कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, २० भदौ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले शैक्षिक तथा सांस्कृतिक सहकार्यलाई सुदृढ बनाउन त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युट (CI@TU) सँग समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेका छन् ।
समझदारीपत्रमा नेपालतर्फका निर्देशक डा. बलराम दुवाल र ख्वप इन्जिनियरिङ कलेजतर्फबाट प्राचार्य ई. सुजन माक तथा ख्वप कलेज अफ इन्जिनियरिङतर्फबाट प्राचार्य ई. सुनिल दुुवालले हस्ताक्षर गर्नुभएको थियो ।
उक्त कार्यक्रममा चीनतर्फका निर्देशक प्रा. चाङ सिन नियन, ख्वप इन्जिनियरिङ कलेजका उप–प्राचार्य डा. सुवेगमान बिजुक्छेँ र ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य ई. रत्नशोभा प्रजापतिको साक्षीको रूपमा हुनुहुन्थ्यो ।
समझदारीअनुसार, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा चिनियाँ भाषा शिक्षण केन्द्र स्थापना गरिनेछ । यसअन्तर्गत विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूका लागि क्रेडिट तथा नन–क्रेडिट दुवै प्रकारका पाठ्यक्रमहरू उपलब्ध हुनेछन् । समझदारीमा समेटिएका क्षेत्रहरू निम्न रहेका छन् :
– चिनियाँ भाषा पाठ्यक्रम, पाठ्यपुस्तक तथा अध्यापन सामग्रीको विकास
– चिनियाँ भाषा दक्षता परीक्षा (HSK, YCT) को सुविधा
– शैक्षिक तथा सांस्कृतिक आदानप्रदान कार्यक्रमको आयोजना
– सहकार्यात्मक अनुसन्धानका पहलहरू
– कलेज र चिनियाँ विश्वविद्यालयबिच संस्थागत सम्बन्धको प्रवद्र्धन
सहकार्यअन्तर्गत, CI@TU ले योग्य चिनियाँ भाषा शिक्षक, शैक्षिक स्रोतहरू तथा सांस्कृतिक सहयोग उपलब्ध गराउनेछ भने कलेजले कक्षा कोठालगायत शिक्षक भत्ताको व्यवस्था गर्नेछ ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले यस समझदारीले भाषाशिक्षामा मात्र नभई भविष्यमा चिनियाँ विश्वविद्यालयहरूसँग हुने शैक्षिक सहकार्यलाई बलियो बनाउने बताउनुभयो । उहाँले यस पहलले भक्तपुर नगरपालिकाको शैक्षिक संस्थालाई अन्तर्राष्ट्रिय सञ्जालसहितको उत्कृष्ट शैक्षिक केन्द्र बनाउनको लागि गरेको प्रतिबद्धता झल्काउने बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले यस सहकार्यले विद्यार्थीहरूको शैक्षिक दृश्य विस्तार गर्ने र अन्तरसांस्कृतिक शिक्षणका अवसर सिर्जना गर्नेमा जोड दिनुभयो ।
डा. बलराम दुवालले भाषिक र सांस्कृतिक आदानप्रदानमार्फत नेपाल–चीनबिच आपसी समझदारी बढाउनमा CI@TU को भूमिकाबारे औँल्याउनुभयो ।
चीनतर्फका निर्देशक प्राध्यापक चाङ सिन नियनले ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यस समझदारीले नेपाल–चीनबिचको शैक्षिक सहकार्यलाई थप गहिरो बनाउने, विद्यार्थीहरूलाई चिनियाँ भाषा र संस्कृतिसम्म पहुँच दिलाउने तथा दुई देशबिच आपसी मित्रता र शैक्षिक प्रगति प्रवद्र्धन गर्ने बताउनुभयो ।
चिनियाँ भाषा प्रशिक्षक राजेन्द्र चवालले चिनियाँ भाषा कक्षाको महत्वबारे प्रकाश पार्दै चिनियाँ भाषा सिकाइले विद्यार्थीहरूलाई शैक्षिक र व्यावसायिक दुवै क्षेत्रमा अवसरहरू खुला गर्ने बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्रशासन प्रमुख सञ्जय मानन्धरले यस सम्झौताले संस्थागत विकास सुदृढ गर्ने र प्राध्यापक तथा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने महत्वबारे जोड दिनुभयो ।
यस सहकार्यले ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरूका लागि शैक्षिक, भाषिक र सांस्कृतिक अवसरहरू बढाउने र चिनियाँ विश्वविद्यालय तथा संस्थाहरूसँग थप सहकार्यका मार्गहरू खोल्ने अपेक्षा गरिएको छ ।
Leave a Reply