फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, १५ भदौ । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको दुईदिने बैठकको सिलसिलामा विभिन्न जिल्लाबाट भक्तपुर पाल्नुभएका केन्द्रीय सदस्यहरूले आइतबार जेन्युइन स्कूलको वस्तुस्थिति अवलोकन गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्ययक्ष रवीन्द्र ज्याख्वको नेतृत्वमा आएको सो टोलीले विद्यालयको किन्डरगार्टेनदेखि माध्यमिक तहसम्मका कक्षा र विद्यालय परिसरको अवलोकन ग¥यो ।
६ वटै प्रदेशका प्रतिनिधि रहेको उक्त अवलोकन टोलीले विद्यालयमा सञ्चालन भइरहेका शिक्षण गतिविधि एवम् साना कक्षाहरूको सञ्चालन विधि र क्रियाकलापहरूका बारेमा विशेष अभिरूचिका साथ निरीक्षण ग¥यो ।
विद्यालयका किन्डरगार्टेन इन्चार्ज रीना तिमिलाले किन्डरगार्टेनको शिक्षण प्रणालीबारे जानकारी दिँदै विद्यालय र विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा बाल मनोविज्ञानलाई केन्द्रमा राखी अभिभावक र शिक्षकहरूको प्रत्यक्ष सहकार्यमा सिकाइका क्रियाकलापहरू अघि बढाइरहेको र अभिभावकीय शिक्षाको महत्व अत्यन्त महत्वपूर्ण रहेअनुसार सरोकारवालाहरूबाट हौसला र साथ पाइरहेको बताउनुभयो ।
वडाध्यक्ष ज्याख्वले यहाँको कला, संस्कृति, पुस्तकालय, अस्पताल इत्यादिको अवस्था र व्यवस्थापनलगायतको गतिविधिहरूको अवलोकन निरीक्षणबाट सामाजिक, आर्थिक पक्षजस्ता विविध क्षेत्रहरूमा भएका गतिविधि सूचना जानकारी आदानप्रदान गरी ज्ञान हासिल गर्नु भ्रमणको उद्देश्य रहेको बताउनुभयो ।
विद्यालयका निमित्त प्रिन्सिपल राजन धौभडेलले माध्यमिक तहका शिक्षण क्रियाकलापसम्बन्धी सङ्क्षिप्तमा जानकारी गराउनुभयो । विद्यालय बोर्डका सदस्य एवं पूर्वनेपाली शिक्षक विश्वबहादुर दुवालले पाहुनाहरूलाई विद्यालय प्राङ्गणमा स्वागत गर्नुभएको थियो ।
Leave a Reply