भर्खरै :

नेपाल मानवीय सम्मेलनमा सहभागी १४ देशका विदेशी टोलीहरूद्वारा भक्तपुर भ्रमण

नेपाल मानवीय सम्मेलनमा सहभागी १४ देशका विदेशी टोलीहरूद्वारा भक्तपुर भ्रमण

भक्तपुर, ५ भदौ । विश्व मानवीय सम्मेलन २०२५ को अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा आयोजना भएको नेपाल मानवीय सम्मेलनमा सहभागी हुन नेपाल आएका बङ्गलादेश, म्यानमार, अफगानिस्तान, पाकिस्तान, इन्डोनेसिया, फिलिपिन्स, कम्बोडिया, फिजि, इटाली, क्यानाडा, भारत, बेलायत, संरा अमेरिका र आइरल्यान्डलगायत १४ देशका २९ जना विदेशी अतिथिहरूले बिहीबार भक्तपुर भ्रमण गर्नुभयो ।
भ्रमण टोलीलाई स्वागत गर्दै भक्तपुर नगरपालिका पर्यटन शाखा प्रमुख गौतमप्रसाद लासिवाले २०७२ सालको विनाशकारी भूकम्पमा क्षति भएका भक्तपुरका सम्पदाहरूबारे जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाबाट २०५० सालदेखि नै पर्यटन शुल्क सङ्कलन गरी सम्पदा पुनः निर्माण एवम् संरक्षणमा सदुपयोग गरिरहेको उहाँले बताउनुभयो ।
ऐतिहासिक नगर भक्तपुरको कला, संस्कृति संरक्षणमा नगरपालिकाले गरिरहेको योगदान सराहनीय भएको विचार विदेशी टोलीले व्यक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *