माओवादी र समाजवादीबिच पार्टी एकता कि विघटन ?
- कार्तिक १८, २०८२
 

भक्तपुर, ६ भदौ । नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती सरकारले रचेको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को विरोध एवम् भत्र्सना कार्यक्रम शुक्रबार भक्तपुर नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।
 कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतले समाज, देश र जनताको लागि निःस्वार्थपूर्वक सेवामा लाग्ने नेता र कार्यकर्ताविरूद्ध कुनै पनि बेला षड्यन्त्र हुन सक्ने भएकोले सचेत र सङ्गठित भएर बस्नुपर्ने बताउनुभयो ।
 भक्तपुर काण्ड नेपालको राजनैतिक इतिहासमा राज्यस्तरबाट रचिएको नियोजित षड्यन्त्र हो भन्दै यस्ता षड्यन्त्रहरू फेरि फेरि पनि हुन सक्नेतर्फ सजग हुनुपर्ने उल्लेख गर्दै प्रमुख प्रजापतिले राजनैतिकरूपले सचेत व्यक्तिले जस्तोसुकै सङ्कट आइपरे पनि सामना गर्न सक्षम हुने बताउनुभयो ।
 नेमकिपाले प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर जनताको सेवा गर्ने नीतिअनुुसार पञ्चायती व्यवस्थाले गरेका हरेक निर्वाचनलाई उपयोग गरी पञ्चायतविरोधी सङ्घर्षलाई तीव्र बनाउँदै लगेको स्पष्ट पार्दै उहाँले नेमकिपाले निर्वाचनलाई उपयोग गरेर पञ्चायतका विकृतिहरू जनतासमक्ष उदाङ्ग्याउने काम गरेको बताउनुभयो ।
 कामदारवर्गले निरन्तर पुँजीपतिवर्गको विरूद्ध सम्झौताहीन सङ्घर्ष गर्नुपर्ने र शत्रुसामु लचिलो नभई झन् कठोर भएर प्रस्तुत हुनुपर्ने पाठ भक्तपुर काण्डले सिकाएको प्रमुख प्रजापतिले स्पष्ट पार्नुभयो ।
 भक्तपुर काण्डले महिलाहरूलाई राजनैतिक रूपमा सङ्गठित हुन सिकाएको चर्चा गर्दै उहाँले कम्युनिस्टहरूले कसरी राम्रो काम गर्छ भन्ने उदाहरण भक्तपुरले देखाएको बताउनुभयो ।
 उपप्रमुख रजनी जोशीले भक्तपुर काण्डजस्तो षड्यन्त्र जुनसुकै बेला दोहोरिन सक्छ भन्दै नेमकिपाले हरेक वर्ष भक्तपुर काण्डको भत्र्सना गर्दै नयाँ पुस्तालाई सचेत पार्ने काम गर्दै आएको बताउनुभयो ।
 नेमकिपाले बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोहियानी हक संरक्षणको आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलन गर्दै सामन्तवाद तथा पुँजीवादविरोधी आन्दोलनमा सक्रिय भूमिका खेलेको उहाँले बताउनुभयो ।
 कार्यपालिका सदस्य रोशनमैंया सुवालले भक्तपुर काण्डको समयमा भएका षड्यन्त्रहरूबारे प्रस्ट पार्दै भक्तपुर काण्डमा महिलाहरूले अदम्य साहसका साथ राज्यस्तरको खुला षड्यन्त्रविरूद्ध एकजुट भई डटेर काम गरेको स्मरण गर्नुभयो ।
 उहाँले नेमकिपालाई समूल नष्ट पार्ने उद्देश्यले राज्यस्तरबाटै भएको भक्तपुर काण्डको षड्यन्त्र रचिएको हो भन्दै भक्तपुर काण्डबारे भएको जालसाजीपूर्ण सरजमिनबारे स्पष्ट पार्नुभयो ।
 नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर काण्डले नै पञ्चायती व्यवस्थाको अन्त्य गर्न सघाउ पु¥याएको बताउँदै उक्त समयमा कर्मचारीहरूलाई जबरजस्ती अवकाश लिन लगाउने, धम्की दिनेलगायतका त्रास उत्पन्न गराउने गतिविधिहरू भएको उल्लेख गर्नुभयो ।
 उहाँले भक्तपुर काण्डको समयमा नगरपालिकाका कर्मचारीहरूलाई पनि झूटो मुद्दामा फसाएर चरम यातना दिएको बताउनुभयो ।
 कार्यक्रममा एसोसियसनका सहसचिव विकास प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको थियो । सदस्यद्वय दिलकृष्ण माक र राजेश दिस्तीले पनि भक्तपुर काण्डबारे बोल्नुभएको थियो ।
Leave a Reply