भर्खरै :

सुर्खेतमा तीजको शुभकामना आदानप्रदान कार्यक्रम

सुर्खेतमा तीजको शुभकामना आदानप्रदान कार्यक्रम

सुर्खेत, ७ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतको आयोजनामा हरितालिका तीज २०८२ को अवसरमा महिला दिदीबहिनी भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्काले यो पँुजीवादी व्यवस्थामा तीजको नाममा तडक भडक गर्ने, अति महँगा गरगहना लगाई ठुला ठुला होटेल पार्टी पालेसहरूमा गएर मनाउने, मोटो खर्च गर्ने र देखासिखीले समाजमा धनी र गरिबबिचको दुरी बढाउने र कतिपय घरहरूमा झगडा निम्त्याउने बताउनुभयो । पुरानो संस्कार संस्कृतिको संरक्षण र बिनातडकभडक सरल तरिकाले तीज पर्व मनाउनु पर्ने बताउँदै उहाँले हरितालिका तीज पर्व २०८२ को अवसरमा सम्पूर्ण दिदीबहिनीहरूलाई शुभकामना दिनुभयो ।
नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले तीज लगायतका चाडपर्वलाई महिला दिदीबहिनीहरूले मनोरञ्जन गर्नको लागि मात्र नभई समाज परिवर्तनको लागि समेत उपयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापा, नेपाल क्रान्तिकारी युवा सङ्घको केन्द्रीय उपाध्यक्ष लालबहादुर थापा, गणेश खड्का, इन्द्रप्रसाद न्यौपाने, प्रतिभा शाही, कल्पना शाहलगायतले शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *