सङ्घीय निर्वाचनको परिणाम र देशको भविष्य
- चैत्र २९, २०८२
देशको वर्तमान राजनीतिक व्यवस्था पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थाका सञ्चालकहरू पुँजीपतिवर्गका प्रतिनिधिहरू हुन् । पुँजीवादी शासकहरू र पुँजीवादी सरकारका सरकारी संयन्त्रका पदाधिकारी र सञ्चारकर्मीहरू आस्थाको पत्रिकालाई पत्रिकारिता ठान्दैनन् । उनीहरू सरकारी जागिर खाएर स्वतन्त्र सञ्चारकर्मीको हवाला दिन्छन् र देशमा आस्थाको पत्रिका पनि छ र भनी मनपरी नपरी खोक्छन् । व्यापार–व्यवसाय या नाफाकै निम्ति पत्रिका सञ्चालन गर्ने व्यवस्थापक र सञ्चारकर्मीहरूले त्यो भन्नु अस्वाभाविक पनि होइन । सूचनाको प्रविधिको युगसँगै पत्रकारिताको महत्व बढ्नु, सञ्चारकै कारण देश विदेशका घटनाहरू तत्काल थाहा हुनु र दिनु राम्रै हो । यस अर्थमा पत्रकारिताको महत्व बढ्दै गएकोमा शङ्का छैन । तर, व्यवसायको नाउँमा, नाफाको निम्ति सञ्चार जगतले समाजमा असर पर्ने र पार्ने खबरहरू सञ्चार गर्नु सही होइन, अश्लील दृश्यहरू प्रसारण गर्नु, अश्लील दृश्यहरू देखाउनु ठीक होइन । समाज भड्काउने, उत्तेजित, उच्छृङ्खलित बनाउने कामले समाजमा राम्रो सन्देश जाँदैन । यो एक प्रकारको मन्द विष हो । मन्द विष छर्ने काम मनासिब होइन । यसतर्फ सञ्चार जगत सचेत हुनैपर्छ ।
हो, पत्रकारिता जनतालाई बेलैमा सुसूचित गर्ने सशक्त माध्यम हो । आस्थाको पत्रकारितामार्फत नै गाउँ–गाउँ र बस्ती बस्तीका जनताले देशको वस्तुस्थितिबारे थाहा पाउँछन्; सरकारले देशमा के गरिरहेको छ ? देश र जनताको निम्ति कुन दलले कस्तो भूमिका निर्वाह गरिरहेको छ भन्ने थाहा पाउँछन् । पत्रकारिताले पनि सङ्गठनकर्ताको भूमिका निर्वाह गर्दै छ । आस्थाको पत्रकारिताले एउटा निश्चित वैचारिक उद्देश्य लिएको हुन्छ । निश्चित दर्शन या विचारमा अडेर या एक राजनीतिक उद्देश्य लिएर पत्रिका चलाएको हुन्छ । एउटा राजनीतिक दर्शनको आधारमा चलेको पत्रिकाले एउटा आदर्श समाज निर्माण गर्न भूमिका खेलेको हुन्छ† शोषणरहित समाज स्थापनामा टेवा पु¥याएको हुन्छ; जनताको राजनीतिक, सांस्कृतिक स्तर उठाउन, देशभक्त नागरिक र असल नागरिक बनाउने भूमिका निर्वाह गरेको हुन्छ । यसले समाजमा व्याप्त अन्धविश्वास, विकृति र विसङ्गति हटाउने प्रयास गरेको हुन्छ । व्यावसायिक या नाफाकै निम्ति सञ्चालन गरेको पत्रिकाले यस्तो कार्य गर्दैन । समाजमा जस्तो उच्छृङ्खल विकृति र उपद्रव भए पनि, शान्त बिथोले पनि सोको घटना छाप्छन् तर सोको समस्या समाधान गर्ने उपाय खोज्दैन । आस्था र व्यवसायिक पत्रकारिताको यही फरक हो ।
आस्थाको पत्रिका एक निश्चित विचार या दशर्नको आधारमा चलेको हुन्छ । आस्थाको पत्रिकाले सिद्धान्त र विचार बोकेको हुन्छ । आस्थाको पत्रकारिता सेवामुखी हुन्छ । कति व्यावसायिक पत्रकारिताले पुँजीपतिवर्गको प्रतिनिधित्व गरेको हुन्छ । स्वतन्त्र पत्रिका भनी खोके पनि त्यस पत्रिकाले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा पुँजीपति, सामन्तवर्गको सेवा गरिरहेको हुन्छ । स्वतन्त्र सञ्चारकर्मी र स्वतन्त्र पत्रकारिताको नाउँमा पुँजीपति र सामन्तहरूको प्रतिनिधित्व गर्नु द्वैधचरित्र हो । देशमा सञ्चालिन कति पत्रिकाहरू विदेशी पुँजीबाट सञ्चालित छन् । त्यस्तो पत्रिकाले साम्राज्यवादी हस्तक्षेप र आक्रमणको पक्ष लिएको हुन्छ । कति पत्रिका सञ्चालकहरू सम्पन्न परिवारको भए पनि समाजवादी विचार या वामपन्थी पक्षको प्रचार गरेको हुन्छ ।
संयुक्त राज्य अमेरिकाको एक सम्पन्न परिवारका पत्रकार जोनरिड यसका एक दृष्टान्त हुन् । उनले किसान आन्दोलन मात्र होइन कारखानामा भएका आन्दोलनबारे जनतामाझ सुसूचित पार्ने काम गरे† कामदार जनतामाथि भइरहेको अन्याय, अत्याचार र शोषणबारे जनतासमक्ष ल्याउने काम गरे । यसैले सञ्चार जगतमा उनको नाम परिचित छ । एड्गर स्नो अर्काे अमेरिकी पत्रकार हुन् । उनले चिनियाँ क्रान्तिको समयमा चिनियाँ जनतालाई जानकारी दिने काम गरे । चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू अध्यक्ष माओ त्सेतुङ र चाउ एनलाईजस्ता नेताहरूसँग भेटी संसारलाई जानकारी दिने काम एड्गर स्नोले गरेका थिए । यसरी नै माओ त्सेतुङ, लेनिनजस्ता विश्व सर्वहारावर्गका नेताहरूले पनि सञ्चार जगतमा काम गरेर शोषित पीडित जनताको सेवा गरेका थिए । यसले देशका जनतालाई सुसूचित पार्ने काम मात्र होइन क्रान्तिमा पनि टेवा पु¥याएको छ ।
Leave a Reply