चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
भक्तपुर, ८ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण नगरपालिका नगर समितिको आयोजना तीज पर्वको अवसरमा आइतबार शुभकामना कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले संस्कृति विज्ञानसम्मत हुन्छ भन्नुभयो ।
बोक्साबोक्सी, छाउपडी अन्धविश्वास भएको स्पष्ट पार्दै उहाँले संस्कृति र संस्कार भनेको बोली–व्यवहार, लवाइ खवाइ, बानी–व्यहोरा हो भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नयाँ पुस्तालाई सुसंस्कृत बनाउने जिम्मेवारी सरकारको हो । नेपालमा लागुपदार्थको दुव्र्यसनी बढ्दो छ । मदिरा, सुर्तीजन्य पदार्थ स्वास्थ्यको लागि हानिकारक छ । डा. अरूणा उप्रेतीले स्वास्थ्य र खानपानबारे सबैलाई सचेत गराइरहनुभएको छ ।”
“सरकारले युवा–विद्यार्थीलाई वैदेशिक रोजगारी र विदेश अध्ययनमा पठाउनु समस्याको समाधान होइन । खाडी मुलुक – कतार, ओमन, बहराइन, कुवेत, साउदी अरबमा घरेलु कामदारमा पठाइएका नेपाली चेलीहरूलाई छकाएर बिक्रीजस्तै गरिएको संसदीय उपसमितिको प्रतिवेदन नै उपलब्ध छ । सरकारले युवा–विद्यार्थीलाई नेपालमै रोजगारी र अध्ययनको व्यवस्था गर्नुपर्दछ”, सांसद सुवालले थप्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारहरूकै कमजोरीकै कारण नेपालको लिपुलेकलगायत भूमिमा भारतीय अतिक्रमण बढेको हो ।”
Leave a Reply