सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
- कार्तिक २४, २०८२

भक्तपुर, २० भदौ । १९ औँ राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार दिवस विद्या आर्जन सेकेन्डरी स्कुलमा प्रहरी प्रभाग जगातीका सइ ललिता थापाको आतिथ्यमा मनाइयो । समुदाय प्रहरी साझेदारीका अतिथि थापाले मानव बेचबिखन मानव अपराध भएको र यसलाई नियन्त्रण गर्न दिवसको रूपमा मनाउँदै आएको साथै यसबारे विद्यार्थीलाई सुसूचित गर्न यो कार्यक्रम सफल हुने विश्वास गर्नुभयो । नेपाली गरिवीको फाइदा उठाउँदै मानव तस्करहरूले विभिन्न प्रलोभनमा पारी बालकदेखि युवा पुस्तालाई भारत, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया लगायतका देशहरूमा तस्करी गरिरहेको बताउनुभयो । बिवाहको नाममा चीनमा समेत मानव तस्करी गरिरहेको तथ्यांक पस्तुत गर्दै मानव गिरोह लागिपरेका हुनाले तपाईंहरू जस्तो विद्यार्थी सचेत हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
अतिथि थापाले मानव बेचबिखन तथा ओसारपसारको अपराध र सुरक्षित हुने उपाय बताउनु हुँदै कुनैपनि ब्यक्तिको प्रलोभन ,प्रभाव तथा त्रासमा पर्न नहुने र कसैले जबरजस्त गरेमा प्रहरीमा खबर गर्न वा आफ्नो अभिभावकलाई जानकारी दिनुहुन अनुराध गर्नुहुँदै अपराध संहिता अनुसार मानिस किन्ने बेच्नेलाई २०वर्ष कैद र दुई लाख जरिवाना हुने बताउनुभयो । साथै बेश्यावृती गर्न बेच्नेलाई १० देखि १५ वर्षसम्म केद र ५० हजार देखि एक लाखसम्म जरिवाना हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले विद्यालय तहबाटै मानव बेचबिखनबारे प्रशिक्षण गर्दा बेचिनबाट जोगिने र जोगाउन सकिने भएकोले कार्यक्रम आयोजना गरेको बताउनुभयो । विद्यार्थीलाई बन्द कोठामा मात्र सीमित नगरिकन विभिन्न खवसरमा बाहिरी ज्ञान दिन थप कार्यक्रम गरिँदैजाने जानकारी दिनुभयो ।
Leave a Reply