अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सत्न्दा बढी घाइते
- कार्तिक १८, २०८२
 

भक्तपुर, ६ भदौ । पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड (भदौ ९) को भत्र्सना गर्दै शुक्रबार नेपाल मजदुर किसान पार्टी, ताथलीको आयोजनामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भयो ।
 कार्यक्रममा नेमकिपा भक्तपुरका अध्यक्ष एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले आन्दोलन, क्रान्ति र सङ्घर्षलाई अघि बढाइरहेको उल्लेख गर्दै नेमकिपा र पार्टीका कार्यकर्ता पञ्चायती राज्यका लागि चुनौती भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर काण्डले नेमकिपालाई अझ दृढ बनायो । आज पनि नेमकिपा आन्दोलन, क्रान्ति र सङ्घर्षको बाटोमै अडिग छ ।”
 उहाँले नेमकिपा सकाउनका लागि विभिन्न षड्यन्त्र भइरहेकोमा पार्टी कार्यकर्ता सजग हुनुपर्नेमा जोड दिँदै अध्ययन, सङ्गठन र सङ्घर्षमा जोड दिन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “भक्तपुर काण्डले दिएको शिक्षा सङ्घर्षमा मार्गदर्शन गर्ने आधार पनि हो ।”
 भक्तपुर काण्डको शिक्षा हरेक कार्यकर्ताका लागि महत्वपूर्ण भएको सन्दर्भ जोड्दै उहाँले पार्टी कार्यकर्ता र सङ्घर्षशील व्यक्तिहरूको अनुभव र संस्मरणले नयाँ पुस्तालाई ऊर्जा प्रदान गर्ने बताउनुभयो ।
 कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यात र महिला वडा सदस्य कमला गिरीले राजनीतिकरूपमा जनता सचेत नभएसम्म परिवर्तनलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै राजनीतिक घटनाबारे जानकारी राख्न जरुरी रहेको बताउनुभयो । उहाँले जेल जीवन, राजनीतिक दमन र प्रतिरोधका घटनाहरू उजागर गर्दै नयाँ पुस्ताले त्यस्ता कठिन अनुभवबाट प्रेरणा लिनुपर्नेमा जोड दिनुभयो ।
 कार्यक्रममा सो समयका भुक्तभोगी हेलबहादुर छुकां, नेमकिपा ताथलीका सदस्य नारायणभक्त न्हेम्हाफुकी, भुक्तभोगी रामप्रसाद न्हेम्हाफुकीलगायतले त्यस्ता घटनाहरूबाट पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले भक्तपुर काण्डको असर ताथलीमा पनि परेको स्मरण गर्दै तत्कालीन अवस्थाका तीतामीठा घटनाहरू अहिले पनि राजनीतिक हिसाबले उपयोगी भएको चर्चा गर्नुभयो ।
 कार्यक्रममा आयोजक समितिका अध्यक्ष राजाराम छुकां, सचिव रविन बासुकला र सञ्चारकर्मी हरिसुन्दर छुकांले भक्तपुर काण्डको पृष्ठभूमि, घटनाक्रम, जेल जीवन, सङ्घर्ष र शिक्षाबारे बताउनुभएको थियो ।
Leave a Reply