भर्खरै :

कम्युनिस्ट आन्दोलनमा युवा सङ्गठनको भूमिकाबारे नेता लेनिनको विचार

कम्युनिस्ट आन्दोलनमा युवा सङ्गठनको भूमिकाबारे नेता लेनिनको विचार

आजभन्दा १०५ वर्षअघि अर्थात् सन् १९२० तिरको सन्दर्भ हो । मस्कोमा रसियाली कम्युनिस्ट युवक सङ्घको तेस्रो महाधिवेशन अक्टोबर २ देखि १० अर्थात् लगातार ८ दिनसम्म चल्यो । समाजवाद निर्माणमा युवाहरूको कर्तव्यबारे गहन छलफल चल्यो । सन् १९१७ को अक्टोबर समाजवादी क्रान्ति सफलतापछि रुसी कम्युनिस्ट आन्दोलन समाजवाद निर्माणको चरणमा प्रवेश भएको अवधि थियो । पुरानो पुँजीवादी व्यवस्थाको अवशेष समूल समाप्त पार्ने र प्रतिक्रियावादी तत्वहरूबाट क्रान्तिको रक्षा गर्ने जिम्मेवारी एकातिर थियो भने अर्कोतिर साम्यवादी समाजको निम्ति सङ्घर्ष अघि बढेको अवस्था थियो । यो अवधिमा कम्युनिस्ट युवा सङ्गठनको भूमिका के रहन्छ ? कम्युनिस्ट युवा कार्यकर्ताहरूको जिम्मेवारी कस्तो हुनुपर्छ भन्ने विषयमा नेता लेनिनले युवक सङ्गठनको महाधिवेशनमा सम्बोधन गर्नुभएको थियो । उहाँको त्यही मन्तव्यको पुस्तकाकार “लेनिन : युवक सङ्घहरूका कार्यहरू” प्रकाशित छ ।
उहाँको विचार तत्कालीन सोभियत युवाहरूका निमित्त मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनका युवा कार्यकर्ताहरूको निम्ति मार्गदर्शन बन्यो । त्यतिबेला नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि नेता लेनिनको विचारले पक्कै ऊर्जा प्रदान गरेको हुनुपर्छ । तर, आज नेपालको सन्दर्भमा कम्युनिस्ट आन्दोलनको इतिहासमा युवा सङ्गठनहरूको भूमिका समीक्षा गर्न नेता लेनिनको विचार पुनः छलफल गर्न जरुरी लाग्छ । त्यतिमात्र होइन यो शताब्दीमा कम्युनिस्ट युवा बन्न चाहने जो कोहीका निम्ति नेता लेनिनको विचार अध्ययन अनिवार्य छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई उहाँको विचारले सशक्त बनाउन सहयोग मिल्नेमा कुनै सन्देह छैन ।
नेता लेनिनकानुसार पुँजीवादी समाजमा हुर्केबढेका युवा कार्यकर्ता पुस्ताले गर्न सक्ने सबैभन्दा ठुलो काम भनेको पुरानो पुँजीवादी व्यवस्थाको जग भत्काउनु हो । पुरानो सामाजिक व्यवस्थाको जरा उखेल्ने ऊर्जा र साहस युवा पुस्तामा हुन्छ । सर्वहारा तथा श्रमिक वर्गलाई सत्तामा पु¥याउने र सबैखाले शोषणबाट मुक्ति दिलाउने ध्येय युवामा हुनुपर्छ । कम्युनिस्ट आन्दोलनको बलियो खम्बा नै युवा पुस्ता हुनेगर्दछ ।
कम्युनिस्ट युवा सङ्गठन या युवकहरूले गर्नुपर्ने प्रारम्भिक र अनिवार्य कार्य भनेको ‘सिक्नु’ हो भन्नुहुन्छ नेता लेनिन । सिक्न हिच्किच्याउने, अल्छी गर्ने युवा कम्युनिस्ट बन्न सक्दैनन् । के सिक्ने र कसरी सिक्ने भन्ने प्रश्न उत्तिकै महत्वपूर्ण हुन्छ । समाजवाद या साम्यवादी समाज निर्माणको निम्ति हिँडेका युवा पुस्ताका लािग पुरानै ढर्राको पढाइ, अनुशासन र शिक्षा हुनुहुँदैन । नवयुवाहरूका लागि सबैभन्दा पहिला शिक्षा, सङ्गठन, अनुशासनका कार्यमा आमूल परिवर्तन आवश्यक हुन्छ । युवाहरू साम्यवादी शिक्षाबाट दीक्षित भएको हुनुपर्छ । माक्र्सवादी साहित्य, कम्युनिस्ट विचार, साम्यवाद या विचारप्रधान पुस्तकहरूको अध्ययन जरुरी हुन्छ । यसको अर्थ धेरै पुस्तक अध्ययन र पुस्तकको रटानले एक युवालाई कम्युनिस्ट बनाउँदैन । पार्टी गतिविधि छोडेर पुस्तक घोक्नु र कण्ठस्थ पारी अध्ययनको फाइँफुइँ गर्नु कम्युनिस्ट आचरण होइन । पढेका पुस्तकको सङ्ख्या गन्तीभन्दा पनि पुस्तकको ज्ञानलाई व्यवहारसँग जोड्नु महत्वपूर्ण पक्ष हो । अध्ययनलाई पार्टी गतिविधि र आप्mनो जीवनसँग जोड्ने कुरा नेता लेनिनले सिकाउनुभएको छ । समाजवादी व्यवस्था र साम्यवादी समाजको कुरा किताबभित्र मात्र खोजेर पाइन्न । मानव समाज विकासको इतिहास मानिसको लामो अनुभवको पनि कुरा हो । वर्तमान समाजका अग्रज पुस्ताको अनुभवलाई पनि नयाँ समाज निर्माणसँग जोड्ने कला कार्यकर्तामा जरुरी हुन्छ । कामबिना र सङ्घर्षबिना साम्यवाद सम्बन्धि पुस्तक र कृति अध्ययनबाट प्राप्त ज्ञान बिल्कुलै बेकम्मा हो भन्नुहुन्छ नेता लेनिन । सिद्धान्त, विचार र व्यवहारबिच तालमेल नहुँदा कम्युनिस्ट आन्दोलनमा विराम देखा पर्न सक्छ ।
कम्युनिस्ट युवा अर्थात् साम्यवादी समाज निर्माणमा जुटेका युवाले पुरानो ज्ञानविज्ञान सिक्न हुँदैन र ? मानव समाजको इतिहास नपढी वर्गसङ्घर्षको श्रृङ्खला कसरी थाहा हुन्छ ? यी प्रश्न पनि उठ्छन् । समाज वर्गमा विभाजित छ । पुँजीवादी समाजमा मुठ्ठीभर पुँजीपतिहरूको हातमा उत्पादनका साधन हुन्छन् । मुठ्ठीभर पुँजीपतिहरूको हातमा शासनसत्ता हुन्छ । बहुसङ्ख्यक मजदुर श्रमिकलाई तिनले शोषण गरेको हुन्छ । पुँजीवादी व्यवस्थाले पुँजीपतिहरूका निम्ति आरामसँग मुनाफा कमाउन, सुखसयलमा बस्ने वातावरण प्रदान गर्छ । नयाँ पुस्ताले यो पुरानो पँुजीवादी बन्दोबस्तको यथार्थ पढेको हुनुपर्छ । हो, विद्यालय–विश्वविद्यालयमा घोकन्ते र सुगा रटाइ शिक्षण पद्धति पुरानो भयो, अनावश्यक, अनुपयोगी र निर्जीव ज्ञानले समाज अघि बढ्दैन । तर, पुरानो मानवज्ञान, मानव अनुभवको अध्ययनबिना नयाँ समाजको कल्पना पनि सम्भव छैन । मानव समाजको अध्ययनबाटै साम्यवादी समाजको परिकल्पना सम्भव भएको हो । अहिलेसम्मको लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो भन्ने महान् विचारक माक्र्सको अध्ययनले नै पुँजीवादी व्यवस्थाको अन्त्यसँगै श्रमिक जनताको सत्ता समाजवादी व्यवस्था र साम्यवादी समाजको निर्माण सम्भव छ भन्ने पुष्टि गर्यो । यही साँचो माक्र्सवाद हो ।
माक्र्सवादी विचारको प्रादुर्भाव पुरानो व्यवस्थाको अध्ययनबाटै भएको हो । अध्ययनले भन्छ, “पुँजीवादको उत्थान, विकास र पतनको नियम नै माक्र्सवाद हो ।” माक्र्सले नै मानवज्ञानको जगको सहारा लिनुभएको छ । मानवसमाजको विकासका नियमहरूको अध्ययन गरेर पुँजीवादको विकासले अनिवार्यतः साम्यवादतर्फ अग्रसर गराउँछ भन्ने माक्र्सवादी विचारको जन्म भयो । मानवसमाजको अध्ययनलाई आलोचनात्मक दृष्टि र मजदुर आन्दोलनको कसीमा माक्र्सले घोट्नुभयो । माक्र्सले सर्वहारा संस्कृतिको पनि विश्लेषण गर्नुभयो । त्यतिमात्र होइन उहाँको राजनीतिक अर्थशास्त्रले मानवसमाज कतातिर जाँदै छ ? वर्गसङ्घर्षको दिशातिर या सर्वहारा क्रान्तिको मार्गतिर भन्ने प्रस्ट बताउनुभयो । तसर्थ पुरानो शिक्षा प्रणालीमा भएका राम्रा पक्ष र विज्ञान युवाले सिक्न जरुरी छ भन्ने तर्क नेता लेनिनको हो ।
लेनिनले आप्mनो मन्तव्यमा भन्नुभएको छ, “त्यतिबेला मात्र कम्युनिस्ट बन्न सकिन्छ जब तपार्इँ आप्mनो बुद्धिलाई मानवजातिले आर्जन गरेको ज्ञानको सारा सम्पत्तिले सम्पन्न तुल्याउनुहुन्छ ।” अन्यथा साम्यवादको कल्पना फोस्रो र मिथ्या बन्छ । मानवसमाजको गहन अध्ययन अनि सङ्घर्ष र परिश्रम नगरी, आलोचनात्मक चेत नहुर्काइ, तथ्यहरूको अध्ययन नगरी कम्युनिस्ट बन्न सकिन्न । मैले सबै पढेँ, सबै जानेको छु, मैले अब सिक्नुपर्दैन भन्ने मानसिकताको युवा कम्युनिस्ट बन्दैन, सिकाइ आजीवन चलिरहनुपर्छ । पुँजीवादी शिक्षा प्रणालीले व्यवस्थालाई चाहिने नोकर, वैज्ञानिक र विज्ञहरू जन्मायो । पुरानो शिक्षा प्रणालीको यो पक्षलाई उल्टाउन उत्पादन श्रमसँग जोडिएको आधुनिक शिक्षाको दृष्टिकोण आवश्यक छ भन्नुहुन्छ नेता लेनिन ।
उद्योग र कृषिको पुनर्निर्माण नगरी साम्यवादी समाजको निर्माण गर्न सकिँदैन । पुरानो ढङ्गले होइन विज्ञानको नवीनतम सिद्धान्तअनुसार देशमा औद्योगिकीकरण र कृषिमा आधुनिकीकरण जरुरी छ, यो रुसको वस्तुस्थिति हो । नेता लेनिनले भन्नुभएको छ, “विद्युतीकरण समाजवादको महत्वपूर्ण घटक हो ।” युवाहरूलाई पनि उहाँले भन्नुभयो, “साम्यवादी समाज निर्माणको आधार बिजुली हो ।” उद्योग र कृषिमा विद्युतीकरण नयाँ पुस्ताको जिम्मेवारी पनि हो । पुरानो व्यवस्था भत्काएर समाजवादी व्यवस्थामा उत्पादनका साधनहरू सामाजिकिकरण गरिन्छन् । आधुनिक विज्ञान, प्रविधि र बिजुलीले बहुमत श्रमिक जनताको पहुँचमा उत्पादनका साधन पुग्ने गर्दछ । पुरानो पुस्तालाई विद्युतीकरणको ज्ञान नहुन सक्छ । त्यसैले साक्षरता अभियान पनि युवा पुस्ताको जिम्मेवारी हो । पुरानो पुस्ताले पुँजीवादी व्यवस्था गलहत्याइसकेपछि नयाँ समाज निर्माणको जिम्मेवारी युवा पुस्तामै आइपुग्छ । तसर्थ युवा कार्यकर्ता सिद्धान्तमा पोख्त हुनुका साथै निकै सक्रिय र जुझारु रहन जरुरी छ । नयाँ युवाले विश्वविद्यालय शिक्षा हासिल गरेको हुनुपर्छ (म पढ्दिनँ पार्टी गतिविधिमा लाग्छु भन्न पाइँदैन) । पार्टीको कडा अनुशासन र परीक्षा पास गरेको हुनुपर्छ । सबैभन्दा महत्वपूर्ण युवाले साम्यवादी नैतिकता सिकेको हुनुपर्छ । युवा कार्यकर्ता पार्टीले दिने शिक्षा एवम् ज्ञानबाटै साम्यवादी नैतिकता सिक्दछन् । पार्टी र नेतृत्वको सेवा नै युवा कार्यकर्ताको उद्देश्य हुनुपर्दछ । यो नेता लेनिनको विचार हो ।
कम्युनिस्ट युवा कार्यकर्ताले ईश्वरको अस्तित्व अस्विकार गर्नुपर्दछ । ईश्वरको आविष्कार शासकहरूले शोषणलाई कायम गर्न गरेका थिए । पुँजीपतिहरूका निम्ति ‘ईश्वर’ श्रमिक वर्गलाई दमन गर्ने हतियार हो । पुरानो सदाचार भनेको ईश्वरीय सदाचार हो । त्यसको विपरीत कम्युनिस्टले सर्वहारा वर्गको वर्गसङ्घर्षको हितलाई आप्mनो सदाचार बनाउनुपर्छ । श्रमिक र मजदुर वर्गको एकता साम्यवादी सदाचारको महत्वपूर्ण पक्ष हो । सर्वहारा वर्गको शक्ति अजय हुन्छ । त्यही शक्तिले रुसी क्रान्ति सफल भयो, एउटा दरिद्र र गरिब देशमा क्रान्ति सम्भव भयो । सारा विश्वलाई क्रान्तिको बाटो देखायो । त्यसकारण सर्वहारा वर्गभन्दा बाहिर सदाचारको अस्तित्व रहन्न । नेता लेनिन भन्नुहुन्छ, “हाम्रो निम्ति मानव समाज बाहिर सदाचारको अस्तित्व छैन । हाम्रो निम्ति सदाचार सर्वहारा वर्गसङ्घर्षको हितहरूको अधिनमा छ ।”
पुँजीवादी व्यवस्थाविरुद्ध समाजवादले विजय प्राप्त गरे पनि वर्ग निर्मूल नहुन सक्छ । वर्गहरूलाई समाप्त गर्नु ज्यादै कठिन कार्य हो । समाजवादी समाजमा पनि मजदुर र किसान विभाजित हुन्छन्, वर्गसङ्घर्ष जारी नै रहन्छ केवल रूप मात्र बदलिन्छ । सर्वहारा वर्ग पुराना प्रतिक्रियावादीहरूलाई शासन सत्तामा फर्कन नदिन, किसानहरूलाई पनि सङ्घमा सङ्गठित गराउन क्रियाशील रहन्छन् । सदाचार त्यो हो जसले कम्युनिस्ट समाज निर्माणका लागि सारा श्रमजीवीहरूलाई सङ्गठित गर्न सहयोग गर्छ । साम्यवादी नैतिकताले यस सङ्घर्षलाई सहयोग पु¥याउँछ । व्यक्तिगत स्वार्थ, मुनाफाको कुरा कम्युनिस्ट आचरण अनि नैतिकता विपरीत हुन्छ । कम्युनिस्ट हुनुको अर्थ नै सामूहिकतामा विश्वास गर्नु हो । सामूहिक हित, सामूहिक स्वामित्व नै साम्यवादी विचार हो ।
नेता लेनिनकानुसार साम्यवादको सुदृढीकरणका लागि सङ्घर्ष नै साम्यवादी सदाचारको आधार हो । यही नै साम्यवादी अनुशासन, शिक्षा र अध्ययनको पनि आधार हो । विद्यालय विद्यालयमा केटाकेटीलाई औपचारिक शिक्षासँगै शोषकहरूबाट मुक्तिको निम्ति सङ्घर्षको भावना सिकाइनुपर्छ । सिकाइ, अध्ययन, अनुशासनलाई श्रमिकहरूको सङ्घर्षसित जोड्नुपर्छ । कम्युनिस्ट पार्टीले युवा पुस्ता तयारीको निम्ति सङ्गठन र पार्टी प्रशिक्षणमा जोड दिएको हुन्छ । युवा सङ्गठनले देशव्यापी साक्षरता अभियानसँगै साम्यवादी ज्ञान प्रचार अभियान चलाउन सक्दछ । युवाहरूले आप्mनो श्रमलाई पनि समाजको हितमा उपयोग गर्नुपर्ने तर्क छ । कारखाना, विद्यालयदेखि विश्वविद्यालयसम्मका युवालाई सङ्गठित गर्ने, शिक्षित बनाउने र तिनको श्रम देश निर्माणमा खर्च गर्ने काम युवा सङ्गठनको हुन्छ । त्यसकारण युवा सङ्घका कार्यकर्ता शिक्षित हुनुपर्छ, कम्तीमा साक्षर भएकै हुनुपर्छ । यो नेता लेनिनको विचार हो ।
पुरानो समाजमा महिलालाई घर बाहिर र भित्रको सारा काम थोप्ने गरिन्थ्यो । दाससरह महिलामाथि शोषण हुन्थ्यो । समाजवादी व्यवस्थामा महिलाले सुख पाउनुपर्छ त्यसैले महिलालाई श्रममा सघाउने काम युवा सङ्घले गर्नुपर्छ । खेतबारी र घरभित्रको काममा सघाउने जिम्मेवारी लिनुपर्दछ युवाले । नवयुवाको टोली बनाई नियमित रूपमा घरघरमा सफासुघ्घर गर्ने, भोजन वितरण गर्ने काममा सघाउनुपर्दछ । विद्युतीय सामग्री प्रयोग र सञ्चालन गर्न सिकाउने, प्रौढ कक्षा सञ्चालन गर्ने सबै जिम्मा युवाले लिनुपर्छ । सामूहिक श्रमको विचार साम्यवादी विचार हो । त्यो विचार व्यवहारमा उतार्ने काम कार्यकर्ताको हो । कम्युनिस्ट व्यवस्थामा युवाले सेना बनेर देश र व्यवस्थाको रक्षा गर्छन् । तालिम राज्यले प्रदान गरेको हुन्छ ।
पुरानो व्यवस्था र विचारविरुद्ध लड्ने मानिस नै युवा हुन् । अध्ययनशील, जागरुक, सक्रिय, जनताप्रति समर्पित, भविष्यमुखी, नयाँ विज्ञान र प्रविधिले सुसम्पन्न युवाले कम्युनिस्ट पार्टी र समाजवादी क्रान्तिको सेवा गर्न सक्दछन् । जनताको शक्तिलाई अजय मान्ने, नयाँ पुस्तालाई विकृत हुनबाट जोगाउने, लोभलालचबाट टाढा राख्ने, बलिदानी भावना, सङ्घर्षको भावना बलियो बनाउने युवामात्र कम्युनिस्ट युवा बन्न सक्दछन् । कुराभन्दा काम धेरै गर्ने, विचार र व्यवहारमा परिपक्व, निःस्वार्थी निडर युवाले मात्र कम्युनिस्ट आन्दोलनलाई सघाउन सक्दछन् । क्रान्तिकारी विचारभन्दा टाढा भागेपछि मान्छे स्वार्थी बन्छ । क्रान्तिको सेवा या समाजवादको रक्षाका लागि मात्र होइन पुँजीवादी व्यवस्था उल्टाउने सङ्घर्षमा पनि कम्युनिस्ट युवाहरूको भूमिका यही हो । रुसी परिवेशमात्र होइन नेपालको सन्दर्भमा पनि यही विचार अनुकरणीय एवम् मननीय छ । नेता लेनिनको विचारअनुसार बहुसङ्ख्यक युवाहरू समाजवादी मानिस, कम्युनिस्ट कार्यकर्ता बनेको दिन आमूल परिवर्तन या क्रान्ति सफल हुनेछ । पुस्तिका “लेनिन : युवक सङ्घहरूका कार्यहरू” सम्पूर्ण युवा मनहरूले अध्ययन गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *