शासक दलहरूले देश र जनताको समस्या समयमै समाधान गर्न नसक्दा विध्वंश
- माघ २८, २०८२
भक्तपुर, १५ भदौ । नेपालमा वि.सं. २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रमको आयोजना गरी पुस्तकालय दिवस मनाउँदै आएको छ । १८ औँ पुस्तकालय दिवसको अवसरमा भक्तपुर नगरपालिकाले आइतबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा प्रवचन कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले पुस्तकालयको उचित व्यवस्थापनले नागरिकहरूको बौद्धिक स्तर माथि उठ्ने भएकोले बौद्धिकरूपले अगाडि बढ्न अध्ययनमै जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कम्युनिस्टका साहित्यहरू प्रगतिशील हुने धारणा राख्दै उहाँले आफूले अध्ययन गर्ने पुस्तकको विषय स्पष्ट हुनुपर्छ भन्नुभयो ।
नगरपालिकाद्वारा सञ्चालित पुस्तकालयलाई अझ व्यवस्थित ढङ्गले सञ्चालन गर्न सुझाव दिँदै अध्यक्ष बिजुक्छेँले लाइब्रेरियनहरूले नयाँ नयाँ पुस्तक अध्ययन गरी आफ्नो ज्ञानको दायरालाई व्यापक र फराकिलो बनाउनु जरूरी छ भन्नुभयो ।
उहाँले शुद्ध नेपाली बोल्न र लेख्न कर्मचारीहरूलाई भाषासम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
पुस्तकालयमा रहेका पुराना पुराना पुस्तकहरू आफैमा एउटा इतिहास भएको हुँदा ती पुस्तक संरक्षणमा पुस्तकालयले ध्यान दिनुपर्ने र लाइब्रेरियनहरू बौद्धिक रूपमा अब्बल हुनु जरूरी भएको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
भक्तपुरका पुराना विद्यालय र पुस्तकालय व्यवस्थापन तथा संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने सुझाव दिँदै अध्यक्ष बिजुक्छेँले अध्ययनबिना बौद्धिक रूपले अगाडि बढ्न नसक्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाले पुस्तकालय दिवस मनाउनुको अर्थ नयाँ पुस्तामा पठन संस्कृतिको विकास गराउन भएको बताउनुभयोे ।
उहाँले भन्नुभयो, “पुस्तकालय ज्ञानको भण्डार भएकोले समाज रूपान्तरणमा यसले महत्वपूर्ण भूमिका खेल्छ । जहाँ पुस्तकालयहरूको विकास हुन्छ, त्यहाँको समाज अगाडि बढेको हुन्छ । पुस्तकालयको अवस्थाले समाजको अवस्था थाहा पाउन मद्दत गर्छ । विगतको इतिहास हेर्ने हो भने राणा, सामन्त, विकासविरोधीहरू पुस्तकालयप्रति सकारात्मक थिएनन् ।”
उहाँले भन्नुभयो, “राणा प्रधानमन्त्री भीमशमशेरले राजनैतिक उद्देश्यले पुस्तकालय खोल्न लागेको आरोप लगाएर त्यो बेलाका जागरूक युवाहरूलाई थुने । ‘आयन्दा यस्तो काम गर्ने छैनौँ’ भनी कागज गराई प्रतिव्यक्ति रू. १००।– का दरले जरिवाना गरी छाडेको इतिहास पढ्न पाइन्छ । त्यतिखेर १००।– रूपैयाँ भनेको निकै ठुलो रकम हो । विकासको गतिलाई रोक्न खोज्नु सूर्यलाई हत्केलाले छेक्ने प्रयास जत्तिकै असम्भव थियो । जनतामा राजनैतिक चेतनास्तरको विकाससँगै नेपालमा १०४ वर्षे जहाँनिया शासनको पनि अन्त्य भयो । प्रजातन्त्रको स्थापनासँगै जिल्ला जिल्ला र टोल टोलमा पुस्तकालयहरू खुल्न थालियो । पुस्तकालयहरू ज्ञानको ज्योति फैलाउने केन्द्रको रूपमा विकास हुन थाले । तर, आधुनिक प्रविधिको विकाससँगै त्यसमा कमी आएको छ । यो चिन्ताको विषय हो ।”
प्रमुख प्रजापतिले भन्नुभयो, “विकास भनेको चौडा सडक, अग्ला अग्ला आकाश छुने घरहरू, भ्यु टावरहरूको निर्माणमात्र होइन । धेरै पालिकाहरूले त्यसैलाई विकासको रूपमा परिभाषित गर्दै छन् । तर, भक्तपुर नगरपालिकाले मानिसको चेतनास्तरको विकासलाई पहिलो विकासको मापदण्ड मानेर काम गरिरहेको छ । भौतिक र मानसिक विकाससँगै भक्तपुरलाई विकास गर्ने सोचले भक्तपुर नगरपालिकाले काम गरिरहेको छ । अध्यक्ष बिजुक्छेँले आजभन्दा दुई दशक अगाडि भक्तपुरलाई ‘ज्ञान विज्ञानको केन्द्र’ बनाउने घोषणा गर्नुभएको थियो । धेरैको लागि त्यो अपत्यारिलो थियो । आज विभिन्न कलेजहरूको सञ्चालन र विद्यालयमा गुणस्तरीय शिक्षाले त्यो साकार हुँदै गइरहेको देख्न सकिन्छ । भनपाले शैक्षिक विकासको निम्ति सक्दो सहयोग गरिरहेको छ ।”
उहाँले भन्नुभयो, “हाम्रा कलेजका पुस्तकालय कर्मचारी, साथीहरू, टोल टोलका पुस्तकालय र वाचनालय सञ्चालक सम्पूर्णमा हाम्रो आग्रह छ । पुस्तकालय र वाचनालयलाई व्यवस्थित रूपमा सञ्चालन गरौँ ¤ संसारमा नयाँ नयाँ पुस्तकहरू के कस्ता प्रकाशित भएका छन्, नेपाली लेखकहरूले प्रकाशित गरेका नयाँ नयाँ पुस्तकहरू कुन कुन छन् ? त्यसबारे छलफल र अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरेर युवा पुस्ताबिच पठन संस्कृतिको विकासमा जोड दिऔँ ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिक्षाको माध्यमबाट दरिलो समाज निर्माण हुने भएकोले भक्तपुरका सार्वजनिक पुस्तकालयको अवस्थालाई अझ सुधार गर्दै लानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आजको डिजिटल युगमा समयसापेक्ष ढङ्गले पुस्तकालयको स्तरोन्नति गर्दै लानु जरूरी भएको उल्लेख गर्दै उहाँले पुस्तकालयहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले अध्ययन भनेको संस्कारसँग जोडिने भएकोले जीवनमा असल र सफल हुन अध्ययनको विकल्प नभएको बताउनुभयो ।
एउटा किताबमा धेरै ज्ञान हुन्छ तर एउटै किताबमा सबै ज्ञान नहुन पनि सक्छ भन्दै उहाँले अध्ययनबिनाको प्रगति सम्भव नभएको बताउनुभयो ।
भक्तपुर नपाद्वारा सञ्चालित जनज्योति पुस्तकालय शाखा प्रमुख भूपाल मुलले पुस्तकालय दिवस मनाउनुको उद्देश्यमाथि प्रकाश पार्दै राष्ट्रको समृद्धि र विकास तथा चुनौतीहरू सम्बोधनको महत्वपूर्ण आधार पुस्तकालय हो भन्नुभयो ।
प्रगति पुस्तकालयका रवीन्द्रप्रसाद कुसीले भक्तपुरका सार्वजनिक पुस्तकालयहरूको गर्विलो इतिहालाई अझ उजागर गर्नुपर्ने बताउँदै भक्तपुर नपाले सार्वजनिक पुस्तकालयको अवस्था सर्वेक्षण गरी प्रतिवेदनको आधारमा ती पुस्तकालयहरूलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गरी क्रियाशील बनाउने उल्लेखनीय काम भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप ई. कलेजका पुस्तकालय अधिकृत सुरेन्द्र दुवालले भक्तपुरको शैक्षिक विकासमा पुस्तकालयको भूमिका उल्लेखनीय रहेको बताउँदै पुस्तकालय शैक्षिक संस्थाहरूको महत्वपूर्ण अङ्ग हो भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले बौद्धिक क्षेत्रको महत्वपूर्ण थलो नै पुस्तकालय हो भन्नुभयो ।
Leave a Reply