भर्खरै :

भैरहवामा भक्तपुर काण्डको विरोध कार्यक्रम

भैरहवामा भक्तपुर काण्डको विरोध कार्यक्रम

बुटवल, ८ भदौ । नेपाल मजदुर किसान पार्टीविरुद्ध २०४५ साल भदौ ९ गते पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र (भक्तपुर काण्ड) को विरोध तथा भत्र्सना कार्यक्रम नेमकिपा रूपन्देहीले भदौ ७ गते भैरहवामा सम्पन्न ग¥यो ।
कार्यक्रममा नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर बासीले नेमकिपाको नीति र अग्रज कार्यकर्ताहरूको देश र जनताप्रतिको निःस्वार्थ सेवाबाट अत्तालिएका शासकहरूले निर्दोष जनतालाई अमानवीय यातना दिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य हिमलाल पाण्डे र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य सुग्रीम चाईले राज्यस्तरबाट हुनसक्ने षड्यन्त्रप्रति नयाँ पुस्ता चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *