स्थानीय स्काउटको शुभकामना आदानप्रदान
- कार्तिक ६, २०८२
भक्तपुर, ८ भदौ । २०४५ सालमा नेमकिपालाई समूल नष्ट पार्न पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (कालो दिन) को विरोध एवम् भत्र्सना कार्यक्रम बाल विकास स्कुलका शिक्षकहरूबिच आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राज्यसत्ताको प्रकृति दमनकारी हुने चर्चा गर्दै प्रतिक्रियावादी राज्यसत्ताले जालझेल, षड्यन्त्र गरेर सोझासिधा जनतालाई फसाउने, त्यसको फाइदा उठाउने र तिनीहरू षड्यन्त्रको सहायता लिएर आफ्नो शासनसत्ता कसरी लम्ब्याउनेतर्फ केन्द्रित रहने चर्चा गर्दै भक्तपुर काण्ड त्यसैको एउटा परिणति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर काण्डको अप्ठ्यारो परिस्थितिमा ऐक्यबद्धता जनाउने वकिल, बुद्धिजीवी, पत्रकारहरूको योगदान, जनताको एकता तथा सङ्घर्ष, नेतृत्वको बुद्धिमानीपूर्ण कदमका कारण छोटो समयमा पञ्चायतको अवसान भएको र न्याय एवम् जनताको जीत सम्भव भएको हो । सङ्र्षलाई जीवनपद्धतिको रूपमा अगाडि बढाउन भक्तपुर काण्डजस्ता घटनाहरूबारे छलफल गर्न आवश्यक छ र त्यसको लागि घटनासँग सम्बन्धित पुस्तकहरू अध्ययन गर्नु जरूरी छ ।”
नेमकिपाका केन्द्रीय सदस्य योगेन्द्रमान बिजुक्छेँले पैतालीस सालको पञ्चायती षड्यन्त्रले तत्कालीन समयको राजनीतिक सङ्कट निम्त्याएको चर्चा गर्दै जीवनमा कुनै पनि बेला सङ्कट आउन सक्ने भएकोले त्यसको सामना गर्न मानसिक रूपमा तयार हुनुपर्ने र सङ्घर्षको भावना विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर काण्डले राजनैतिक क्षेत्रमा मात्र नभई सामाजिक, पारिवारिक, आर्थिक, शैक्षिक क्षेत्रमा प्रभाव पारेको विश्लेषण गर्दै भावनात्मक र संवेगात्मक पक्षलाई मात्र जोड दिने भन्दा भविष्यमा हुने यस्ता चुनौतीहरूको सामना गर्न तयार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षिकाहरू सीता प्रजापति, गंगा वैद्य र सुशिला लवजूले भक्तपुर काण्ड र महिलाहरूको भूमिका विषयमा बोल्नुभएको थियो ।
Leave a Reply