भर्खरै :

डिजिटल मार्केटिङसम्बन्धी पचास घण्टे तालिम सम्पन्न खुला र प्रतिस्पर्धात्मक मार्केटिङको नाममा नैतिकता बिर्सन नहुने

डिजिटल मार्केटिङसम्बन्धी पचास घण्टे तालिम सम्पन्न खुला र प्रतिस्पर्धात्मक मार्केटिङको नाममा नैतिकता बिर्सन नहुने

भक्तपुर, २० भदौ । वागीश्वरी कलेज कमलविनायकको आयोजनामा सञ्चालित डिजिटल मार्केटिङसम्बन्धी पचास घण्टे तालिम शुक्रबार समापन भयो ।
समापन कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले तालिममा सिकेको ज्ञान सीप देश–समाजको लागि उपयोग गर्न आग्रह गर्दै खुला र प्रतिस्पर्धात्मक मार्केटिङको नाममा नैतिकता बिर्सन नहुनेमा जोड दिनुभयो ।
शैक्षिक योग्यताका साथै व्यावहारिक सीप पनि भए कोही पनि युवा बेरोजगार भएर बस्न नपर्ने उदाहरण दिँदै उहाँले नेपाली युवाहरू बिदेसिँदा नेपाली बजार विदेशीहरूको कब्जामा जानु चिन्ताको विषय हो भन्नुभयो ।
अथक परिश्रम गर्नेहरू जतिसुकै असफलतामा पनि निराश हुँदैनन् बरु हरेक असफलताबाट सिकेर अघि बढ्छन् भन्दै उहाँले अरूको नक्कल गरेर हैन बरु आफ्नै मौलिक शैलीले ग्राहकलाई प्रभाव पार्न सक्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले तालिमबाट सकारात्मक ऊर्जा लिई नेपाली युवालाई नेपालमै टिकाउनुपर्नेमा जोड दिनुभयो ।
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी कलेज अथक प्रयासको पर्याय बनेर क्रियाशील रहेको दृष्टान्त दिनुभयो ।
प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा तालिमका संयोजक अबिना श्रेष्ठले तालिम सकिए पनि हाम्रो सम्बन्ध निरन्तर कायम रहने विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा तालिमका स्रोतव्यक्ति रश्मि शाक्यले डिजिटल मार्केटिङमा दिनहुँ अद्यावधि गरिरहनुपर्ने विचार राख्दै तालिममा आधारभूत सीप प्रदान गरिसकेकाले अब आफै रुचि राखेर निरन्तर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षार्थीद्वय रामकुमार बस्नेत र प्रतिज्ञा गोतामेले तालिम आफूहरूलाई फलदायी भएको बताउँदै आयोजक कलेजप्रति आभार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *