चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
साना, ८ भदौ (एएफपी) । यमनको राजधानी सानामा इजरायलले हवाई आक्रमण गरेको हौती विद्रोही समूहले दाबी गरेको छ । उनीहरूका अनुसार आइतबार भएको यस आक्रमणमा सानाको एक तेल भण्डारण केन्द्र र विद्युत् उत्पादन केन्द्रलाई लक्षित गरिएको थियो ।
हौती नियन्त्रित ‘अल–मसीराह’ टेलिभिजनका अनुसार राजधानी सानाको सिट्टिन सडकमा रहेको तेल कम्पनीको स्टेसनमा इजरायली लडाकु विमानहरूले पटक–पटक आक्रमण गरेका थिए । राजधानीको दक्षिणी भागमा रहेको एक विद्युत् केन्द्र पनि फेरि लक्षित बनाइएको थियो, जसलाई अघिल्लो साता पनि आक्रमण गरिएको थियो ।
हौती सुरक्षा स्रोतले समाचार संस्था एएफपीलाई जानकारी दिँदै भनेको छ, “आक्रमणले सानाको केन्द्रमा रहेको नगरपालिका भवन नजिकैका क्षेत्रहरूलाई क्षति पु¥याएको छ र केही हताहतीको खबर आएको छ ।”
हालसम्म इजरायली सेनाले यसबारे कुनै औपचारिक टिप्पणी गरेको छैन ।
सन् २०२३ को अगस्तदेखि गाजामा सुरु भएको इजरायल–हमास युद्धयता हौती लडाकुहरूले इजरायलतर्फ दर्जनौँ मिसाइल तथा मानवरहित विमान प्रक्षेपण गरेका छन् । उनीहरूले यसलाई फिलिस्तिनी जनताको पक्षमा गरिएको ऐक्यबद्धता भनेका छन् ।
यद्यपि अधिकांश हौती आक्रमणहरू इजरायली सुरक्षा प्रणालीले निष्क्रिय पारिसकेको छ । त्यसको जवाफस्वरूप इजरायलले यमनमा हौती नियन्त्रित स्थानहरूमा पटकपटक हवाई आक्रमण गर्दै आएको छ ।
गत अगस्त १७ मा पनि इजरायलले सानास्थित एक ऊर्जा पूर्वाधारमा हवाई कारबाही गरेको थियो, जुन हाजिज क्षेत्रको विद्युत् केन्द्र रहेको हौती सञ्चारमाध्यमहरूले जनाएका थिए ।
Leave a Reply