भर्खरै :

पार्टी कार्यकर्ताहरू राजनीतिक निष्ठामा रहनुपर्ने र प्रतिक्रियावादीहरूको चास्नी पोतेको विषमा फस्न नहुने

पार्टी कार्यकर्ताहरू राजनीतिक निष्ठामा रहनुपर्ने र प्रतिक्रियावादीहरूको चास्नी पोतेको विषमा फस्न नहुने

भक्तपुर, ८ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा वडा नं. १ एकाइ समितिको आयोजनामा भक्तपुर काण्डको विरोध एवं भत्र्सना कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भन्नुभयो, “२०३७ सालमा सम्पन्न जनमतसङ्ग्रहमा भक्तपुरका ८० प्रतिशत जनताको मत बहुदलको पक्षमा प¥यो । नेमकिपाले स्थानीय र केन्द्रको पञ्चायती चुनावमा उम्मेदवार उठाएर प्रतिक्रियावादीहरूलाई पराजित ग¥यो । नेपालको भूमिमाथि भारतीय हस्तक्षेपको विरोध, नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को गोर्खा भर्ती र सन् १९५० को नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन्धि खारेजीको लागि पार्टीले सङ्घर्ष गर्दै आएको थियो । पार्टीको यो समर्पण पञ्चायती सरकारलाई मन परेन र ‘भक्तपुर काण्ड’ रचेर पार्टीका नेता कार्यकर्ताहरूलाई फसाइयो ।”
भारत प्रवासको अवधिमा २०३५ सालमा पार्टीभित्र घुसेका प्रतिक्रियावादीहरूको गोरखपुरमा बैङ्क लुट्ने प्रस्ताव सफल नभएपछि उनीहरूले अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई गोली प्रहार गरी पार्टी समाप्त पार्ने दुस्प्रयास गरेको सचिव सुवालले बताउनुभयो ।
पार्टी कार्यकर्ताहरू राजनीतिक निष्ठामा रहनुपर्ने र प्रतिक्रियावादीहरूको चास्नी पोतेको विषमा फस्न नहुनेतर्फ सचेत गराउँदै सचिव सुवालले भन्नुभयो, “पृथ्वीनारायण शाहले मित लगाएर काठमाडौँ उपत्यका कब्जा गरेका थिए । नालापानीको युद्धमा अङ्ग्रेजले नेपालीसँग मित लगाएर सुगौली सन्धिमा सरकारलाई हस्ताक्षर गराएका थिए । शत्रुले देशभित्रका मुख्य मुख्य मानिसहरूलाई नै हातमा लिएर महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा भएको स्पष्ट उल्लेख नगर्दा भारतले नेपालको लिपुलेक दाबी गरेको हो ।”
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर काण्डजस्ता षड्यन्त्रहरू प्रतिक्रियावादीहरूले भविष्यमा पनि रच्न सक्ने भएकाले सधैँ सतर्क हुनु जरूरी भएको बताउनुभयो ।
“समाजवादी व्यवस्थामा मात्र महिला मुक्ति सम्भव हुने भएकोले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षशील छ”, उहाँले भन्नुभयो ।
नेक्रामसङ्घ भक्तपुर नगर समितिका सदस्य सुशीला कर्माचार्यले भक्तपुर काण्डको षड्यन्त्र विफल बनाउनमा भक्तपुरका महिला दिदीबहिनीहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
महिलाहरू राजनीतिकरूपमा सचेत र सङ्गठित भएमा समाज परिवर्तनमा ठोस योगदान पु¥याउन सकिन्छ, उहाँले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष बिकुलक्ष्मी कोजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्णबहादुर दुगुजु, कल्पना शिल्पकार, सृजना बाइजु र शिवलक्ष्मी दुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *