कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, १५ भदौ । भक्तपुर काण्ड ( भदौ ९) को विरोध एवं भत्र्सना गर्दै नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिको आयोजनामा आइतबार मध्यपुरको बालकुमारीमा जनसभा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपाका अग्रजहरूले पञ्चायती सामन्ती सरकारको विरोधमा किसान आन्दोलन गरी पञ्चायती निर्वाचनमा भाग लिएर जनताको सेवा गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिस्टको नाममा भारतका नक्सालवादी र नेपालको झापा आन्दोलनमा भएको व्यक्तिहत्याको पार्टीका अग्रजहरूले खण्डन गर्नुभयो र व्यापक जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्न जोड दिनुभयो ।”
नेमकिपाले देश र जनताको इमानदारीपूर्वक सेवा गर्दै आएको कामदेखि पञ्चायती सरकार आक्रोशित भयो । २०४५ साल भदौ ९ गते पञ्चायती सरकारले राज्यस्तरको षड्यन्त्र रची नेमकिपाका नेता र कार्यकर्ताहरूविरूद्ध झूटा ज्यान मुद्दा खडा गरी भक्तपुर काण्ड रच्यो, सचिव सुवालले बताउनुभयो ।
भारत प्रवासको बेला २०३५ सालमा गोरखपुरमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) माथि पार्टीभित्र घुसेका प्रतिक्रियावादीहरूले गोली प्रहार गरी नेमकिपालाई समाप्त पार्ने दुष्प्रयास गरेको उहाँले बताउनुभयो ।
दोस्रो विश्व युद्धअघि सन् १९३३ मा जर्मनीका फासीवादी सरकार हिटलरले आफ्ना मान्छेलाई संसद् भवनमा आगो लगाउन पठाई कम्युनिस्टलाई दबाएको घटनाबारे सचिव सुवालले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “लिपुलेक, कालापनी, लिम्पियाधुरा नेपालको भूमि हो । नेकाका प्रधानमन्त्ती बीपी कोइरालाको पालामा नेपाल–चीन सीमा नियमन गरिएको थियो । नेपाल सरकारले लिपुलेक, कालापानी, लिम्पियाधुरामा नेपाल सरकारले राजनीतिक र प्रशासनिक उपस्थित देखाउनु जरूरी छ । भारतले लिुपलेकबाट चीनसँग व्यापार गरेमा नेपालले राजस्व उठाउनुपर्दछ ।”
अमेरिकी सरकारले इजरायल र युक्रेनलाई हतियार सहयोग गरी मध्यपूर्व र रूसमा युद्ध थोपेकोमा नेपालले विरोध गर्नुपर्ने आवश्यकता सचिव सुवालले औंँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष एवं कार्यक्रमका सभापति डिल्लीप्रसाद काफ्लेले भक्तपुर काण्ड एक राजनीतिक षड्यन्त्र भएको चर्चा गर्दै तत्कालीन समयमा जुम्लाका नेपाल मजदुर किसान सङ्गठनका नेता तथा कार्यकर्ताहरूलाई पनि प्रहरी प्रशासनले धेरै दुःख र पीडा दिएको चर्चा गर्नुभएको थियो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले भक्तपुर काण्डको समयमा नेपाल मजदुर किसान सङ्गठनका कार्यकर्ताहरूलाई जेलमा धेरै यातना दिएको चर्चा गर्दै भक्तपुरमा पार्टीले गरेको राम्रा कामहरूदेखि राज्य डराएको हुँदा सहन नसकेर समूल नष्ट गर्न खोजेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव तथा भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वास्तविक भूकम्प पीडिज जनताले राहत नभएपछि असन्तोष जनताले कर्ण ह्योजुलाई घेरेर नगर घुमाएको र त्यही क्रममा नियोजितरूपमै पञ्चायती मण्डलेहरूको घुसपैठ भई ह्योजुलाई पिट्ने क्रम सुरू भएको चर्चा गर्दै उहाँले यस घटनाबाट षड्यन्त्रको सुरुआत भएको बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य हरिशरण श्रेष्ठ, नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका सदस्य गङ्गाराम ज्याख्व र रमेश वैद्यले पनि आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply