भर्खरै :

भक्तपुर काण्डले पञ्चायत आफै समाप्त भयो

भक्तपुर काण्डले पञ्चायत आफै समाप्त भयो

सुर्खेत, १५ भदौ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतको आयोजनामा पञ्चायती राज्यस्तरबाट घटाइएको भक्तपुर काण्ड (भदौ–९) कालो दिनको विरोध तथा भत्र्सना कार्यक्रम शनिबार वीरेन्द्रनगरमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य उदयजङ्ग शाहीले पञ्चायती कालमा हाम्रो पार्टी समाप्त पार्न राज्यस्तर नै लागेको स्मरण गर्दै आज पनि पार्टीलाई समाप्त पार्न वर्ग विरोधीहरू लागिरहेकाले चनाखो बन्नुपर्छ भन्नुभयो । देश र जनताको विरोधमा लाग्दा हिजो पञ्चायत समाप्त भएजस्तै हालको व्यवस्था पनि समाप्त हुने उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य धनेन्द्र विकले जर्मनको संसद्मा आफैँ आगो लगाएर कम्युनिस्टहरूलाई झूटो मुद्दा लगाएर समाप्त पार्न खोजिए जस्तै भक्तपुर काण्ड रची नेमकिपा समाप्त गर्ने षड्यन्त्र गरिएको थियो भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समिति अध्यक्ष शेरबहादुर शाही, नेपाल मजदुर किसान पार्टी कालीकोटका पूर्व जिल्ला समिति अध्यक्ष ऐनबहादुर शाही, नेक्राकिसङ्घका के.स. प्रेम थापा, खेमराज कँडेल, अधिवक्ता टीकाप्रसाद पोख्रेल, गणेश खड्का, कल्पना शाह, पुष्पराज राना, ऐनबहादुर शाही, प्रतिमा शाही, महेन्द्र सिजापतीलगायतले भक्तपुर काण्डबारे बोल्नुभएको थियो ।
चेतन पौडेल, लालबहादुर थापाले पनि बोल्नुभएको सो कार्यक्रम नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *