पर्दछ ।
अन्धसिद्धान्तवाद र तावेदारीवाद पनि समाजवादको हेतुको प्राप्तिको लागि खतरनाक विचारधारात्मक तत्व हो । अन्धसिद्धान्तवाद र तावेदारीवादले समाजवादी विचारधारालाई आफ्नो पूरा शक्ति प्रदर्शन गर्न नसक्ने गरी रोक्दछ । अन्धसिद्धान्तवाद र चाकडी चाप्लुसीमा फसेका मानिसहरू आफ्नै विश्वासअनुसार काम गर्नुको सट्टा अर्काको तालमा नाच्दछन्, अरूले संशोधनवाद लियो भने आफूले पनि संशोधनवाद लिन्छन् र पछि गएर, विकसित पुँजीवादी मुलुकहरूबारे श्रम लिएर अन्धाधुन्ध पुँजीवादी तरीका प्रयोग गर्न थाल्छन् । हामीले अन्धसिद्धान्तवाद र चाकडी चापलुसीको अलिकति अभिव्यक्ति पनि सहनु हुँदैन र सधैँ नै आफ्नै जुच्छेमुखी विश्वासमा अडेर आफ्ना जनताका आवश्यकता र आफ्नो मुलुकको परिस्थितिसित मिल्ने गरी सबै समस्याको समाधान गर्नु पर्दछ ।
केही मुलुकमा भएको समाजवादी शासक पार्टीहरू र समाजवादी व्यवस्थाको पतनबाट सिक्नुपर्ने अर्को ऐतिहासिक शिक्षा के हो भने समाजवादको हेतु पूरा गर्नको लागि नेतृत्वको निरन्तरता सही ढङ्गद्वारा पक्का पार्नु पर्दछ ।
हामीले समाजवादी शासक पार्टीहरूको पतन भएको कुराको उत्तरदायित्व पार्टीका साधारण सदस्यहरूको काँधमा राख्न सक्दैनौँ ।
ती देशहरूमध्ये कुनैमा पनि पार्टीका साधारण सदस्यहरूले मजदुर वर्गीय पार्टीको हेतुलाई इमानदारीसाथ समर्थन गरेका छन् र यसको पतन हुँदा दुःख मनाएका छन् । समस्या के थियो भने क्रान्तिकारी नेतृत्वको निरन्तरता सही ढङ्गद्वारा निश्चित पार्न सकिएको थिएन ।
वर्गीय दुश्मनहरूको विरुद्ध सङ्घर्षबाट निस्किने समाजवादको भविष्य यस हेतुको नेतृत्व कतिको पक्का पारिएको छ भन्ने कुरामा निर्भर गर्दछ । समाजवादको निम्ति सङ्घर्ष धेरै देशमा विकसित भएको छ तर यसको निम्ति सही नेतृत्व भने सधँै निश्चित पारिएको थिएन । समाजवादको हेतुको नेतृत्व त्यतिबेला मात्र निश्चित हुन्छ जब एक विशिष्ट नेता त्यसको केन्द्रमा उभिएको हुन्छ । नेताको बुद्धिमानी, विशिष्ट नेतृत्व–योग्यता र उत्तम गुण तथा उनका चिरस्थायी उपलब्धिको कारणले आफूले विश्वास गरेको नेताको पथ–प्रदर्शन पाउनु जस्तो ठुलो भाग्य जनताको लागि अरू केही छैन ।यस्तो ठुलो नेता नपाएका जनताले समाजवादको हेतुलाई पूरा गर्न सक्दैनन् भन्ने होइन । समाजवादको हेतुको नेतृत्व गर्ने नेताका गुणहरूमध्ये सबभन्दा अमूल्य गुण जनताप्रति तिनको बफादारी हो । नेताले आम जनसमूहबाट नै बुद्धिमानी, नेतृत्व योग्यता र गुण प्राप्त गर्दछ । जनता गुरु हुन् र जनताबाट अलग्गिएको विशिष्ट नेता हुनसक्दैनन् । नेताको सधैँभरि आम जनसमूहसित घुलमिल हुन्छ† उनीहरूको राय सुन्छ र आम जनताकै बलमा भर परी सबथोक समाधान गर्दछ भने सही नेतृत्व पक्का हुन्छ । यस्तो जनमुखी नेतृत्वका गुणहरू भएको नेता नै जनताका सच्चा नेता हुन्छन् । जनताको रायलाई वास्ता नगर्नु र जनताको शक्तिमा विश्वास नगर्नु गलत स्वभाव हुन् । यस्ता गलत व्यक्तिले शासन–सत्ता कब्जा ग¥यो भने जनताले भोग्नुपर्ने दुःख अपार हुन्छ । जनताको लागि सबभन्दा ठुलो दुःख गलत नेता पर्नु हो ।
समाजवादी समाजमा नेतृत्वको सही ढङ्गबाट समाधान गर्ने हो भने पार्टी बलियो हुनु पर्दछ । सामान्यतया कम्युनिस्ट आन्दोलनका नेताको व्यक्तित्व र गुणहरू नै वर्गसङ्घर्षमा खारिने र परीक्षण हुने प्रक्रियाबाट तयार हुन्छ । तर, समाजवादी समाजमा नयाँ पुस्ताका नेताको व्यक्तित्व र गुणहरू भने पार्टी जीवन र समाजवाद निर्माण गर्ने व्यावहारिक कार्यद्वारा खारिने र परीक्षण हुने क्रममा तयार हुन्छ । समाजवादी समाजमा पार्टी जीवन र क्रान्तिकारी व्यावहारिक क्रियाकलापद्वारा खारिएको र परीक्षण भएको नेता अर्थात् सक्षम नेता अगाडि निस्कनको लागि पार्टी शक्तिशाली हुनु पर्दछ । इतिहासको अनुभवले के देखाउँछ भने नेतृत्वको निरन्तरताको समस्यालाई पार्टीलाई सङ्गठनात्मक र विचारधारात्मक रूपले सुदृढ पार्ने र पार्टीका सिद्धान्तहरू पालन गर्ने आधारमा दूरदर्शी तरीकाले समाधान गरियो भने जनताप्रति बफादार, सुयोग्य अनि समाजवादको हेतुलाई सफलतासाथ पूरा गर्न सक्ने उत्तम नेता अगाडि निस्कन सम्भव छ ।
धेरै देशमा समाजवादी शासक पार्टीहरू ढल्नु र समाजवादी व्यवस्था नास हुनु आम जनसमूहको स्वाधीनताको लागि ठुलो नोक्सान हो । तर, आफ्नो विफलताबाट शिक्षा लिएर स्वाधीन र सिर्जनात्मक रूपले पार्टी निर्माणको क्रान्तिकारी बाटो तयार ग¥यो भने झन् बढी क्रान्तिकारी र सङ्घर्षशील पार्टी निर्माण गर्न र पार्टीको नेतृत्वमा समाजवादको हेतु निरन्तर अगाडि बढाउन सक्षम हुनेछ ।
समाप्त
Leave a Reply