क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
पहिला पहिला हामीकहाँ शिक्षित मानिसको कमी नै थियो । सर्वसाधारण अशिक्षितले के शुद्ध, के अशुद्ध थाहै नपाउने र शिक्षित कर्मचारीले पनि शुद्धतामा ख्याल नगर्ने भएको हुँदा नागरिकता, जग्गाधनी दर्ता प्रमाण पुर्जा, शैक्षिक प्रमाणपत्र इत्यादिमा धेरैको नाम अशुद्ध लेखिन्थ्यो, अशुद्ध देखिन्थ्यो । हेला गरेर कतिपयका नाममा ‘एकलख’ दिएर पनि लेख्ने गरिन्थ्यो । आजकल शिक्षितको सङ्ख्या बढेको छ । तर पनि धेरैको नामलेखाइमा शुद्धता देख्न पाइएको छैन ।
व्यक्तिको पहिलो कागजी परिचय जन्मदर्ताबाट सुरु हुन्छ । यो सुरुवात शुद्ध रूपमा भए त हुन्थ्यो । अशुद्ध रूपमा भएपछि पछिसम्म पनि त्यही कायम रहने नै भयो । ‘जन्मदर्ता’ का आधारमा विद्यालयमा भर्ना भयो र कक्षा चढ्दै गयो । कोही शिक्षकले ‘तिम्रो यो नामलेखाइ अशुद्ध भयो’ भने पनि, “सर, मेरो जन्मदर्तामै यही छ” भन्ने उत्तर आउँछ । कुरो ठिक्कै हो । विद्यार्थीले दिनैपिच्छे आफ्नो नाम अशुद्ध लेख्दै जाँदा, त्यही अशुद्धलाई नै शुद्ध मान्ने बानी बस्छ ¤ कसैले राम्ररी सम्झाइबुझाइ नगरिदिने हो भने, कतिपयको जिन्दगी अशुद्ध नाममै बित्न पनि सक्छ ।
विद्यार्थीले लेख्ने गरेका नामहरूमा विभिन्न थरीका अशुद्धि देखिएका छन्, जस्तै ः ‘अबिसेक’, ‘कुसल’, ‘श्रृजना’, ‘समीक्क्षा’, ‘श्रद्र्धा’, ‘मनिसा’, ‘प्रस्ना’, ‘निष्था’, ‘दिप्सिका’, ‘सीतल’, ‘चाँन्दनी’, ‘सुवेच्छा’, ‘यषणा’, ‘तपस्विया’, ‘शैलेजा’ इत्यादि । यी नामहरूलाई थोरै सुधारेर ‘अभिषेक’, ‘कुशल’, ‘सिर्जना’, ‘समीक्षा’, ‘श्रद्धा’, ‘मनीषा’, ‘प्रश्ना’, ‘निष्ठा’, ‘दीपशिखा’, ‘शीतल’, ‘चाँदनी’, ‘शुभेच्छा’, ‘एषणा’, ‘तपस्या’, ‘शैलजा’ बनाउनासाथ शुद्ध र सार्थक भइहाल्ने थिए । यस्तै अशुद्धि थरलेखाइमा पनि देखिन्छ । नेवार जातिको एउटा थर छ–‘सुकुपायो’ । यसलाई ‘सुखपायो’ लेख्ने गरेको पनि देखियो ।
कतिपयको भनाइ छ, ‘अब जताततै अङ्ग्रेजीको प्रयोग हुन्छ, नेपाली नामको के चिन्ता !’ एक किसिमले सोच्दा यो कुरा ठिक्कै पनि हो । तर अङ्ग्रेजीको ‘स्पेलिङ’ सही हुनका लागि पनि पहिला त नेपाली ‘हिज्जे’ शुद्ध हुनुप¥यो नि !
नामथरमा देखिएको समस्यालाई मध्यनजर गर्दै सरकारले पाँच वर्षभित्र सच्याउने गरी, ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको पनि दुई वर्ष भइसक्यो । कक्षा ११÷१२ मा केन्द्रित हुँदै, पछिल्लो पटक राष्ट्रिय परीक्षा बोर्डले पनि यससम्बन्धी सूचना जारी गरेको छ । दसजोड दुई सिध्याई समस्यामा परेका विद्यार्थीले त आवश्यक प्रक्रिया अगाडि बढाएर मौकोको फाइदा लिएकै होलान् । तर देशैभरिका विभिन्न विद्यालयमा जुनजुन कक्षामा विद्यार्थीहरू पढ्दै छन् ती सबैको नाम शुद्ध लेख्ने÷लेखाउने अभियानको थालनी चाहिँ गर्न बाँकी नै छ । यो, हरेक विद्यालयले आजैबाट थालौँ ।
Leave a Reply