भर्खरै :

भनपा ३ मा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम

भनपा ३ मा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम

भक्तपुर, १५ भदौ । नेपाल मजदुर किसान पार्टी भनपा ३ नं वडा समितिको आयोजनामा वि.सं. २०४५ सालमा पञ्चायती सरकारले राज्यको स्रोत साधन प्रयोग गरेर राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड (भदौ ९ कालो दिन) को विरोधमा भत्र्सना कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य हरिसुन्दर वासीले देश र जनताको हितमा काम गर्नु देश र जनातलाई लुटेर, भ्रष्टाचार गरेर, शोषण गरेर कमाउन पल्केकाहरूलाई कहिल्यै सह्य नहुने बताउनुभयो ।
उहाँले विरोधीहरू भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालित संस्थाहरू बिगार्ने मौका हेरिरहेको जानकारी गराउँदै राम्रो काम गरेको चोरी खान पल्किएकाहरूलाई समस्या हुने हुँदा षड्यन्त्र फरक तरिकाले हुनसक्नेतर्फ बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि उपेन्द्र सुवालले वि.सं. २०३५ सालमा नै अध्यक्ष रोहितलाई ज्यान मार्ने षड्यन्त्र भएको हुँदा त्यसैको सिलसिलामा २०४५ सालमा भक्तपुर काण्ड रचिएको बताउँदै पञ्चायतको विरोधमा नेमकिपा सक्रिय भएको हुँदा नेमकिपालाई समूल नष्ट गर्ने प्रपञ्च रचिएको थियो भन्नुभयो ।
भनपा वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुर काण्ड राज्यका सम्पूर्ण अङ्ग परिचालन गरी रचिएको षड्यन्त्र भएको हुँदा कर्णप्रसाद ह्योजुलाई पञ्चायतले बलिको बोका मात्रै बनाएको स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ ३ नं वडा एकाइ समितिका अध्यक्ष सुनिता अवालले घटनाको पूर्ण विवरण नआउँदै र मुद्दा दर्ताको प्रक्रिया नै अघि नबढाउँदै तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहलगायत राष्ट्रिय पञ्चायत सदस्यहरू नै रोहितलाई फाँसी दे नारा लगाई शव यात्रामा उपस्थित हुनु षड्यन्त्रकै सिलसिला रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रामसुन्दर खाताखोको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रामकृष्ण त्वायना, कृष्णगोपाल चौगुठी र नेक्रामसङ्घ ३ वडा एकाइ समितिका मैया त्वायनाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *