इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी
- भाद्र २६, २०८२
भक्तपुर, ५ भदौ । मल्ल राजा नरेश मल्लको शासनकालमा नेपाल संवत् ७७५ मा जयदेव बज्राचार्यले सुरू गरेको पञ्चदान पर्व बिहीबार भक्तपुरमा मनाइएको छ । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व बिहीबार बौद्धमार्गीहरूले भव्य रूपमा मनाएका हुन् ।
बिहीबार पाँच दीपङ्करहरूलाई भक्तपुर नपा–९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराएर त्यहाँ विशेष पूजा सम्पन्न गरेपछि पाँच दीपङ्कर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोलटोलमा परिक्रममा गराइयो ।
भक्तपुर नगरपालिकाको क्वाठडांैस्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपङ्करहरूलाई भक्तपुर नगर परिक्रमा गराइएको छ ।
पर्वमा बौद्धमार्गी नेवारहरूले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाइ अन्न, फलफूल र दक्षिणा दान दिएका छन् । बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत भने उक्त टोल टोल पुगेर अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी भएका छन् ।
काठमाडौँ उपत्यका र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदान पर्व फरक र विशेष किसिमको रहेको स्थानीय देवचन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।
दीपङ्कर बुद्धसँगै बौद्धमार्गीहरू बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी हुने बज्रचार्यले जानकारी दिनुभयो । भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरू भएको पूजा नगरको पश्चिम थथुबहीमा पुगेर सम्पन्न गरिने परम्परा छ ।
भक्तपुरको पञ्चदानको प्रमुख विशेषता गुँलाबाजा बजाउनुलाई मानिन्छ । टौमढीमा बौद्धमार्गीहरूले दान गाथा र स्त्रोत्र वाचनसँगै गुँला बाजा बजाउने परम्परा रहेको छ । बौद्धमार्गीहरूको पञ्चदान पर्वमा मात्रै बजाईने गुँला बाजा दीपङ्कर बुद्ध यात्राको क्रममा परम्परागत गुँला धाः बाजा, प्वंगाबाजा, दाफा भजन श्रृङ्गभेरी बाजाको साङ्गीतिक समूहहरूले आआफ्नो बाजाको प्रदर्शनी गर्ने प्रचलन रहेको छ । विहार र बहीहरूमा संरक्षित बौद्ध सम्पदाहरूको प्रदर्शनसमेत गर्ने परम्परा रहेको छ ।
बौद्धमार्गीहरूले आफू बुद्धका अनुयायी भएको कारण आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र पञ्चदान पर्वमा सोही दान गर्ने प्रचलन रहँदै आएको राजुमान बज्राचार्य बताउनुभयो । देवचन्द्र बज्राचार्यले पाँच दीपङ्कर बुद्धलाई पाँच पाण्डव भनेर विभिन्न समाचारदेखि व्यक्तिहरूले चर्चा गरेकोमा गुनासो गर्दै यो पाँच पाण्डव नभई पाँच दीपङ्कर भएको स्पष्ट पार्नुभयो ।
Leave a Reply