भर्खरै :

लिशामा ‘जेलका चिठीहरू’ बारे अध्ययन गोष्ठी

लिशामा ‘जेलका चिठीहरू’ बारे अध्ययन गोष्ठी

भक्तपुर, २० भदौ । लिशा इङ्गलिस स्कूलले नेमकिपाका अध्यक्ष, वरिष्ठ राजनीतिज्ञ एवं माक्र्सवादी साहित्यकार नारायणमान बिजुक्छेँ
(रोहित) ले लेख्नुभएको जेलका चिठीहरू Letters’ from Jail को शुक्रबार अध्ययन गोष्ठीको आयोजना ग¥यो ।
उक्त गोष्ठीमा ‘मजदुर’ दैनिकका सम्पादक विष्णुगोपाल कुसीले सो चिठीमा जनताको निःस्वार्थ सेवा गर्नेबाहेक अर्को उद्देश्य नभएको, सोझोलाई कुल्चेर माथि जाने, माथि जानेको खुट्टा तान्ने, समाज र जनताको गतिविधि रोक्नको निम्ति बन्दी बनाउने र न्याय क्षेत्रमा हुने राजनीतिक दबाब, हस्तक्षेप र पूर्वाग्रहले प्रतिकारको भावना सिर्जना हुने उल्लेख भएको बताउनुभयो ।
शिक्षकहरू अज्ञात क्रान्तिकारी हुने उल्लेख गर्दै उहाँले समाजलाई सही बाटोमा हिँडाउने मार्गनिर्देशक र अगुवाहरूको भूमिका उल्लेखनीय हुने बताउनुभयो ।
प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र पसेर नेमकिपाले देश र जनताको सेवा गरिरहेको उल्लेख गर्दै उहाँले राहत वितरणमा पक्षपात गर्नु, कुनै पनि समितिमा नरहेका व्यक्तिलाई राहत वितरण गराउनु, विशेष अदालतमा मुद्दा लगाउनु, घटनामा संलग्न नभएका व्यक्तिहरूलाई ज्यानको मुद्दा लगाउनु, मुद्दा दर्ता नहुँदै तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह समेतको जुलुसमा ‘रोहितलाई फाँसी दे’ नारा लगाउनु आदि षड्यन्त्रका कारणहरू हुन् भन्नुभयो ।
विद्यालयका प्रिन्सिपल लिशा प्रजापतिले जेलभित्र बसेर देश विदेशबारे चिन्तन गरेर मार्ग निर्देश गरेको उल्लेख गर्दै अध्ययन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गोष्ठीका सभापति बलराम प्रजापतिले नेमकिपाले देश र जनताप्रति समर्पित भएर निःस्वार्थ र इमानदारीपूर्वक काम गरेको कारण असह्य भएर राज्यस्तरबाटै षड्यन्त्र गरिएको बताउनुभयो ।
गोष्ठीमा कृषला बेताल, जुनिता माक, सनम श्रेष्ठ, शिल्पा प्रजापति, विनु खगुली र पुष्पा भुजेलले ‘जेलका चिठीहरू’ पुस्तकबारे आ–आफ्नो जिम्माअनुसार समीक्षा गर्नुभएको थियो ।
गोष्ठीमा रोसनी कार्कीले गोष्ठीको औचित्यताबारे प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *