भर्खरै :

नारायणगढमा भक्तपुर काण्डको भत्र्सना

नारायणगढमा भक्तपुर काण्डको भत्र्सना

भरतपुर, ८ भदौ । नेपाल मजदुर किसान पार्टी, भरतपुर महानगर समितिको आयोजनामा भक्तपुर काण्ड
(भदौ ९) को विरोध एवम् भत्र्सना तथा अध्ययन गोष्ठी कार्यक्रम नारायणगढमा शनिबार सम्पन्न भयो ।
सो कार्यक्रममा नेमकिपा जिल्ला समिति चितवनका अध्यक्ष हरिप्रसाद दुवालले पार्टीले स्थापनाकालदेखि सिद्धान्तनिष्ठ भएर इमानदारीपूर्वक देश र जनताको पक्षमा काम गरेकोले पञ्चायती व्यवस्थाले पार्टीलाई समूल नष्ट गर्न भक्तपुर काण्डजस्तो षड्यन्त्र गरेको बताउनुभयो ।
उहाँले लेनिनवादी नीतिअनुसार पार्टीले निर्वाचनको उपयोग गरी पञ्चायती व्यवस्थाको विरोध गर्दै देश र जनताको सेवा गरेको स्पष्ट पार्नुभयो ।
उहाँले भक्तपुर काण्डबाटै महिला दिदीबहिनीहरूको सङ्गठितरूपमा राजनैतिक सक्रियता बढेको भन्दै महिलाहरू राजनैतिकरूपमा सचेत र सङ्गठित भएमात्रै समाज र देशको परिवर्तन चाँडै हुनेमा जोड दिनुभयो ।
भविष्यमा पनि फरक ढङ्गबाट पार्टी र कार्यकर्ताहरूलाई षड्यन्त्रमा फसाउन सक्ने भएकोले सधैँ सजग र सतर्क भई सङ्गठन विस्तार गर्न निरन्तर सक्रिय रहनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा दिपेश प्रजा, रविनकुमार प्रधान, मोहनबहादुर प्रजा, ज्ञानेन्द्र प्रजा, विष्णु शर्मालगायतले भक्तपुर काण्डको विरोध एवम् भत्र्सना गर्नुको साथै स्रष्टा समाज, नेपालबाट प्रकाशित पुस्तक ‘अमेरिकामा पाँच वर्ष’ (ई.राजदास श्रेष्ठ) को अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *