भर्खरै :

कामदार जनताको सेवा गर्नु नेमकिपाको उद्देश्य

कामदार जनताको सेवा गर्नु नेमकिपाको उद्देश्य

कालीकोट, ६ भदौ । नेपाल मजदुर किसान पार्टी तिलागुफा नगरपालिका वडा नं. ९, ११ को वडा सम्मेलनको उद्घाटन समारोह प्रेमलाल कोइरालाको सभापतित्वमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा कालीकोटका जिल्ला अध्यक्ष खड्गराज शाहीले कामदार जनताको सेवा गर्नु नेमकिपाको उद्देश्य रहेको उल्लेख गर्दै समाजवाद हुँदै साम्यवादसम्म पुग्ने दीर्घकालीन लक्ष्यसहित पार्टीले गतिविधि गर्दै आएको बताउनुभयो ।
पार्टी जिल्ला सदस्य तिलागुफा नगरपालिका वडा न ९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकाया, माया जैसी, गौरी शाही, देवीलाल शर्मा कोइराला, दीपक शाही, कुलबहादुर खत्रीलगायतले बोल्नुभएको थियो ।
सम्मेलनले जगतबहादुर शाहीको अध्यक्षतामा २१ सदस्यीय नेमकिपा तिलागुफा नगर पालिका वडा नंं ९ एकाइ समिति र भुपेन्द्रबहादुर शाहीको अध्यक्षतामा १९ सदस्यीय तिलागुफा ११ वडा समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *