भर्खरै :

जनतालाई सही विचार प्रवाह गर्नु आवश्यक

जनतालाई सही विचार प्रवाह गर्नु आवश्यक

काठमाडौँ, १७ भदौ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समितिको आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको आतिथ्यमा मङ्गलबार सम्पन्न भयो ।
उहाँले पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड इतिहासकै अभूतपूर्व घटना भएको बताउनुभयो । उक्त घटना जातीय दमन गर्नको लागि पूरै पञ्चायती शक्ति लागिपरेको र उक्त घटनामा नेमकिपाका सदस्यहरूले ज्यानको बाजी राखेर पञ्चायती ज्यादतीविरुद्ध लडेको उहाँले बताउनुभयो ।
उहाँले अहिले पनि पार्टीको जनपक्षीय काम देखेर पुँजीवादी शासक दलहरू तर्सेकोमा पार्टीविरुद्ध अनेक षड्यन्त्र बुनिरहेको बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले भक्तपुर काण्डको बारेमा आम जनतालाई सही ढङ्गले जानकारी गराउनुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले नेमकिपा काठमाडौँ जिल्ला समितिले भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम सप्ताहव्यापी रूपमा जिल्ला र नगर समितिहरूमा आयोजना गर्दै आइरहेको जानकारी गराउनुभयो ।
नेमकिपा काठमाडौँ महानगर समितिका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा अग्रज वीरवहादुर डंगोल, नेमकिपा काठमाडौँ जिल्ला समितिका सचिव शैलेश डंगोल, कोषाध्यक्ष श्यामकुमार महर्जन र सदस्य बिन्द्रा महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *