भर्खरै :

कैलालीमा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम

कैलालीमा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम

कैलाली, ८ भदौ । नेपाल मजदुर किसान पार्टी आठौँ जिल्ला सम्मेलन तयारी समिति कैलालीको आयोजनामा नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले रचिएको भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम शनिबार लम्किचुहा न.पा.२ मा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले रचिएको ‘भक्तपुर काण्ड’ को विरोध तथा भत्र्सना गर्दै सिङ्गो पञ्चायती सरकार नै नेमकिपालाई नष्ट गर्न लाग्नु गलत भएको र पञ्चायती व्यवस्था समाप्त हुनुमा भक्तपुर काण्ड एक प्रमुख कारक रहेको बताउनुभयो ।
उहाँले अहिले पनि विभिन्न किसिमका षड्यन्त्रहरू हुनसक्ने र विभिन्न किसिमका लोभ, प्रलोभन, जालसाजीजस्ता काम गरी भड्काउन सक्ने भएकोले हामी हाम्रो सिद्धान्तप्रति मजबुत हुन जरुरी भएको बताउनुभयो । उहाँले नेमकिपाको मूल सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई जनताको बिचमा लैजानुपर्ने बताउनुभयो ।
नेमकिपा आठौँ जिल्ला तयारी समिति कैलालीका अध्यक्ष रमेशकुमार रावलले भक्तपुर काण्डको विरोध तथा भत्र्सना गर्दै काम गरी खाने जनताको सेवामा लागेको हाम्रो पार्टीका सयौँ नेता तथा कार्यकर्ताविरुद्ध पञ्चायतले झूटा मुद्दा लगायो र पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत ६७ जनालाई झूटा ज्यान मुद्दामा जेल हालेको बताउनुभयो ।
उहाँले जनताबाट अस्वीकार गरिएका कर्ण ह्योजुलाई पञ्चायत सरकार आफैले बलिको बोका बनाई यसको आरोप पार्टीमाथि लगाई पञ्चायतले भक्तपुरमा २० महिनासम्म दमन गरेको र गिरफ्तार परेका नेता कार्यकर्ताहरूलाई अमानवीय ढङ्गले यातना दिएको बताउनुभयो ।
उहाँले यस्तो दमनको समयमा पनि पीडित महिलाहरू एक भएर सङ्गठन विस्तार र पञ्चायतको विरोध गर्दै महिला दिदीबहिनीहरूले पञ्चायती प्रहरीको प्रतिकार गरी विरोधमा उत्रिएको बताउनुभयो ।
पञ्चायतको विरोधमा पर्चा छर्ने, पम्पलेट टाँस्ने, विरोध जुलुस गर्ने, मसाल जुलुस गर्ने काम गरेको बताउँदै उहाँले जनताको आन्दोलन अहिले पनि उत्तिकै आवश्यक भएको हुनाले समाजवादी व्यवस्था नल्याउँदासम्म निरन्तर सङ्घर्षमा लाग्नुपर्ने बताउनुभयो ।
नेक्रामसङ्घका केन्द्रीय सहसचिव तथा कैलाली अध्यक्ष लक्ष्मी पुनले नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले राज्यस्तरबाट रचिएको षड्यन्त्रको विरोध तथा भत्र्सना गर्नुभयो । उहाँले महिलाहरूले ठुलो साहसका साथ राज्यस्तरको खुला षड्यन्त्रविरुद्ध एकजुट भई डटेर काम गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ कैलाली अध्यक्ष जीएस, नेमकिपा कैलाली सचिव गगनबहादुर थापा, नेक्रायुसङ्घ कैलाली अध्यक्ष प्रेम सिजापती, नेक्राविसङ्घ पूर्वकेन्द्रीय सदस्य डीएस र नेक्राविसङ्घ कैलाली अध्यक्ष एचबीले भक्तपुर काण्डको विरोध एवं भत्र्सना गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *