भर्खरै :

पर्वत जिल्लाका जनतामाझ नेमकिपाका कार्यकर्ता

पर्वत जिल्लाका जनतामाझ नेमकिपाका कार्यकर्ता

पर्वत, ८ भदौ । पर्वत जिल्ला फलेवास नपा १, कार्कीनेटामा स्थानीयवासीको भेलामा नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र विचारबारे छलफल कार्यक्रम भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टी गण्डकी प्रदेशका संयोजक डिल्लीप्रसाद काफ्लेले शोषकवर्गविरुद्ध कामदार जनताले वर्गसङ्घर्षलाई अगाडि नबढाएसम्म आर्थिक समानता नहुने विचार राख्दै जनताको शिक्षा, स्वास्थ्य निःशुल्क गराउन समाजवादी गणतन्त्र आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले आफ्नो स्वार्थको निम्ति जनताको भावना कुल्चने राजनीतिक दल र नेताहरूलाई जनताले पाखा नलगाएसम्म देश र जनताको हित नहुने बताउनुभयो । आर्थिक उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउन नेपाली युवालाई स्वदेशमै रोजगारी दिनु जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले नेपाल मजदुर किसान पार्टी नयाँ पुस्तालाई अनुशासित, शिक्षित, सुसंस्कृत बनाउन क्रियाशील रहेको उल्लेख गर्दै मान्छे–मान्छेबिचको असमानता तथा विभेद अन्त्य गरेर सामाजिक न्याय स्थापना गर्न सङ्घर्षरत रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *