भर्खरै :

‘जेलका चिट्ठीहरू’ पुस्तकको अध्ययन गोष्ठी

‘जेलका चिट्ठीहरू’ पुस्तकको अध्ययन गोष्ठी

भक्तपुर, ६ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘जेलका चिठीहरू’ पुस्तकबारे अध्ययन गोष्ठी शुक्रबार सम्पन्न भयो ।
बासु माविको आयोजनामा भएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सृजना सैंजूले अध्यक्ष रोहितद्वारा लिखित उक्त पुस्तकमा जीवन दर्शन रहेको बताउनुभयो ।
“कम्युनिस्ट नेतृत्वहरूको जीवन कस्तो हुनुपर्छ भन्ने कुरा ‘जेलका चिठी’ पुस्तकबाट सिक्नुपर्छ । पुस्तकमा अध्यक्ष रोहितले देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नुबाहेक आफ्नो कुनै स्वार्थ नभएको स्पष्ट पार्नुभएको छ”, उहाँले भन्नुभयो ।
भक्तपुर काण्ड (भदौ ९) को क्रममा अध्यक्ष रोहित आफू जेलमा हुँदा पत्नी शोभा प्रधानलाई लेख्नुभएको चिठीको सङ्ग्रह नै ‘जेलको चिठी’ पुस्तक हो, उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले ‘भक्तपुर काण्ड’ राज्यस्तरबाट रचिएको षड्यन्त्र भएको बताउनुभयो ।
विद्यालयका प्रअ रविलाल प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षकहरू विष्णुप्रसाद दुमरू, पुनेन्द्रप्रसाद कुसी, रामकुमार निरौला, प्रेमकुमार मगर, कल्पना सुजखु, सम्झना डोङलगायतले पुस्तकको अध्ययन सार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *