रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
जुम्ला, २४ चैत । नेपाल मजदुर किसान पार्टीको ते¥हौं जुम्ला जिल्ला सम्मेलन शिवलाल डाँगीको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति निर्वाचन गरी सम्पन्न भयो ।
शनिबार भएको बन्द बैठकले प्रतिवेदन छलफलसहित पारित गयो ।
नेमकिपा सचिव प्रेम सुवाल, केन्द्रीय सदस्यद्वय जयबहादुर शाही र अनुराधा थापामगर सम्मिलित अध्यक्ष मण्डलले बन्द बैठकको प्रक्रिया सञ्चालन गरेको थियो ।
बैठकमा सचिव सुवालले नवनिर्वाचित जिल्ला समितिले पार्टीको सिद्धान्तअनुसार जिल्लाको गाउँपालिका र नगरपालिकाहरूको वडा वडामा सङ्गठन विस्तार, पार्टी प्रकाशन र अन्तरक्रिया गर्ने काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टी कार्यकर्ताका छोराछोरीहरूलाई पार्टीको जनवर्गीय सङ्गठन नेक्राविसङ्घ र नेक्रायुसङ्घको सङ्गठनमा सङ्गठित गरी देश, जनता र पार्टीको सेवा गर्ने सुसंस्कृत नागरिक बनाउनुपर्दछ । कार्यकर्ताहरू जनताको बीचमा पुगेर पूँजीवादको खरावी र समाजवादको आवश्यकताबारे कक्षा लिनु आवश्यक छ ।’
सरकारमा जाने पार्टीहरू नामले कम्युनिष्ट भए पनि काम पूँजीवादी नै हुन् । ती पार्टीका सरकारहरूले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादसामु आत्मसमर्पण गर्दै आएका छन्, उहाँले भन्नुभयो ।
भारत बर्सेनि हजारौं किसान ऋण तिर्न नसकेर आत्महत्या गर्ने, आधा मानिसको शौचालय नभएको र आधा मानिस एक छाकमात्र खान पाउने देश भएको सचिव सुवालले बताउनुभयो ।
बन्द बैठकमा प्रशिक्षण दिंदै नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले महिलालाई कुनै पद दिंदैमा सम्पूर्ण कामदार महिलाको हित हुन नसक्ने बताउनुभयो ।
उहाँले हिजोका राजा–महाराजाले गरेको चाल–चलन आजका राष्ट्रपति र प्रधानमन्त्रीले निरन्तरता दिंदा देशमा गणतन्त्र आएको भिन्नता नेपाली जनताले आभास गर्न नसकेको बताउनुभयो । नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सृजना सैंजूले देशको आयात बढ्ने, निर्यात घट्ने अवस्थामा देशमा समृद्धि आउन नसक्ने बताउनुभयो ।
उहाँले पूर्वतयारी विनाको सङ्घीयता भाँडभैलो बनेको बताउनुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष निरज लवजूले नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवादबारे प्रशिक्षण दिनुभयो ।
नवनिर्वाचित समितिलाई नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्ले र जयबहादुर शाहीले शुभकामना व्यक्त गर्नुभयो ।
Leave a Reply