भर्खरै :

दैलेखमा ‘भक्तपुर काण्ड’ बारे अन्तरक्रिया

दैलेखमा ‘भक्तपुर काण्ड’ बारे अन्तरक्रिया

दैलेख, ७ भदौ । नेपाल मजदुर किसान पार्टी आठबिस नगरपालिका समिति दैलेखको आयोजनामा काफल पानीमा ‘भक्तपुर काण्ड’ बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा कर्णाली प्रदेशका सदस्य निरकबहादुर शाहीले २०४५ साल भदौ ५ गते गएको भूकम्पको राहत बाँड्ने क्रममा नेमकिपालाई समुल नष्ट गर्ने उद्देश्यका साथ कर्णप्रसाद ह्योजुलाई पञ्चायतले गलत प्रयोग गरेको बताउनुभयो ।
उहाँले भक्तपुर काण्डबाट शिक्षा लिएर पार्टीको नीति र सिद्धान्तलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
नेमकिपा दैलेखका सदस्य मानबहादुर सिजापतिले भक्तपुर काण्डको बारेमा विस्तृत जानकारी गराउनुभयो । आठबिस नगर समितिका अध्यक्ष जयबहादुर बडुवालको अध्यक्षतामा भएको कार्यक्रममा नेक्राशिसङ्घका दलबहादुर सिजापती र नेक्राविसङ्घका खेमराज दाहालले पनि बोल्नुभयो । कार्यक्रममा नरबहादुर सिजापतीले स्वागत मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *