चे, फिडेलको संस्मरणमा – १३
- कार्तिक ६, २०८२
पहिलो विश्वयुद्ध समाप्त भएको करिब एक शताब्दी हुँदा पनि युद्धमा संलग्न गैरयुरोपेली मुलुकहरूको युद्ध सम्बन्धित विषयका अनुभव र दृष्टिकोण अझै स्पष्ट हुन सकेको छैन । पहिलो विश्वयुद्धसम्बन्धी धेरैजसो विवरणहरूले युद्धलाई युरोपेली मामिलाका रूपमा मात्रै देखाइएको छ । अर्थात्, युरोप महादेशको शान्ति चार वर्षको भयानक युद्धले बिथोलेको र पश्चिमा राष्ट्रवाद विकृत भएको देखाएको छ ।
युद्धले एसियाली र अफ्रिकी क्षेत्रमा कसरी राजनीतिक उथलपुथल ल्यायो भन्नेबारेमा तुलनात्मकरूपमा धेरै अनभिज्ञ छन् । अर्थात्, अरब र तुर्की राष्ट्रवादी वा भारत र भियतनामी उपनिवेशविरोधी अभियन्ताहरूले यो युद्धलाई मौकाका रूपमा कसरी प्रयोग गर्न पाए ? अथवा युरोपका पुराना साम्राज्य भत्काउँदा, एसियामा जापानले कसरी आफ्नो बर्बर साम्राज्यवादी शक्ति फैलाउन पायो ?
अफ्रिका र एसियाका सत्तारुढ अभिजात वर्गहरूमा देखिएको उग्रराष्ट्रवाद पहिलो विश्वयुद्धले युरोपबाहिरका मुलुकहरूमा देखिएको राजनीतिक असरको रूपमा स्पष्टरूपमा हेर्न सकिन्छ र यो असरको स्पष्ट रूप चिनियाँ व्यवस्थामा प्रस्ट देख्न सकिन्छ, जहाँ चिनियाँ राज्यसत्ता पश्चिमाहरूले गरेको एक शताब्दी लामो अपमानको आपूmलाई बदला लिने शक्तिको रूपमा प्रस्तुत गर्छ ।
सन् १९१४ भन्दा अघिको शताब्दीको इतिहासले विश्वव्यापी नश्लीय क्रमहरू देखाउँछन् । जसमा ‘असभ्य’ हरूको नास गर्नु, आतङ्कित गर्नु, थुन्नु, बहिष्कार वा छुट्याएर उग्र बनाउनु पूर्णतया प्राकृतिक वा जायज थियो । अझै भन्ने हो भने अहिले स्थापित व्यवस्था त्रूmर यहुदीहरूको नरसंहार (हलोकास्ट) निम्त्याउने पहिलो विश्वयुद्धको व्यवस्थासँग मेल खानु कुनै संयोग होइन । बरु अहिलेको उग्र, कानुनविहीनता र अङ्कुशविहीन बेलगामी साम्राज्यवादी हिंसाको कारण पुरानै युद्धकै कारण पुनरावृत्ति हो ।
हालैका केही युद्ध स्मृति समारोहहरूमा पहिलो विश्वयुद्धका गैर–युरोपेली सेना र रणभूमिहरूले ठाउँ पाउन थालेका छन् । समष्टिगतरूपमा करिब चालीस लाखभन्दा बढी गैरश्वेत सेनाहरू युरोपेली र अमेरिकी सेनाहरूमा खटाइएको थियो र लडाइँ विकट युरोप अर्थात् सर्बियादेखि पूर्वी एसिया, उप–सहारा अफ्रिका र प्रशान्त महासागरका टापुहरूमा पनि भएका थिए । मेसोपोटामिया (हालको इराकको ठुलो हिस्सा) मा कब्जा हुँदा एलाइज समूह (पहिलो विश्वयुद्धताकाको बेलायत, फ्रान्स, इटाली र अमेरिकाको युद्धको गठजोड) मा भारतीय सेनाहरू बहुमत थिए । मेसोपोटामियामा होस् वा प्यालेस्टिन यी क्षेत्रहरूमा बेलायतले कब्जा जमाउन सफल हुनुमा भारतीय सेना प्रयोग नहुँदो हो त सम्भव हुने थिएन । शिख सेनाहरूले चीनमा रहेको जापानी उपनिवेशबाट जर्मनहरूलाई निकाल्न सहयोग गरेका थिए ।
अध्येता र विद्वानहरू अहिले पहिलो विश्वयुद्धको बेला ठेक्कामा ल्याइएका करिब एक लाख चालीस हजार सङ्ख्यामा रहेका चिनियाँ र भियतनामी मजदुरहरूका बारेमा चासो राख्न थालेका छन्, जसलाई पूर्वाधार निर्माण गर्न र सुरुङ खन्न प्रयोग गरिएको थियो । हामीलाई स्पष्ट जानकारी छ, युरोपेली युद्धले अधिक उपनिवेशविरोधी अभियन्ता र आन्दोलन जन्मायो, उदाहरणका लागि चाउ एनलाई, जोपछि आधुनिक चीनका प्रिमियर बने, भियतनामी नेता हो चि मिन्ह । दासजन्य तरिकाले छुट्याएर गरिने एकदमै क्रूर व्यवहार अधिकांश एसियाली र अफ्रिकी मजदुरहरूको भाग्य थियो । युद्धलगत्तै फ्रान्स पुगेका देङ सियाओफिङले युद्धलाई यसरी सम्झिएका थिए– ‘चिनियाँ जनतालाई पुँजीपतिहरूले कुकुरसरह अपमान’ गरेर पीडा दिएका थिए ।
अहिले पश्चिममा चलिरहेको श्वेत सर्वोच्चताको लहरलाई बुझ्न हामीले इतिहासको गहिरोसँग अध्ययन गर्नैपर्ने देखिएको छ । १९ औँ शताब्दीको त्यो इतिहास जसले गोरो हुनुलाई पहिचान र आत्मसम्मान मानक मानिएको थियो र सैन्य र कूटनीतिक गठबन्धन आधार मानिएको थियो ।
सन् १९१४ भन्दा अघिको शताब्दीको इतिहासले विश्वव्यापी नश्लीय क्रमहरू देखाउँछ । जसमा ‘असभ्य’ हरूको नास गर्नु, आतङ्कित गर्नु, थुन्नु, बहिष्कार वा छुट्याएर उग्र बनाउनु पूर्णतया प्राकृतिक वा जायज थियो । अझै बढेर भन्ने हो भने अहिले स्थापित व्यवस्था त्रूmर यहुदीहरूको नरसंहार (हलोकास्ट) निम्त्याउने पहिलो विश्वयुद्धको व्यवस्थासँग मेल खानु कुनै संयोग होइन । बरु अहिलेको उग्र, कानुनविहीनता र अङ्कुशविहीन बेलगामी साम्राज्यवादी हिंसाको कारण पुरानै युद्धकै कारण पुनरावृत्ति हो ।
युरोपेली क्षेत्रमा रहेको अहिलेको अमन चैनको कारण एसिया, अफ्रिका र अमेरिकाका क्षेत्रहरूमा भएका असङ्ख्य युद्धहरू हुन्, अहिलेको नयाँ खोजी भएको इतिहासले पुष्टि गर्छ । यी उपनिवेशहरू जटिलरूपमा उदाए जहाँ नश्लीय नरसंहार, ठुलो जनसङ्ख्याको बलपूर्वक विस्थापनजस्ता भयावह रणनीति प्रयोग गरी २० औँ शताब्दीको युद्ध रचियो ।
जर्मन उपनिवेशका बारेमा अध्ययन गरिरहेका इतिहासकारहरूले ‘हलोकास्ट’ भन्दा पहिलेको नरसंहारबारेमा खोतल्दा अफ्रिकी उपनिवेशहरूमा सन् १९०० को शताब्दीमा थुप्रै स–साना नरसंहार मच्चाएको पाएका छन् जहाँ लेबन्सरम (उपनिवेशकारी नीति) विचारलाई पनि परिपोषण गरिएको छ । जर्मनीले सभ्यता आधारभूत नियम तोडेर बर्बरताको नयाँ मानक बनाएको र विश्वलाई अत्यधिक बल प्रयोग गरी उग्र दुर्दशामा निचोड निकालिन्छ विशेषतः बेलायती–अमेरिकी शक्तिहरूबाट । जहाँ दुवै युरोपेली र अमेरिकीहरूमा गहिरो रूपमा साम्राज्यवादी अभ्यासहरू र नश्लीय व्यवहार चल्दै गएको थियो ।
यो सत्य हो पश्चिमी शक्तिहरूको मानसिकता डु बोइसको भाषामा ‘श्वेतपना’ चरम अवस्थामा एकाकार भएको हो, उनकै भाषामा भन्ने हो भने एकाकार हुने अवस्था भनेको ‘यो विश्वको स्वामित्व सदा सदाका लागि’ । उदाहरणका लागि दक्षिण–पश्चिमी अफ्रिकामा भएको जर्मनीको उपनिवेश, जसलाई जनसङ्ख्या वृद्धिको समस्या समाधान गर्न भनी गरिएको थियो । यो कामका लागि बेलायतले पनि सहयोग गरेको थियो र अर्को सत्य चीनलाई १९ औँ शताब्दी अन्त्यतिर पश्चिमा शक्तिहरूले सौहार्दपूर्ण तरिकाले खर्बुजाका चिरा बनाएझैँ बाँडेर खाएकै हुन् ।
लुटका मालका रूपमा रहेका अफ्रिकी र एसियाका क्षेत्रहरूमा पश्चिमा शक्तिहरूबिच तनाव हुँदा पनि ती समस्याहरूलाई सहजरूपमा सल्ट्याइन्थ्यो, चाहे त्यो अफ्रिकी वा एसियालीहरूको जीवनको मूल्यमा नै किन नहोस् ।
साम्राज्यवादी शक्तिहरू एक ठाउँमा आउनुका कारण, १९ औँ शताब्दीको अन्त्यतिर उपनिवेशहरूलाई आर्थिक–सामाजिक दबाबहरूको निदान गर्ने एक अचुक माध्यम बनाइएको थियो । उदाहरणका लागि सन् १८९५ मा पूर्वी लन्डनमा एकजना आक्रोशित बेरोजगार युवालाई सम्बोधन गर्ने क्रममा सुशील रोड्सले (बेलायती राजनीतिज्ञ, व्यापारी, जो केप कोलोनी दक्षिण अफ्रिकामा रहेको उपनिवेशको प्रधानमन्त्री भएका थिए) साम्राज्यवादी नीतिलाई स्पष्टरूपमा जायज ठह¥याएका थिए । उनका अनुसार ‘साम्राज्यवाद सबै सामाजिक समस्याको समाधान हो अर्थात्, संयुक्त अधिराज्यका ४ करोड बासिन्दालाई खुनी गृहयुद्धबाट बचाउन हामी निवेशकहरूले नयाँ ठाउँहरूमा शासन जमाउनुपर्छ ताकि हाम्रो भएको अधिक जनसङ्ख्यालाई ती ठाउँहरूमा बसाउन सकियोस् र ती ठाउँहरूलाई हाम्रा फ्याक्ट्रीहरू र खानीका मालसामान, कच्चा पदार्थको बजार बनाउन सकियोस् । रोड्सका दृष्टिकोणमा ‘यदि मुलुकलाई गृहयुद्धबाट बचाउने हो भने हामीले साम्राज्यवादी बन्नैपर्छ ।’
रोड्सको अफ्रिकी सुनखानीको आशक्तिले दोस्रो बोर युद्ध गरायो । जहाँ बेलायतले अफ्रिकी महिला र बालबालिकाहरूलाई जबरजस्ती काममा लगाए, बोलीचालीको भाषामा रहेको ‘कन्सन्ट्रेसन् क्याम्प’ को सुरुवात त्यहीँबाट सुरु भयो । सन् १९०२ मा युद्धको अन्त्य हुँदा यो सिलसिला ‘इतिहासको सामान्य स्थान’ मात्रै बन्यो । जे.ए. हब्सनले लेखेका थिए ‘मुलुकमा बढिरहेको हिंसा र अत्याचारविरुद्ध रोषलाई विषयान्तर गर्न र जनतालाई गुमराहमा राखिराख्न सरकारले राष्ट्रिय दुश्मनी, विदेशी युद्ध र साम्राज्य निर्माणको आकर्षक सपनाहरू प्रयोग गर्यो ।’
यसै साम्राज्यवादी शक्तिको उदयसँग ‘उन्मात्त संवेदनशीलता र अशिष्ट अभिमानको तस्बिर’ का रूपमा देखापर्दै गयो, जसले शासकवर्गले ‘साम्राज्य फैलाउने सकेसम्म कोसिस गरे, एरेंदेतले लेखेका थिए । ट्याब्लोइड प्रेसहरूले ‘विदेशी भूमिहरूमा लुट मच्चाउने र विदेशीहरूको सफाया गर्नको निम्ति मुलुकलाई सङ्गठित’ गर्ने काममा प्रोत्साहन गर्यो, एरेंदेतले थप लेखेकी थिइन् । सन् १८९६ मा स्थापित ‘दि डेली मेल’ ले आफ्नो स्थापनाकालदेखि बेलायती, गोरो र ‘जङ्गली आदिवासी’ भन्दा उच्च हुनुको भद्दा गर्वलाई उचाल्यो, जसरी अहिले उचाल्दै आएको छ ।
प्रथम विश्वयुद्धका अन्त्यमा जर्मनीबाट जर्मनीका उपनिवेशहरू खोसिए र लडाइँ जित्ने साम्राज्यवादी शक्तिहरूले बिना कुनै विरोधाभाष जर्मनीलाई अफ्रिकी आदिवासीमाथि दमन र दुव्र्यवहार गरेको आरोप लगाए । आफ्नो जोरदार नश्लीय साम्राज्यवाद जोगाउनका निम्ति यसै तर्कलाई लिएर ‘सही नियतका’ साम्राज्यवादी शक्ति बेलायत र अमेरिकालाई जर्मन, फ्रेन्च, डच र बेल्जियन साम्राज्यवादी शक्तिबिच आग्रह राखिन्छ । जोसेफ कोर्नाडको पुस्तक ‘हार्ट अफ डार्कनेस’ (१८९९) को चरित्र मार्लो भन्छन् – ‘युरोप जम्मैको योगदान छ– ‘कुजरलाई बनाउनुमा’ । परिवर्तित समयमा ती चरित्र भन्थे होला– ‘युरोप जम्मैको योगदान छ– ‘असभ्य’ को संहार गर्नमा’ ।
सन् १९२० मा अफ्रिकामाथि अत्याचार र अपराध गरेको भन्दै जर्मनीको निन्दा भत्र्सना गर्ने बेलायतले आफैले इराकमाथि शृङ्खलाबद्ध हवाई बम आक्रमणको नीति लिएको थियो, जसको आधुनिक स्वरूप अघिल्लो दशकदेखि दक्षिण र पश्चिमी एसियामा भइरहेको बमबारी र ड्रोन आक्रमण रहिआएको छ । ‘अरब र कुर्दहरूलाई असली बमबारीका बारेमा राम्रोसँग जानकारी छ’ भनेर सन् १९२४ मा शाही वायु सेनाका एक अधिकारी अर्थर ‘बम्बर’ ह्यारिसले आफ्नो प्रतिवेदनमा लेखेका थिए । उनी थप्छन् – ‘उनीहरूलाई थाहा छ ४५ मिनेटमा पूरै गाउँ सखाप हुन्छ र एकतिहाइ बासिन्दा कि मारिन्छन् कि घाइते हुन्छन्’ । ह्यारिस तिनै अधिकारी हुन्, जसले दोस्रो युद्धमा ह्यामबर्ग र ड्रेस्डेनमाथि गोलाबारी र तोपद्वारा आक्रमण गरेका थिए र तिनले इराकमा गरेको युद्ध अभ्यासबाट प्रभावित भएर सन् १९३० जर्मनीले ‘डेर टोटाल क्रेइग’ (पूरा युद्ध) नीति बनाए ।
युरोपेलीहरू आफ्ना मुलुकहरूका सुदूर उपनिवेशहरूका जानकार थिएनन् भनेर प्रायः भन्ने गरिन्छ र रोड्स, किप्लिङ र लर्ड कुर्जनजस्ता केही अडिग साम्राज्यवादीहरूले तिनीहरूका बारेमा पर्याप्त हेरचाह गरेका थिए । यसले युरोपमा नश्लवाद एक सानो समस्या थियो र युद्ध पश्चात्को अर्थात् सन् १९४५ को समयपछि नश्लवाद समस्याको रूपमा भड्केको भन्ने बुझिन्छ । तर, उन्मादी अन्धराष्ट्रवादले निम्त्याएको सन् १९१४ को रक्तरञ्जित युद्धले लडाकु साम्राज्यवादी वर्चस्वता, नश्लीय सर्वोच्चताको अभिव्यक्ति स्पष्ट झल्काउँछ, जसले पछि राष्ट्रिय र व्यक्तिगत आत्मसम्मानलाई बढावा दियो ।
वास्तवमा इटाली सन् १९१५मा साम्राज्य उन्मादका कारण बेलायती र फ्रान्सेली कित्तामा जोडिन पुग्यो अर्थात् ‘एलाइड फोर्स’ यद्यपि साम्राज्यवादी उद्देश्य पूरा नहुँदा फासीवादी बाटोमा लाग्यो । इटालीका लेखक, पत्रकार, व्यापारी, राजनीतिज्ञहरूको साम्राज्यवादी शक्ति र प्रतिष्ठाप्रति आशक्ति १९ औँ शताब्दीदेखि थियो । इटालीले अफ्रिकामा आफ्नो अधिपत्य जमाउन बडो उत्साहसाथ सङ्घर्ष गरेको थियो । तर, सन् १८९६ मा लज्जास्पद हार व्यहोर्यो । (पछि मुसोलिनीले सन् १९३५ मा बदलास्वरूप कैयौँ इथियोपियालीलाई विषाक्त ग्यास प्रयोग गरी हत्या गरे) । सन् १९११ मा इटालीले लिबियालाई ओटोमन साम्राज्यबाट छुट्टाउने मौका पायो । थुप्रै असफलतापछि अन्ततः आक्रमण सफल भयो । जसलाई दुवै मुलुक बेलायत र फ्रान्सले स्वीकृति जनाएका थिए, जीतलाई निकै तामझामका साथ उत्सव मनाइएको थियो । इटाली त्रूmरताका समाचार छाए, यो युद्धमा पहिलोपटक हवाई बमबारी भएको थियो । त्यसले एसिया र अफ्रिकाका मुसलमानलाई उग्रपन्थी बनाएको थियो । तर, इटाली सर्वसाधारण यी साम्राज्यवादी खेलबाट खुसी थिएनन् ।
सन् १९१४ देखि १९१८ हत्याको शृङ्खलाका जिम्मेवार मुख्यरूपमा जर्मन सैन्यवादलाई मानिन्छ तर यो हत्या शृङ्खलाको पृष्ठिभूमि बुझ्न सन् १८८० तिर जाने हो भने सैन्यवाद फिका लाग्दछ्, किनभने थुप्रै जर्मन राजनीतिज्ञ, व्यापारी र बौद्धिक र प्यान जर्मन लिगजस्ता लबी समूह (यो समूहमा छोटो समयका म्याक्स वेबर पनि संलग्न थिए) बेलायत र फ्रान्स जस्तो साम्राज्यवादी बन्न उक्साएका र प्रोत्साहन गरेका थिए ।
अझ अघि बढेर भन्ने हो भने सन् १८७१ देखि १९१४ सम्म जर्मनीको सेनाको सैन्य गतिविधि युरोप बाहिर सञ्चालित थियो । यी क्रूर सैन्य कारबाहीहरू अफ्रिकी उपनिवेशहरूमा गरिएका थिए र सन् १९०० मा मध्य चीनमा चिनियाँ युवाद्वारा पश्चिमा वर्चश्वविरुद्ध गरेको विद्रोहमा, सात मुलुकहरूसँग मिलेर उपनिवेश जमाउने महत्वाकाङ्क्षी हमला गरेको थियो ।
एसियामा जर्मन फौज पठाउँदा, केजर (तत्कालीन जर्मन सम्राट) आफ्नो उद्देश्य नश्लीय भावनाबाट प्रेरित भएको प्रतीत गराएका थिए, उनले यसो भनेका थिए– ‘कसैलाई माफी नदिनु र कसैलाई गिरफ्तार नगर्नु’ उनले आफ्ना फौजलाई ‘कोही पनि चिनियाँहरू जर्मनसँग आँखा जुधाउने साहस नगरून्’ भन्ने कुरामा आश्वस्त गर्न उर्दी जारी गरेका थिए । जर्मनहरू एसिया परिवेश गरेपछि ‘पीत विपत्ति’ (१८८० ताका प्रयोगमा आएका शब्द) केही हदसम्म दबाइएको थियो । सन् १९०० अक्टोबरदेखि सन् १९०१ वसन्तसम्म जर्मनीले चीनका ग्रामीण इलाकामा दर्जनौँ आक्रमण गरेका थिए, यी आक्रमण अझै क्रूरताका लागि कुख्यात छन् ।
चीन पठाइएको जर्मन फौजमा लेफ्टिनेन्ट जेनरल लोथार भोन ट्रोथा थिए । जसको पहिचान अफ्रिकाका आदिवासीको हत्या र तिनका गाउँमा जलाउनुले बनाएको थियो । आफ्नो नीतिलाई ‘आतङ्कवाद’ नाम दिएका ट्रोथाले आदिवासीलाई आफ्नो वशमा ल्याउन यो नीतिले ‘सहयोग गर्छ’ । चीनमा ट्रोथाले मिङ्गका समाधिहरूलाई भत्काएका थिए र थोरे हत्या शृङ्खला चलाएका थिए, यी गतिविधिभन्दा सन् १९०४ मा जर्मन प्रशासित दक्षिण पश्चिम अफ्रिकामा (हालको नामिबिया) भएको उपनिवेशविरोधी विद्रोह दबाउनमा उनी कुख्यात छन् ।
त्यस वर्षको अक्टोबरमा ट्रोथाले सैन्यरूपमा हारेका हेरेरो समुदायलाई डाकेका थिए† जसमा महिला र बालबालिका पनि थिए† तिनलाई गोली हान्ने आदेश दिएका थिए र बाँच्न सफल भएकालाई ओमाहेके मरुभूमिमा मर्नलाई छाडिदिनु भन्ने आदेश थिए । करिब ८०,००० जनसङ्ख्या भएको हेरेरो समुदायमा करिब ६००००–७०००० व्यक्तिको हत्या गरिएको थियो र कैयौँ मरुभूमिमा भोकै मरे । सन् १९०८ मा दक्षिण पश्चिम अफ्रिकामा भएको विद्रोहमा करिब नामा जातिको आधा जनसङ्ख्याको हत्या गरिएको थियो ।
यी यस्ता नरसंहार भएका थिए युरोपेली शान्तिका अन्तिम वर्षहरूमा (सन् १९१४ भन्दा पहिलेको समय) । अहिलेको कङ्गो जो सन् १८९८ देखि १९०८ सम्म बेल्जियमका तत्कालीन राजाको व्यक्तिगतको मौजाका रूपमा थियो । जसले कङ्गो जनसङ्ख्यालाई आधामा झारेका थिए । करिब ८० लाख अफ्रिकी जनताको हत्या भएको थियो । सन् १८९८ देखि १९०२ को बेला फिलिपिन्समा अमेरिकी विजय हुँदा करिब २ लाख व्यक्तिको हत्या भएको थियो, जसलाई किप्लिङले श्वेत : व्यक्तिका बोझ भनेका थिए । फिलिपिन्समा भएको हत्यासङ्ख्या कम भन्न सकिन्छ किनभने ३० बाट २६ अमेरिकी जनरल आफ्नै मुलुककै आदिवासीहरूको कत्लेआममा व्यस्त थिए । एक जना ब्रिगेडियर जनरलले जेकोब एच. स्मिथले आफ्नो सैन्य टुकडीलाई आदेश दिए, ‘मलाई कैदी चाहिन्न’ । तिमीहरू जति मार्छौ, जति जलाउँछौ, त्यति म खुसी हुनेछु । सेनेटमा फिलिपिन्समा भएका अत्याचारको सुनुवाइ हुँदा जेनेरल अर्थर मेकर्थर (डग्लसका पिता) ले आपूm ‘शानदार आर्य’ भएको र ‘नश्लको एकताका लागि’ आपूm बाध्य भएको जनाएका थिए ।
नश्लीय साम्राज्यवादको जिद्धीपनाको पुनरावलोकन हुनैपर्छ
हिंसाको आधुनिक इतिहासमा एकअर्काका कट्टर दुस्मन भनिएका मुलुकहरू कहिल्यै पनि एक अर्कासँग हिंसाका विचार र शैली आदान–प्रदान गर्न हिच्किचाएनन् । उदाहरणका लागि पछिल्ला जर्मन उदार साम्राज्यवादीहरू, अमेरिकाका अभिजातहरूको अश्वेत र आदिवासीप्रति गरिएको निर्मम व्यवहारबाट निकै प्रभावित भएका छन् । हुन त दशकौँ अघिका हिटलर अमेरिकाको स्पष्ट नश्लीय आग्रहबाट प्रेरित राष्ट्रियता र आप्रवासनको नीतिका प्रशंसक थिए ।
वास्तवमा नाजीहरू अमेरिकाको दक्षिणमा लागु गरिएको ‘जिमक्रो’ को विधानबाट प्रभावित भएका थिए, जसले गर्दा अहिले भर्जिनिया, चार्लोट्सभिलेमा नाजीहरूलाई झन्डा फ¥हयाउन र ‘रगत र माटो’ को नारा लगाउने वातावरण पाइरहेका छन् ।
नश्लीय हिंसाको इतिहास हेर्दा, पहिलो विश्वयुद्धमा लोकतन्त्र र अधिनायकवादलाई मुख्य एवं अप्रत्यासित विपत्तिका रूपमा चित्रण गर्नु गलत हुन्छ । भारतीय लेखक अरिबन्दो घोष जो उपनिवेशविरोधी विचारकहरूमध्ये एक थिए । उनले युद्ध सुरु हुनुअगावै ‘आडम्बरी, उग्र र प्रभावशाली युरोपले मृत्युदण्ड पाइसकेको छ’ जो ‘सर्वनाश’ को पर्खाइमा छ भनेर भविष्यवाणी गरेका थिए । त्यस्तै आशयको विचार पछि सन् १९१८ लियाङ किचाओले व्यक्त गरेका थिए ।
यी चतुर आकलनहरू पूर्वीय ज्ञान वा अफ्रिकी दिव्यदृष्टि थिएनन् । पश्चिमा महानगरहरूको शान्ति उपनिवेशहरूमा कति युद्ध निर्यात गर्न सकिन्छ, त्यसले निर्धारण गर्दथ्यो । यो सामान्य ज्ञान धेरै अधिनस्थले सजिलै थाह पाइसकेका थिए – सन् १९५१ मा एरेंदेतले ‘दि अरिजिन्स अफ टोटलिटेरियानिज्म’ किताब लेख्नुअगावै । सन् १९१४ पछि आमहत्या र विनास भोगेका युरोपेलीहरूभन्दा पहिला नै एसियालीहरू र अफ्रिकीहरूले भोगेका थिए ।
जहाँ उनीहरूकै क्षेत्रमा उनीहरूकै जमिन कब्जा गरियो । आर्थिक र सांस्कृतिक संरचना नीतिगत रूपमा ध्वस्त बनाइयो र नवीनतम कर्मचारीतन्त्र र प्रविधिको सहयोगमा अधिकांश जनताको नास गरियो । धेरै समयसम्म युरोपको सन्तुलन गैरयुरोपेली मुलुकको असन्तुलनमा भर परेको थियो ।
अन्ततः १९ औँ शताब्दीको अन्त्यतिर र २० औँ शताब्दीको सुरुवाततिरको साम्राज्यवादी र वर्चस्वको लडाइँले गर्दा अफ्रिका र एसियाका सुदूर क्षेत्र युरोपका लागि सुरक्षित स्थान बन्न छोडे । फलतः युरोपका जनता हिंसाको मारमा परे जुन हिंसाको मार एसियाली र अफ्रिकीहरूले धेरै पहिलेदेखि भोग्दै थिए । अन्ततः एरेंदेतले भनेझैँ शक्तिका लागि गरिएको हिंसा– ‘एक भयानक विध्वंसात्मक मान्यता बन्न जान्छ । जसले अन्त्यमा केही र कसैलाई बाँकी राख्दैन’ भन्ने कुरा पुष्टि भयो ।
‘सभ्य’ जनता यी प्रवृत्तिविरुद्ध स्पष्टरूपमा प्रतीरक्षा गर्छन् भन्ने अनुमान केवल भ्रम भएको छ । यसको सबैभन्दा उल्लेखनीय उदाहरण हो, ‘असभ्य’ हरूविरुद्ध भएको लडाइँमा न्यूनतम नियमविरुद्ध गएको लडाइँ र स्खलित नैतिकताको उदासीनता । पश्चिमी सभ्यताका ‘सभ्यहरू’ जो नश्लीय प्रवृत्तिको विरोध गर्छु भनेर दाबी गर्छन्, उनीहरूको दाबीको भ्रम युरोप र अमेरिकामा चुलिएको नश्लीय अभियानले च्यातिएको छ ।
सार्वजनिक र व्यक्तिगत नैतिकताको भ्रष्टीकरणले अहिलेको समयको गैरन्यायिक युद्धको स्पष्ट चित्रण गर्छ । जुन नश्लीय पूर्वाग्रहले निर्देशित ‘वार अन टेरर’ आतङ्कविरुद्ध युद्धभन्दा खराब छ । यो युद्धले मुलुकभित्र र बाहिर रहेका उप–मानव दुश्मनलाई ‘सफाया गर्ने’ विचार राख्दछ र यसले यातना र गैरन्यायिक हत्याको लाइसेन्स दिन्छ । ती उपमानवहरूमा पश्चिमा नागरिकहरू पनि पर्न सक्छन् ।
एरेंदेतले भनेझैँ युद्धको असफलताले युद्धप्रतिको निर्भरता झनै बढाउँछ । अर्थात् यसले अघोषित युद्ध निम्त्याउँछ, रणमैदानहरू तयार गर्छ । मुलुकभर नागरिकहरूको अधिकार स्वच्छन्दतालाई कुल्चिन्छ र विकृत मानसिक अधिपत्य जमाउन मद्दत पु¥याउँछ । अहिले ट्रम्पले ‘इरानसँगको आणविक सम्झौता कुल्चिदिन्छु’ र उत्तर कोरियालाई ‘दुनियाले कहिले नदेखेको वा नभोगे जसरी जलाइदिन्छु’ भन्ने धम्कीको अन्तर्य यही प्रवृत्ति हो ।
‘सभ्य’ जनता यी प्रवृत्तिविरुद्ध स्पष्टरूपमा प्रतीरक्षा गर्छन् भन्ने अनुमान केवल भ्रम भएको छ । यसको सबैभन्दा उल्लेखनीय उदाहरण हो, ‘असभ्य’ हरूविरुद्ध भएको लडाइँमा न्यूनतम नियमविरुद्ध गएको लडाइँ र स्खलित नैतिकताको उदासीनता । पश्चिमी सभ्यताका ‘सभ्यहरू’ जो नश्लीय प्रवृत्तिको विरोध गर्छु भनेर दाबी गर्छन्, उनीहरूको दाबीको भ्रम युरोप र अमेरिकामा चुलिएको नश्लीय अभियानले च्यातिएको छ । यो अभियानलाई ह्वाइट हाउसमा रहेका श्वेत सर्वोच्चतावादीले खुलेरै साथ दिइरहेको छ । अर्थात् नियम उल्लङ्घन गर्न केही पनि बाँकी छैन भन्ने प्रतीत गराइरहेको छन् ।
श्वेत राष्ट्रवादीहरूले उदार अन्तर्राष्ट्रिवादलाई पहिल्यै किनारा लगाइसके । उनीहरूले दशकौँदेखि पश्चिमी राजनीति र मिडियाको भाषा बोलिरहेका छन् । संसारमा लोकतन्त्रको सुनिश्चितताभन्दा पनि, उनीहरू नाङ्गो रूपमा विदेशी ‘जङ्गलीहरू’ अर्थात् आप्रवासी, शरणार्थी वा तथाकथित आतङ्कवादीबाट आएको खतराबाट गोरा जातिको सांस्कृतिक एकताको पैरवी गरिरहेका छन् ।
तर गोराहरूको शताब्दीयौँदेखि नश्लीय क्रमहरूबाट आर्जन गरेको शक्ति, पहिचान, सुरक्षा र वर्चस्व भत्किँदै गइरहेको छ । अब चीनसँग युद्ध गरेर वा पश्चिममा जातीय नरसंहार मच्चाएर पनि श्वेत सर्वोच्चता कुनै हालतमा कायम हुनसक्दैन । मध्यपूर्व वा एसियाका थुप्रै ठाउँमा र अफ्रिकामा आतङ्क मच्चाउनु आतङ्कवादलाई अमेरिका र युरोपका गल्लीमा फर्काउनु हो अर्थात् साम्राज्यवादी सपना र वर्चस्व अब आत्मघाती पलायनवादी कल्पनामात्र प्रमाणित भएको छ । उदाहरणका लागि बेलायती ब्रेक्जिटको कदम देखिएको कुनै पनि उत्साहपूर्ण साम्राज्यवादी जोडहरूले वर्ग र शिक्षाका असमानतालाई छोप्न किमार्थ सक्दैनन् । अथवा, आफ्नै मुलुकका जनताको जीवनशैली फेर्न सक्दैनन् । अन्ततः सामाजिक समस्याहरूको कुनै निदान भेटिँदैन । रोड्सले भनेझैँ बलियो रूपमा ध्रुवीकृत समाज गृहयुद्धको बाटोमा जानसक्छ र अहिलेको ट्रम्पका हर्कत र ब्रेक्जिटले, आफ्नै हानिको सम्भावनालाई बढाएको छ ।
सन् १९१४ अघिको आर्थिक र सामाजिक अनिश्चितताले गोरो हुनुलाई धर्म वा पन्थ बनाइदियो, जसले भयानक युद्ध रचायो । यिनै कारणले साम्प्रदायिक गोराहरूको समुदाय एक खतरनाक पन्थ बन्न पुगेको छ । उपनिवेशवाद, दासता, विभाजन, अल्पसङ्ख्यकलाई छुट्टयाउने नियतले बस्ती बनाउने प्रक्रिया, सैन्य सीमा नियन्त्रण र आम गिरफ्तारी र यातनालाई ऐतिहासिकरूपमा नश्लीय सर्वोच्चता कायम गर्न प्रयोग गरियो । अहिले यो सर्वोच्चतालाई जोगाइराख्ने अन्तिम र निराशाजनक प्रयास ट्रम्पले गरिरहेका छन् ।
‘इतिहासका विजेताहरू जब दासहरूबाट खोसिएका वर्चस्व जोगाउन कसरत गर्छन् र आफ्नो चित्र ऐनामा देख्न सक्दैनन् तब अराजकताको लहर संसारभरि फैलिने छ । यदि मानव अस्तित्व नै समाप्त हुँदैन भने पनि निश्चित रूपमा संसारले नदेखेको नश्लीय युद्ध भने हुनेछ’ जेम्स वाल्डविन यो– ‘डरलाग्दो सम्भाव्यता’ नकार्न नमिल्ने अवस्था आइसक्यो । कम्तीमा विवेकी चिन्तन अनिवार्य भइसकेको छ । नश्लीय साम्राज्यवादको जिद्धीपनाको पुनरावलोकन हुनैपर्छ र अहिले पश्चिमा शक्तिहरूमा केही हदसम्म जर्मनीले यो काम गरिरहेको छ ।
अहिले स्मृति दिवसले सत्य इतिहाससँग साक्षात्कार नहुनुको जोखिम निश्चितरूपमा प्रतीत गराइरहेको छ । यदि हामी सत्य इतिहासलाई उपेक्षा गर्दै जाने हो भने निश्चय नै आगामी शताब्दीमा भयानक विनासका बेला इतिहासकारहरूले प्रश्न गर्नेछन् ।
समाप्त
– ‘द मन्थली रिभ्यू’ बाट
Leave a Reply